न्यु ह्याम्सर । आर्थिक वर्ष सन् २०१७/०१८ मा अमेरिकामा २ हजार २ सय २८ भूटानी शरणार्थीलाई पुनर्स्थापना गरिएको छ । अमेरिकाको आर्थिक वर्ष अक्टोबर १ मा सुरू भएर सेप्टेम्बर ३० मा सकिन्छ । यो तथ्याङ्क सन् २०१७ अक्टोबर १ मा सुरू भएर २०१८ सेप्टेम्बर ३० सम्मको हो । सन् २०१७ को अन्त्यसँगै औपचारिक पुनर्स्थापना बन्द भनिए पनि अमेरिका आउने क्रम सन् २०१८ मा जारी रह्यो ।

महिना–महिना कति ?
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार सन् २०१७ अक्टोबरपछि सन् २०१८ सेप्टेम्बरसम्म महिनापिच्छे निम्न संख्यामा पुनर्स्थापित हुनुभएको छः
सन् २०१७
अक्टोबरः २७३
नोभेम्बरः ५३२
डिसेम्बरः ७३०
सन् २०१८
जनवरीः २५७
फेब्रुअरीः ९२
मार्चः ४१
अप्रिलः ४१
मेः १४३
जूनः ८३
जुलाईः १२
अगस्तः १६
सेप्टेम्बरः ८
–––––––––––––––––––––
कूलः २,२२८
यसरी सन् २०१८ को सेप्टेम्बर अन्त (आर्थिक वर्ष सन् २०१७/०१८ को अन्त) सम्म अमेरिकामा शुरुदेखि पुनर्स्थापित भूटानीको संख्या ९६ हजार १ सय ४२ पुगेको छ ।
आ.व. २०१७/१८ मा विश्वका विभिन्न मुलुकका कूल २२ हजार ४ सय ९१ शरणार्थीलाई अमेरिकामा पुनर्स्थापना गरिएको छ । सरकारले ४५ हजार ल्याउने बताएको थियो । तर अमेरिकी सरकारले आर्थिक वर्ष २०१८/२०१९ मा ३० हजार मात्र शरणार्थी ल्याउने निर्णय गरेको छ ।
अहिलेसम्म कुन वर्ष कति भूटानी?
सन् २००७ मा भूटानीलाई नेपालबाट तेस्रो मुलुक पुनर्स्थापना गर्ने निर्णय गरिएको थियो । सन् २००८ मार्च ४ मा पुनर्वासका लागि भूटानी शरणार्थीको पहिलो खेप नेपालबाट अमेरिका उडेको थियो । अहिलेसम्म कुन आर्थिक वर्षमा कति ?
– सन् २००७/८ : ५ हजार ३ सय २०
– सन् २००८/९ : १३ हजार ४ सय ३२
– सन् २००९/१० : १२ हजार ३ सय ६३
– सन् २०१०/११ : १४ हजार ९ सय ९९
– सन् २०११/१२ : १५ हजार ७०
– सन् २०१२/१३ : ९ हजार १ सय ३४
– सन् २०१३/१४ : ८ हजार ४ सय ३४
– सन् २०१४/१५ : ५ हजार ७ सय ७५
– सन् २०१५/१६ : ५ हजार ८ सय १७
– सन् २०१६/१७ : ३ हजार ५ सय ५०
– सन् २०१७/१८ : २ हजार २ सय २८
(साभार: सन् २०१८ अक्टोबरको अक्षरिका)