Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीबिसिएफएसएको दशैं फुटबल प्रतियोगिता

बिसिएफएसएको दशैं फुटबल प्रतियोगिता

न्यु ह्याम्सर । भूट्निज कल्चरल फाउन्डेसन अफ स्क्र्यान्टन एशोसिएसन (बिसिएफएसए) द्वारा आयोजित अन्तर-राज्य फुटबल प्रतियोगिताको फाइनल पेन्सलभेनियाको स्क्र्यान्टन शहरमा आइतबार (७ अक्टोबर, २०१७) मा भएको छ ।

‘दशैं सकर टुर्नामेन्ट २०१८’ नामको यो दुई दिने प्रतियोगिता युनाइटेड स्टार, कोलम्बसले जितेको छ । फाइनलमा युनाइटेड स्टार, कोलम्बस र म्यासच्युसेट्स एफसी भिडेका थिए । प्रतियोगितामा ओहायो, म्यासच्युसेट्स, नर्थ क्यारोलाइना आदि ४ राज्यका १२ समूह सहभागी थिए । विजेता समूहलाई २ हजार ७ सय र दोस्रो २ हजार डलर नगद पुरस्कार प्रदान गरिएको थियो ।

“प्रत्येक प्रतिस्पर्धामा म्यान अफ म्याच घोषणा गरिएको थियो,” संस्थाका निर्देशक टेक पाण्डेले भूटान न्युज सर्भिसलाई बताउनुभयो । खेलहरू स्थानीय ‘६३ माइक मन्च्याक वे’मा भएका थिए ।

बिसिएफएसएले पहिलोपटक गरेको यो प्रतियोगितालाई स्थानीय व्यापारिक संस्थाहरूले प्रायोजन गरेका थिए । प्रायोजकहरू इन्ट्रा-नेसनल होम केयर एलएलसी, नमस्ते ग्रोसरी एन्ड नेपाली किचेन (स्क्र्यान्टन), घलेज फेमिली फूड मार्ट इक (स्क्र्यान्टन), हाम्रो ग्रोसरी (स्क्र्यान्टन), र किराँत कम्युनिटी अफ स्क्र्यान्टन हुन् । बिसिएफएसएको स्थापना सन् २०१३ मा भएको हो ।