Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीपेन्सलभेनियामा तेक्वान्दो प्रशिक्षार्थी नानीहरूको ग्रेडिङ्ग

पेन्सलभेनियामा तेक्वान्दो प्रशिक्षार्थी नानीहरूको ग्रेडिङ्ग

न्यु ह्याम्सर । पेन्सलभेनियाको ह्यारिशवर्गस्थित हिमालयन तेक्वान्दोमा तेक्वान्दो सिकिरहेका नानीहरूको शनिबार (अक्टोबर ६, २०१६) ग्रेडिङ्ग (स्तरोन्नति) गरिएको छ । अमेरिकामा तेक्वान्दो सिकेको केही समयमा मात्र सेतो बेल्ट दिने गरिन्छ भने अहिले प्रशिक्षार्थीले स्ट्रिप यल्लो (पातो पहेंलो) बेल्ट पाएका हुन् ।

ग्रेडिङ् गराउन बाल्टिमोरबाट सिक्थ डान कुमार कार्की पेन्सलभेनिया पुग्नुभएको थियो भने कार्यक्रमका मुख्य अतिथि डा. खेम अधिकारी हुनुहुन्थ्यो ।
अगस्त १५ देखि शुरू तेक्वान्दोमा अहिले करिब ७० जना प्रशिक्षण लिइरहेका छन् । ”प्रशिक्षण लिइरहेका छात्र र छात्राको संख्या करिब बराबर छ । यसैगरी रूचि देखाउनेको संख्या पनि बढ्दो छ । यो ट्रायलका रूपमा थियो । हिजो ग्रेडिङ्गले धेरैलाई ल्याउने देखेका छौं,” स्वयंसेवकका रूपमा काम गरिरहेका टीका ढुङ्गानाले बताउनु भयो ।
तेक्वान्दो प्रशिक्षण अपरान्ह ४:३० बजे शुरू हुन्छ । १– १ घन्टाको प्रशिक्षणमा एक समूहमा २०-२५ प्रशिक्षार्थी छन् । सहभागीको उमेर ४ वर्षदेखि २५ वर्षसम्म छ ।

प्रशिक्षक एक जना अमेरिकाको सर्टिफाइड नकुल कोइराला हुनुहुन्छ भने टीकाबाहेक अर्का स्वयंसेवक प्रकाश ढुङ्गाना हुनुहुन्छ । प्रशिक्षण स्थल भाडामा लिइएको छ । हिमालयन तेक्वान्दो नाफामुलक संस्था हो र पहिलो वर्ष महिनाको ३० प्रतिशत छुट दिएर प्रति प्रशिक्षार्थी ७० डलर शुल्क लिएर सिकाइरहेको छ । परिवारमा दुई जना भए १२० डलर महिनाको तिर्नुपर्छ ।

अमेरिकामा भूटानीहरूले कराँते प्रशिक्षण धेरै ठाउँमा दिँदै आएका छन् । तर तेक्वान्दो यो पहिलो हो ।