बिसिएफएसएको दशैं फुटबल प्रतियोगिता

न्यु ह्याम्सर । भूट्निज कल्चरल फाउन्डेसन अफ स्क्र्यान्टन एशोसिएसन (बिसिएफएसए) द्वारा आयोजित अन्तर-राज्य फुटबल प्रतियोगिताको फाइनल पेन्सलभेनियाको स्क्र्यान्टन शहरमा आइतबार (७ अक्टोबर, २०१७) मा भएको छ ।

‘दशैं सकर टुर्नामेन्ट २०१८’ नामको यो दुई दिने प्रतियोगिता युनाइटेड स्टार, कोलम्बसले जितेको छ । फाइनलमा युनाइटेड स्टार, कोलम्बस र म्यासच्युसेट्स एफसी भिडेका थिए । प्रतियोगितामा ओहायो, म्यासच्युसेट्स, नर्थ क्यारोलाइना आदि ४ राज्यका १२ समूह सहभागी थिए । विजेता समूहलाई २ हजार ७ सय र दोस्रो २ हजार डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

“प्रत्येक प्रतिस्पर्धामा म्यान अफ म्याच घोषणा गरिएको थियो,” संस्थाका निर्देशक टेक पाण्डेले भूटान न्युज सर्भिसलाई बताउनुभयो । खेलहरू स्थानीय ‘६३ माइक मन्च्याक वे’मा भएका थिए ।

बिसिएफएसएले पहिलोपटक गरेको यो प्रतियोगितालाई स्थानीय व्यापारिक संस्थाहरूले प्रायोजन गरेका थिए । प्रायोजकहरू इन्ट्रा-नेसनल होम केयर एलएलसी, नमस्ते ग्रोसरी एन्ड नेपाली किचेन (स्क्र्यान्टन), घलेज फेमिली फूड मार्ट इक (स्क्र्यान्टन), हाम्रो ग्रोसरी (स्क्र्यान्टन), र किराँत कम्युनिटी अफ स्क्र्यान्टन हुन् । बिसिएफएसएको स्थापना सन् २०१३ मा भएको हो ।

पेन्सलभेनियामा तेक्वान्दो प्रशिक्षार्थी नानीहरूको ग्रेडिङ्ग

न्यु ह्याम्सर । पेन्सलभेनियाको ह्यारिशवर्गस्थित हिमालयन तेक्वान्दोमा तेक्वान्दो सिकिरहेका नानीहरूको शनिबार (अक्टोबर ६, २०१६) ग्रेडिङ्ग (स्तरोन्नति) गरिएको छ । अमेरिकामा तेक्वान्दो सिकेको केही समयमा मात्र सेतो बेल्ट दिने गरिन्छ भने अहिले प्रशिक्षार्थीले स्ट्रिप यल्लो (पातो पहेंलो) बेल्ट पाएका हुन् ।

ग्रेडिङ् गराउन बाल्टिमोरबाट सिक्थ डान कुमार कार्की पेन्सलभेनिया पुग्नुभएको थियो भने कार्यक्रमका मुख्य अतिथि डा. खेम अधिकारी हुनुहुन्थ्यो ।
अगस्त १५ देखि शुरू तेक्वान्दोमा अहिले करिब ७० जना प्रशिक्षण लिइरहेका छन् । ”प्रशिक्षण लिइरहेका छात्र र छात्राको संख्या करिब बराबर छ । यसैगरी रूचि देखाउनेको संख्या पनि बढ्दो छ । यो ट्रायलका रूपमा थियो । हिजो ग्रेडिङ्गले धेरैलाई ल्याउने देखेका छौं,” स्वयंसेवकका रूपमा काम गरिरहेका टीका ढुङ्गानाले बताउनु भयो ।
तेक्वान्दो प्रशिक्षण अपरान्ह ४:३० बजे शुरू हुन्छ । १– १ घन्टाको प्रशिक्षणमा एक समूहमा २०-२५ प्रशिक्षार्थी छन् । सहभागीको उमेर ४ वर्षदेखि २५ वर्षसम्म छ ।

प्रशिक्षक एक जना अमेरिकाको सर्टिफाइड नकुल कोइराला हुनुहुन्छ भने टीकाबाहेक अर्का स्वयंसेवक प्रकाश ढुङ्गाना हुनुहुन्छ । प्रशिक्षण स्थल भाडामा लिइएको छ । हिमालयन तेक्वान्दो नाफामुलक संस्था हो र पहिलो वर्ष महिनाको ३० प्रतिशत छुट दिएर प्रति प्रशिक्षार्थी ७० डलर शुल्क लिएर सिकाइरहेको छ । परिवारमा दुई जना भए १२० डलर महिनाको तिर्नुपर्छ ।

अमेरिकामा भूटानीहरूले कराँते प्रशिक्षण धेरै ठाउँमा दिँदै आएका छन् । तर तेक्वान्दो यो पहिलो हो ।

यो वर्ष अमेरिकामा २ हजार २ सय २८, अब कूल ९६ हजार १ सय ४२

न्यु ह्याम्सर । आर्थिक वर्ष सन् २०१७/०१८ मा अमेरिकामा २ हजार २ सय २८ भूटानी शरणार्थीलाई पुनर्स्थापना गरिएको छ । अमेरिकाको आर्थिक वर्ष अक्टोबर १ मा सुरू भएर सेप्टेम्बर ३० मा सकिन्छ । यो तथ्याङ्क सन् २०१७ अक्टोबर १ मा सुरू भएर २०१८ सेप्टेम्बर ३० सम्मको हो । सन् २०१७ को अन्त्यसँगै औपचारिक पुनर्स्थापना बन्द भनिए पनि अमेरिका आउने क्रम सन् २०१८ मा जारी रह्यो ।

बहुसांस्कृतिक महोत्सव तथा अन्तर्राष्ट्रिय झण्डा प्रदर्शन नामक कार्यक्रममा सन् २०१८ सेप्टेम्बर २३ का दिन न्यु ह्याम्सरको राजधानी कंकर्डमा आ–आफ्नो देशको झण्डा बोकेका विभिन्न देशका शरणार्थी । तस्बिरः सुरज बुढाथोकी

महिना–महिना कति ?
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार सन् २०१७ अक्टोबरपछि सन् २०१८ सेप्टेम्बरसम्म महिनापिच्छे निम्न संख्यामा पुनर्स्थापित हुनुभएको छः
सन् २०१७
अक्टोबरः २७३
नोभेम्बरः ५३२
डिसेम्बरः ७३०
सन् २०१८
जनवरीः २५७
फेब्रुअरीः ९२
मार्चः ४१
अप्रिलः ४१
मेः १४३
जूनः ८३
जुलाईः १२
अगस्तः १६
सेप्टेम्बरः ८
–––––––––––––––––––––
कूलः २,२२८

यसरी सन् २०१८ को सेप्टेम्बर अन्त (आर्थिक वर्ष सन् २०१७/०१८ को अन्त) सम्म अमेरिकामा शुरुदेखि पुनर्स्थापित भूटानीको संख्या ९६ हजार १ सय ४२ पुगेको छ ।

आ.व. २०१७/१८ मा विश्वका विभिन्न मुलुकका कूल २२ हजार ४ सय ९१ शरणार्थीलाई अमेरिकामा पुनर्स्थापना गरिएको छ । सरकारले ४५ हजार ल्याउने बताएको थियो । तर अमेरिकी सरकारले आर्थिक वर्ष २०१८/२०१९ मा ३० हजार मात्र शरणार्थी ल्याउने निर्णय गरेको छ ।

अहिलेसम्म कुन वर्ष कति भूटानी?
सन् २००७ मा भूटानीलाई नेपालबाट तेस्रो मुलुक पुनर्स्थापना गर्ने निर्णय गरिएको थियो । सन् २००८ मार्च ४ मा पुनर्वासका लागि भूटानी शरणार्थीको पहिलो खेप नेपालबाट अमेरिका उडेको थियो । अहिलेसम्म कुन आर्थिक वर्षमा कति ?
– सन् २००७/८ : ५ हजार ३ सय २०
– सन् २००८/९ : १३ हजार ४ सय ३२
– सन् २००९/१० : १२ हजार ३ सय ६३
– सन् २०१०/११ : १४ हजार ९ सय ९९
– सन् २०११/१२ : १५ हजार ७०
– सन् २०१२/१३ : ९ हजार १ सय ३४
– सन् २०१३/१४ : ८ हजार ४ सय ३४
– सन् २०१४/१५ : ५ हजार ७ सय ७५
– सन् २०१५/१६ : ५ हजार ८ सय १७
– सन् २०१६/१७ : ३ हजार ५ सय ५०
– सन् २०१७/१८ : २ हजार २ सय २८

(साभार: सन् २०१८ अक्टोबरको अक्षरिका)

गैरनाफामुलक संस्थासम्बन्धी कार्यशाला

न्यु ह्याम्सर । भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) ले गत शनिबार (सेप्टेम्बर २९, २०१८) मा ओहायो राज्यको सिन्सिन्याटीमा गैरनाफामुलक संस्थासम्बन्धी एक-दिने कार्यशाला गरेको छ । बामालगायत अरू आमन्त्रितसहित दुई दर्जनभन्दा बढी सहभागी उक्त कार्यशालामा आयोवा, न्युयोर्क, पेन्सलभेनिया, जर्जिया, नर्थ डकोटा, साउथ डकोटा, कोलोराडो, मिजुरी, बाल्टिमोर, ओहायो आदिबाट प्रतिनिधि उपस्थिति हुनुहुन्थ्यो ।
बिहान ९ बजे शुरू भएको उक्त कार्यशाला साँझ ७ बजे सकिएको थियो । स्थानीय फरेष्ट पार्कस्थित मेथोडिस्ट चर्चले कार्यक्रमका हल उपलब्ध गराएको थियो ।
कार्यक्रममा गैरनाफामुलकका विषयमा सिन्सिन्याटीको एक मुख्य पास्टर डा. काबाम्बा किबोको र करिब १४ वर्ष गैरनाफामुलकमा काम गरेका रबर्ट डब्ल्यु. स्टिभले तालिम दिनुभएको थियो । एएस् इन्स्योरेन्सका प्रमुख टिका आचार्यले सहजीकरणको भूमिका निभाउनु भएको थियो भने एएस् इन्स्योरेन्सले दिउँसोको खानाको व्यवस्था गरेको थियो ।
बामाका उपाध्यक्ष तथा कार्यशालाका संयोजक खेम रिजालका अनुसार संस्थाको पछिल्लो सम्मेलनमा बनेको बोर्डले संस्थालाई सबल बनाउन गरेको यस कार्यक्रममा अरूलाई पनि आमन्त्रण गरेको हो । बोर्डले भने २ घन्टा जति समय बामाको रणनीतिक छलफलमा बिताएको थियो ।
भूटानी-मूलका पुनर्वासित गीत-संगीत साधकलाई एकथलोमा ल्याउने तथा अमेरिकन भूट्निज कलालाई संरक्षण, संवर्धन, र विकासको लक्ष्य राखेर सन् २०१७ जून १७ मा ओहायोको सिन्सिन्याटीमा बामाको स्थापना भएको हो । संस्थाको पहिलो सम्मेलन भने गत मे २६-१७, २०१८ मा जर्जियाको एट्लान्टामा भएको थियो ।

India protrudes deeper under the Cloud of Election in Bhutan

 

The length of the Bhutan India border was 605 kilometers until recently. According to the Border Management Department of the  Ministry of Home Affairs (MHA) in New Delhi – now it is updated to 699 kilometers. The increase is not through extension but inward protrusion of the border deeper into Bhutan.

Besides increasing the zigzag, the initial border has been moved inside Bhutan in several locations.   Bhutan shares border with four Indian states- Arunachal Pradesh, Assam, West Bengal and Sikkim from east to west on the southern side.

It is election time in Bhutan and the government of India (GoI) is busy fixing the Bhutan-India international border. Until recently Bhutan China border mismatch was in the news. The border between Bhutan and India appeared normal as if there was no dispute anywhere. The disputes were limited to the red-carpet diplomacy parties. There was no discussion of any dispute neither in New Delhi nor in Thimphu. At a time when the Bhutanese people and media are busy in the election and there is an interim government in Thimphu, the work of demarcation of the Bhutan India International border is at its peak.

The work has started from the Assam Bhutan border. Approved by the Ministry of Home Affairs (MHA) in New Delhi, funded by the Border Management Department of the MHA, the field work is being carried out by the State Home Department of Assam. They are using LIght Detection And Ranging (LIDAR), a laser-based aerial mapping and fixing laser technology along the border. The LIDAR surveying method uses pulsed laser (infra-red) light to measure the target object. It can find the movement of animal, vehicles, people, as well as the changes in the physical structures like the construction or destruction of buildings or the natural phenomenon like landslides and erosion. It makes digital 3-D pictures of the target. It works in all weather conditions.

The idea of the survey is also to study the movement of people, wild animals and vehicles crossing the border and to take necessary actions.

Unusual to the previous maps, where there are large rivers the border has been pushed inside Bhutan up to the point where the river exits mountains for plains.

In several places the tea states and cultivation from Indian sides have been taken into Bhutan.

Election silence

On 15th September 2018, four political parties jumped into primary election. People voted for the parties and selected Druk Nymrup Tshogpa (DNT) and Druk Phensum Tshogpa (DPT) to compete in the general election. The winner forms the government and runner-up stays as the opposition.

DNT is facing the general election for the first time. DPT has experienced ‘political affinity’ doubt from the end of New Delhi in 2013, when it showed symptoms of friendliness with China. Once beaten twice shy- the DPT may not dare to question India for decades to come if it wants to maintain a presence in Thimphu. DNT has been the eye witness of the 2013 Indian influence on Bhutan.

The DPT had 45 out of 47 seats in the parliament between 2008 and 2013. In 2012, the DPT Prime Minister shook hands with his Chinese counterpart and accepted a couple of ambulances from China as a grant. On the eve of general election of 2013, the GoI withdrew its subsidy on fuel that it had been providing, to teach DPT a lesson, with a message to the voters that the subsidy would be regularized only after outing the DPT. The DPT lost the election and two parties changed their roles.

Bhutan has the upper house, National Council, in place. It is an apolitical body. It has new members elected on April 20, 2018 who have little exposure to the existing situation. The powerful National Assembly is yet to be formed. The two parties DNT and DPT will get people’s mandate on 18th October 2018 only. But there is little hope from them, regardless of the position they win in the election. They have a pretext that the demarcation was done before they were elected and hence not the share of their wrong doing.

DNT, an eye witness to the GoI’s almighty role in Bhutan is silent. DPT had an expensive lesson. The media is silent as if ignorant and the GoI is fixing the border.

During the first leg of the exercise the demarcation team is re-fixing the 280 km Bhutan-Assam Border. Bhutan has border with three districts of Assam: Baksa (90 Km), Chirang (70 Km), Kokrajhar (40 km) and Udalguri (80 Km). The plan in the pocket is to mark the entire 699 km Indo-Bhutan border that includes Arunachal Pradesh (217 km), West Bengal (183 km) and Sikkim (32 km), the laser-mapping has begun from Assam.

While the demarcation is a must activity between adjacent neighbors, the time of demarcation and a rat’s way in the process smells rat.

The Constitution of Bhutan specifies that “The international territorial boundary of Bhutan is inviolable and any alteration of areas and boundaries thereof shall be done only with the consent of not less than three-fourths of the total number of members of Parliament (Article 1.3).”

There seems no involvement of the elected members of the parliament. May the newly elected parliamentarians and the media study the ground realities and unravel the truth.

Exactly the same scenario had taken place in 2007. There was an interim government in Thimphu before the 2008 election. During the time of Interim government and election, the northern region of Bhutan including the Mt.Kulakangri the tallest mountain of the country was categorically ceded to China.

Govinda Rizal, the contributing editor of the Bhutan News Service, is the author of the book ‘A Pardesi in Paradise’.

Bhutan Election- Horse ousted, Cranes and Flowers shining

Bhutan held its primary elections on September 15, 2018, sending two out of four political parties to lock their horns to elect new government scheduled for October 18, 2018.

Photo Courtesy: BBS

The result of the primary election came as a shock to the ruling party People’s Democratic Party (PDP). Although, the PDP secured the majority votes from the rural population cast through EVM; the votes cast by the civil servants and urban population through postal ballot punished the party badly.

Photo Courtesy: PDP

People flooded the social media with a mixed opinion for the defeat. Ignoring civil servants, killing freedom of the Press, turning deaf ears towards corruption, raising national debts to new heights, ignoring people’s concerns, deceiving unemployed youths in the name of overseas jobs, and leaning completely towards India regarding regional relationships are some of the reasons for the defeat that people pointed out on the social media.
Former prime minister, Tshering Tobgay, through his Facebook page accepted the people’s choice and congratulated the two parties for making to the final round of the election.

Druk Nyamrup Tshogpa (DNT) and Druk Phuensum Tshogpa (DPT) are the two parties locking the horns.

DNT, under the leadership of Dr. Lotay Tshering, a noted urologist by profession is apparently touching the sentiments of the people with the slogan- “Alone, we can do so little. Together, we can do so much- Narrowing the Gap.” DNT has become the largest party by bringing in 92,722 voters out of 438,663 total qualified voters.

Photo Courtesy: DNT

Dr. Tshering made his thanking note public through his official Facebook page  – “Join us on the journey that will be the beginning of the new times, where poor are uplifted, health services reach the people and communities reunited irrespective of political affiliations. We will be a country, progressing with a strong democracy, under the noble guidance of His Majesty the King.”

This party is fielding the most inclusive and diverse candidates. DNT is merited most by the people for inclusion and vision for narrowing the gap between the poor and the rich.  This party is fresh to be tasted or tested by the people in terms of governing the nation.

DPT, under the leadership of Pema Gyamtsho, a former Minister of Agriculture and Forest is fielding candidates from different walks of life. The party has secured 90,020 votes out of the total. Party says – it has gained experience in the past to run the government and all its candidates are equally capable of handling any ministry in the government. DPT is the party that won the first general election held in Bhutan on March 24, 2008. The party secured 45 of the 47 seats to the National Assembly. But, the party was heavily defeated in 2013 and remained as the opposition party with 15 members. Neighboring India considers this party as the pro-China party.

Photo Courtesy: DPT

Pema Gyamtsho disclosed the hardships the party had to undergo in the recent years through a message to the people saying, “we have weathered the storms, negotiated the waves and overcame numerous hurdles to reach where we have. We have not abandoned our ship in the face of typhoons and cyclones but faced them with courage, trust, and faith. We have opted for the cool breeze of the ocean to guide our sails in the direction of peace, unity, and harmony.”
DPT leaders are blamed for deceiving people during their first term; most of the ministers blamed for purchasing plots under the names of their relatives in the prime areas  of the capital (Education City),  And, a minister was found involved in the corruption scandal while the party was in the power. Thus, this party has a lot many vessels to clean.

Bhutan Kuen-Nyam Party: The party headed by Neten Zangmo failed to list her party for the general election. Zangmo is one of the recipients of the red scarf and Druk Thuksey award from the King, the woman who gathered applauds from the people while working as first Chairperson of the Anti-Corruption Commission (ACC) and is named ‘the most important woman in the country’ by Bunty Avieson an Australian feature writer.

Photo Courtesy: BKNP

 Many people are of the opinion that Zangmo is a right person in a wrong party. Her everyday sayings, “My principles are more important to me than my life, and, “You must be able to stand with your head straight on your shoulder and look anybody in the eyes” – the sayings that rest in the minds of the people. Her party workers solaced the loss with their limited time and lack of resources to educate people about the party’s mission and vision. Nevertheless, the road ahead for this party is evident and clean. Time will only bring what the vision of the party truly is if they remain firm to their principle.


Challenges to both the parties:
Corruption has become a cancer of the growing political system in Bhutan. Nepotism and favoritism guard the doors of every department. Roots of corruption are perceptible but hard to track down. Talks about ‘Big Fish and Small Fish’ can be heard in the alleys of Thimphu around the clock. An alarming rise in the national debt is an artificially created pond where so-called Big and Small fishes have found waters to swim and hide their heads! Sadly, the Anti-Corruption Commission (ACC) hasn’t done its job as expected due to this nexus between power, positions, and personal connections.

According to the report of the Royal Monetary Authority (RMA) the external debts to the nation as of March 2018 is USD 2.67B.
Thus, reducing national debts, creating avenues for the thousands of unemployed youths, respect for the freedom of the press, reducing the gap between the rich and the poor are some iron chips to bite!

Way out:

The Article 2 (Clauses 13.a, 13.b and 13.c) of the constitution of the Kingdom of Bhutan is often linked to the root cause of the corruption in the country. The constitution has guided two elected governments. Yet, the annuities, taxation, and the financial sources related to the Royal Family members and businesses run under the Royal Family’s affiliation(s) could not become a bill to discuss in the Parliament even in a decade.  None of the governments could exhibit the courage to bring the matter as a bill in the parliament to discuss and enact into a law that could have changed the fate of the nation for the hapless citizens.  Unless this issue enters the parliament as a bill, corruption keeps spreading its roots deeper and wider making this democracy a ‘staged one’ for the whole world to see.

Cranes and the Flowers- see at the Horse and not repeat the same but make a real difference.

Rizal apologizes; Says it’s slip of tongue

26,644

Bhutanese human rights leader, Tek Nath Rizal, Wednesday apologized for ‘unknowingly’ hurting the sentiments of the Bhutanese diaspora in his interview with Suryodaya Television which is yet be to broadcast the full episode of the interview. He claimed it was rather a slip of tongue.

In a special interview with Vidhyapati Mishra from Bhutan News Service, Rizal mentioned that he being a victim of Bhutan’s mind control techniques never intended to hurt the sentiments of fellow Bhutanese.

He claimed that the interview was conducted when he was undergoing through a very stressful situation, and maintained that he has deep love and respect for every Bhutanese.

He reiterated that he would continue to fight for the common cause of all Bhutanese forever.

“I hope that I continue to get everyone’s care and love since I care every Bhutanese wholeheartedly,” he said.

He also requested everyone to pressurize Bhutan in stopping control of his mind as he stated that some of the resettled Bhutanese are in those countries that developed ‘mind control devices’.

In another instance, Rizal acknowledged the fact the due to relocation of thousands of exiled Bhutanese, his focus would be to address the issues of those refugees still dwelling in Nepal.

“It’s quite not feasible for me to represent those who are resettled since they need to abide by the rules and regulations of the respective countries.”

सामयिक सन्दर्शन तथा साहित्यिक सम्मेलन सम्पन्न

न्यु ह्याम्सर विश्व भूटानी साहित्य संगठन (ग्लोबल भूट्निज लिटरेरी अर्गनाइजेसन; जिबिएलओ) को सामयिक सन्दर्शन तथा साहित्यिक सम्मेलन २०१८ शनिबार र आइतबार (सेप्टेम्बर १ र २) मा नर्थ क्यारोलाइना राज्यको सार्लोट्टमा भएको छ सम्मेलन जिबिएलओको नर्थ क्यारोलिना च्याप्टरले आयोजना गरेको हो भने भूट्निज कम्युनिटी एशोसिएसन अफ सार्लोट्ट (बिसिएसी) ले सहायता गरेको थियो च्याप्टरले प्रत्येक वर्षमा गर्ने यो सम्मेलन गत दुई वर्ष भएन, सन् २०१५ को  सम्मेलन जर्जियामा भएको थियो

संस्थाले ”बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान” नामक अर्को बृहत् सम्मेलनको आयोजना गर्दै आएको छ । यो दुई वर्षे अनुष्ठान सन् २०१२ मा नेपालमा पहिलोपटक गरिएको थियो । त्यसपछि सन् २०१४ मा नेब्रास्का र सन् २०१६ टेक्ससमा भयो । सन् २०१८ मा हुन सकेन् । अब अनुष्ठान ३ वर्षमा हुने भएको छ र आगामी अनुष्ठान सन् २०१९ मा न्युजिल्याण्डमा हुँदैछ । सन् २०१६ मा अनुष्ठान गर्नु परेकाले च्याप्टरले गर्ने सम्मेलन हुनसकेन । सन् २०१६ को अनुष्ठानको आर्थिक-भारले सन् २०१७ को च्याप्टरले गर्ने सम्मेलन रोकिएको जिबिएलओका अध्यक्ष डेन्जोम राईले बताउनुभयो ।

‘‘अघिल्लो दिनको कार्यक्रमलाई साहित्यिक साँझ नाम दिइएको थिए, जसमा रचना वाचनहरू भएका थिए,” जिबिएलओ नर्थ क्यारोलिना च्याप्टरका ओम अधिकारी गोर्खालीले बताउनुभयो सम्मेलनको दुवै दिन उल्लेख्य उपस्थिति थियो

बाह्र राज्यका प्रतिनिधिहरूको उपस्थिति रहेको ‘‘कला, भाषा र साहित्यमा समर्पितको नारासहितको सम्मेलनको दोस्रो दिन जिबिएलओ अध्यक्ष राईले वार्षिक प्रतिवेदनले प्रस्तुत गर्नुभयो भने २ वटा पुस्तक विमोचन र २ पुस्तकको समीक्षा गरिएको थियो ईश्वर ढकालको रूवाइसंग्रह ‘‘अक्षरहरूको जुलूस”, पञ्चमान गुरूङ्गको ‘‘मेरो जीवननामक आत्मकथा, र पातलो अन्तरेको ‘‘अक्षरविमोचित भए भने अन्तरेकै ‘‘अक्षरर आभाष रिखामकोप्रश्नहरूको पहाडको समीक्षा गरिएको थियो ‘‘अक्षरको विमोचन दार्जिलिङ्गमा गत जूनमा गरिएको भए पनि अमेरिकामा दोस्रोपटक गरिएको हो

कार्यक्रममा बोल्दै अग्रज तथा प्रमुख अतिथि गंगाराम लामिटारेमा नातीको पुस्तामा भाषा संकट परेकाले भाषा संरक्षणमा जोड दिनपुर्छ भन्नुभयो श्रष्टाहरूले रचना वाचन, नृत्य, गीत आदि प्रस्तुत गर्नुभएको थियो नेपाली भाषा शिक्षणमा समर्पित हर्क प्रधान राई, भूमा ज्ञवाली, लक्ष्मी फुँयल, र मनसरी राईलाई सम्मान गरिएको थियो

कार्यक्रममा दिनेश चाम्लिङ्ग पुरस्कार, र विश्व नेपाली साहित्य पुरस्कारको घोषणा गरियो जिबिएलओको साहित्यिक अनलाइन मुखपत्रिका भूटनिजराइटर्स डट कमको आरम्भ गरियो

जिबिएलओको स्थापना सन् २००९ मा भएको हो विश्व भूटानी साहित्य संगठनले संगठन विस्तार गर्दै ठाउँठाउँमा आधा दर्जनभन्दा बढी च्याप्टरहरू बनाएको छ पटकपटक यसका ठूला सम्मेलन र सानातिना कार्यक्रम भएका छन् करिब ३ दर्जन पुस्तक प्रकाशितसमेत गरेको यो संगठनले नेपाली मूलका साहित्यिक संस्थासँग निकटता बढाएको छ

(कोइराला, अक्षरिकाका सम्पादक पनि हुन् ।)

Hindu Activities May Reduce Suicide Cases

26,644

Bhutanese refugees in the US have almost double the suicide rate than the national average. This has surprised the service providers, research institutions, and community leaders. Different refugee stakeholders are taking their initiatives to address this crisis. However, the suicide continues to occur in the communities.

There is no any empirical evidence that participating in religious events will reduce suicide among resettled Bhutanese. Harvard School of Public is conducting a study (Bhalakushari Project) among the elderly Bhutanese to examine the issues they faced during the different trajectories of their life. The finding may be useful for the service providers and the community to develop strength-based interventions to promote well-being.

Some Bhutanese community organizations are hosting QPR (Question, Persuade, Refer) and Mental Health First Aid training aimed at producing “gatekeepers” to address suicide in their community. While other groups of people rely on traditional and spiritual healing in the combination of mental health therapy.

At the same time, there is another phenomenon in the rise among the resettled Bhutanese. Many social events, for example, recitation of Srimad Bagawat, Bhajan and Kirtan are done more frequently among the resettled Bhutanese whether they are in America, Canada, Australia or Europe. The event organizers believe that the recitation of Srimad Bhagawat, kirtan and Bhajan would serve as a tranquilizer for people suffering from mental health illnesses.

There are two main reasons why people are organizing such religious activities. This might be a way of overcoming the anxiety of busy life in the developed countries and the fear of financial insecurity (they feel) due to lack of assets. In Bhutan, they had a piece of land, a herd of cattle or orchards to earn a livelihood. This is in contrast to wage income which they can earn only when healthy and fit.

The other reason could be that now they have more disposable income. They bring in cash every hour spent at work, and the government also provides cash payment in social security. For a typical Hindu, it is worthwhile to spend 10% of income on religious events; recitation of Srimad Bhagawat is the most popular one among the resettled Bhutanese.

The elderly people participating in religious activities will likely promote their well-being. The religious activities will gather them in a common place where they not only recite the mantras but share their past stories and achievements which will make them happy. They don’t come from a culture of receiving western mental health treatment.

Taran Tiwari, Bhutanese community member and the Executive Director of Bhutanese Society of Western Massachusetts, recently hosted a seven days recitation of Srimad Bhagawat Maha Puran at his private residence in Springfield, Massachusetts.

When asked about the objective of this event, he said, “This Puran is for the Hindu believers who left Bhutan to come all the way here. Most of the people are not able to practice their religion due to anxiety. The Puranas like this, I think will benefit the people as they will be able to share, express their feelings and emotions and will heal from their mental stresses like anxiety and depression”.

Mr. Tiwari estimated some 300 people attended the event daily. Pundit Purusottam Sapkota, who was invited from Nepal for this purpose and Bhim Timsina from Georgia, highlighted the importance of human life. “We live according to the dicta for past karma; we should not take away our life even in a desperate situation. The life cycle should complete as destined by the God”, Pundit Bhim Timsina said.

In post resettlement life, resettled Hindu Bhutanese community is enjoying the freedom of worship though it might appear oblivious to neighbors, who might be practicing different culture and tradition.

In a similar religious congregation in Louisville, pundits of all background and wisdom offered their preachings focused on content and philosophical dimensions of Hindu scriptures.

Three days religious gathering went all well, at least, when one look at it from outside. It could be inferred from the presence of people on second and third day that any religious congregation of that magnitude will draw people from neighboring cities and states.

People are ready to listen to such preaching even at a crowded hot space. This exhibits their spiritual awakening.

From a Hindu perspective of interrelatedness, family is seen as a primary source of strength and support for the person with mental Health illness (Campion &Bhurga,1988). Some practical aspects of holy texts- Geeta, Bhagavad puran and other scriptures were brought out by the leading priests like Purushottam Sapkota, Bedanidhi Subedi, Bhim Timsina, and Arjun Shankar. They touched upon the very core knowledge imparted and symbolized by the mythology in context that is Hindu way of living a life.

“In our community, a friend is a psychologist”.(Chase, Lina & Sapkota Ram, 2017). The gatherings like this will bring friends, families, social workers who share the same culture and religion. Sharing the stories of past, present and future (Bhalakushari) is the way older Bhutanese enjoy.

Singing kirtan groups led devotees to dance. This was also the meeting place for many relatives separated by resettlement tides. People exchanged their life experiences in their transitional living.

Such holy and culturally cohesive gathering definitely brings a way for people to share much among themselves, renew the relationships that connect them to Bhutan, and to their ancestral relationships. Half the burden people feel about themselves, woes and worries is washed down. Meeting with relatives and knowing about their prosperity, refreshing the moments of life lived in villages of Bhutan is rewarding enough to forget the anxiety. Level of happiness momentarily rises with this emotional connection established physically.

However, a lot of older folks generally take superficial meaning of these preachings. They assemble to listen kathaa of the puranas, but it is not just recitation of puran or hymns of Shrimad Bhagavad Geeta. The teachings apply to normal human life to live a bias free, stress free and contented life as complete human beings.

It is only through continuous education on the basic understanding of life not merely as a human body but also the eternity of soul that we can address some mental health issues with emphasis on spiritual well-being,

The growing number of hospitals and clinics are engaging family members in the treatment process by understading their roles in the culturally responsive care delivery. Whether having a family member present during the mental health screening, therapy session or during the hospice and palliative care, the providers will have a holistic bio-psychosocial and cultural understanding of the patient. Therefore,

adding bits and pieces of this spiritual knowledge and practice of Yog to the mental health sessions as remedial doses may be helpful in engaging Bhutanese as strength based interventions who believe in mind, body and spirit resiliency skills towards the mental health treatment.. But consistency and full scale program planning is need of this time.

Mr. Gautam is the steering committee member for the Research Program on Children and Adversity Refugee Program with Boston College School of Social Work, and a research specialist for a research project with Harvard School of Public Health’s Global Demography of Aging program. He has contributed to several book chapters and articles related to public health, policy and public administration. Mr. Gautam holds MPA from Westfield State University.

द रेफ्युजी नामक गीत ल्याउँदैछुः गायक शिवा

गायक विकास शिवाको भूटान १९९०ज ट्रयु बेस शिर्षकको र्‍याप गीत युट्युबमा मात्र ५१ हजारभन्दा बढी पटक हेरिएको छ । उनी भन्छन्, सिधै डाउनलोड गरेर युट्युबमा कम भएको हो । अर्को कुरा युट्युबभन्दा अरू माध्यम सजिला छन् । फेसबुक, ट्वीटर आदिमा गन्ती गर्ने हो भने यसलाई दश लाखभन्दा बढी हेरेको देखिन्छ । बामा (भूट्निज अमेरिकन म्युजिक एशोसियसन) को सदस्य विकास यसलाई राष्ट्रवादी गीतको संज्ञा दिन्छन् । मामा सुवास तामाङ्ग, कमल राई, सुरज शिवा, सरोज बर्देवा, सान राई आदिको सहयोगमा तयार पारिएको यो र्‍याप गीतको रचनाले उचाइ पाएका २६ वर्षे विकास यस्तै विधामा लागेका नयाँ गायकलाई एकथलोमा उभ्याएर प्रतिस्पर्धा गराउने सपना देख्छन् । उनको जीवन, गत फेब्रुअरीमा सार्वजनिक यो गीत र आगामी दिनका योजनाबारे अक्षरिका तथा भूटान न्युज सर्भिसका लागि राजेश कोइरालासँग गरिएको कुराकानीः

आफ्नो जन्म, परिवार आदिबारे बताउनुहोस् न, थोरै ।

मेरो जन्म भूटानको चिराङ्ग लामीडाँडामा भएको हो । मेरो बुबा बुद्धिमान शिवा र आमा मीना शिवा हो । म ४ दिदीबहिनीको म एउटा माइती अर्थात् बुबाआमाको एक्लो छोरो हुँ ।

नेपाल कहिले आउनु भयो ? कहाँ बसियो ?

करिब २ वर्षको हुँदा नेपालीभाषीको भूटान निष्कासनमा परेर अरु हजारौं परिवार जस्तै हाम्रो परिवार नेपाल आएको हो । हामीलाई ६ महिना जति बेलडाँगीमा राखियो । अनि खुदुनाबारीमा बस्यौं । खुदुनाबारी सेक्टर बीको छाप्रो नम्बर ५२ मा बसियो । त्यहाँ पढियो ।

अनि अमेरिका ?

पुनर्स्थापनाको सिलसिलामा सन् २०१२ फेब्रुअरीमा अमेरिका आएको हुँ । म नर्थ क्यारोलाइनाको सार्लोट्टमा आएर बसोबास गरिरहेको छु ।

यो गीत लेख्न कति समय लाग्यो ? प्रेरणा, स्रोत र सहयोगी के के हुन् ?

गीत लेख्न ३ महिना त गजबैले लाग्यो । गीतको प्रेरणा हाम्रा अग्रज हुनुहुन्छ । मैले शिविरमा रहँदा लेखिएका किताब आदिलाई स्रोतका रूपमा लिएको छु । लेखिसकेपछि मैले मामा सुवास तामाङ्गको सहयोग पाएँ । उहाँले मलाई लेखाइको सम्पादन गर्न सघाउनुभयो ।

यो गीत किन यस्तो लेखियो ?

पुनर्वासमा आएपछि आफ्नो मूल देशको कथा यहाँका युवा पुस्ताले नबिर्सिउन भनेर उहाँहरूलाई कथा सुनाउन गीत तयार पारेको हुँ ।

यो गीत तपाईंको कतिऔं हो ? किन र्‍याप गायन रोज्नुभयो ?

यो गीतभन्दा पहिले मैले अरूका गीत मात्र गाएको थिएँ । मेरो आफ्नो रचना, संगीत, र संयोजनको पहिलो गीत हो । यस अर्थमा मेरो आफ्नो गीत हो । र्‍याप गीत मलाई मनपर्छ, भनौं मेरो विधा हो । म आधुनिक र पप गीत पनि गाउँछु ।

के अरू र्‍याप गायनमा लागेकालाई प्रेरणा दिन सक्छ ?

भूटानी युवाले कमै र्‍याप गाएका छन् । १९९०जआएपछि धेरै र्‍याप गायकहरू सम्पर्कमा आउनु भएको छ । उहाँहरूले मञ्च पाउनुभएको छैन । उहाँहरूसहित र्‍यापको छवि बनाउन सकिन्छ । घरमा मात्र सीमित र्‍याप गायकलाई कसरी बाहिर ल्याउने, चिनाउने, मञ्च दिन सकिन्छ भनेर सोचिरहेको छु । उहाँहरूलाई स्थापित गराउनु पनि छ । एउटा फाउन्डेसन बनाउने सोच छ ।

१९९०जको तयारी कस्तो रह्यो ?

म यसका लागि नर्थ क्यारोलाइलाबाट जर्जिया जानुपर्‍यो । छोटो समयमा धेरै काम सक्ने एकखालको दबाव थियो । पहिले अडियो तयार गरियो । जर्जियाको अट्लान्टास्थित रिद्म स्क्रिन क्रियसन स्टुडियो (सन् २०१२ मा स्थापित) मा एक रातभरमा अडियो बन्यो । उक्त स्टुडियोका कमल राईको ठूलो सहायता पाएँ । कमलले मलाई डमी पठाइदिनुभएकाले त्यहाँ पुग्दा म तयार नै भएको रहेछु । त्यहीँ भिडियो पनि बनायौं । भिडियो तयार पार्न ३४ दिन लाग्यो । सन् २०१८ फेब्रुअरी १७ मा जर्जियाको अट्लान्टामा जोक प्रोडक्सनको एउटा कार्यक्रम थियो । हामीले ६ मिनेटको समय माग्यौं, र त्यही कार्यक्रममा यो गीत सार्वजनिक गर्‍यौं ।

यसका दृश्यहरू के आफैं छायाङ्कन गरेको हो ?

होइन । हामीले साभार गरेका हौं । चलचित्र झुपडीको जिन्दगी, टुक्रेको मुटु आदिका क्लिपहरू प्रयोग गरिएको छ । शुरुमा हामीले नसोधी प्रयोग गर्‍यौं । पछि उहाँले राम्रो काम भनेर एक किसिमको सहमति दिनुभयो । उहाँहरूप्रति आभारी छौं ।

दर्शकश्रोताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

प्रतिक्रिया राम्रो छ । सुधार्नु पर्ने कुरा पनि कसैकसैले भन्नुभएको छ । हामीलाई प्रशंसा गर्ने आधार भनेको ३० वर्षको इतिहास एउटा ५ मिनेट र आधा समयको गीतमा समेट्ने कोशिस गरेका हो, यो एउटा सिंगो किताब जस्तो छ । तर कति कुरा त छुट्यो नि !

अब दर्शकश्रोताले तपाईंबाट के आशा गर्छन् ?

द रेफ्युजी भनेर अर्को गीत लिएर चाँडै आउँदैछु । देश छाडेपछि शरणार्थी जीवन, परिस्थिति, के कसरी के के भोगियो ? साथीभाईको मोह, रमाइला पल, दुःखका दिन सुनाउने तयारी गर्दैछौं । हामी सबैलाई शिविरमा पुर्‍याउन खोज्दैछौं । ती दिन सम्झाइदिनु छ । यसमा पुनर्वासमा परिवार छुट्टिएका प्रसंग पनि छन् । सबैलाई छुने खालको छ । पहिलाको स्तरमा बन्ला र नबन्ला भन्ने डर भएकाले गीत लेखेर छेस्का केलाउँदैछौं, सम्पादन गर्दैछौं ।

(यो अन्तर्वार्ता अक्षरिकाको अगस्त २०१८ मा प्रकाशित भएको हो । यसका धेरै अंश गायकसँग गरिएको कुराकानी र थोरै अंश इन्टरनेटमा गरिएको अनुसन्धानमा आधारित छ ।)