Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीगैरनाफामुलक संस्थासम्बन्धी कार्यशाला

गैरनाफामुलक संस्थासम्बन्धी कार्यशाला

न्यु ह्याम्सर । भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) ले गत शनिबार (सेप्टेम्बर २९, २०१८) मा ओहायो राज्यको सिन्सिन्याटीमा गैरनाफामुलक संस्थासम्बन्धी एक-दिने कार्यशाला गरेको छ । बामालगायत अरू आमन्त्रितसहित दुई दर्जनभन्दा बढी सहभागी उक्त कार्यशालामा आयोवा, न्युयोर्क, पेन्सलभेनिया, जर्जिया, नर्थ डकोटा, साउथ डकोटा, कोलोराडो, मिजुरी, बाल्टिमोर, ओहायो आदिबाट प्रतिनिधि उपस्थिति हुनुहुन्थ्यो ।
बिहान ९ बजे शुरू भएको उक्त कार्यशाला साँझ ७ बजे सकिएको थियो । स्थानीय फरेष्ट पार्कस्थित मेथोडिस्ट चर्चले कार्यक्रमका हल उपलब्ध गराएको थियो ।
कार्यक्रममा गैरनाफामुलकका विषयमा सिन्सिन्याटीको एक मुख्य पास्टर डा. काबाम्बा किबोको र करिब १४ वर्ष गैरनाफामुलकमा काम गरेका रबर्ट डब्ल्यु. स्टिभले तालिम दिनुभएको थियो । एएस् इन्स्योरेन्सका प्रमुख टिका आचार्यले सहजीकरणको भूमिका निभाउनु भएको थियो भने एएस् इन्स्योरेन्सले दिउँसोको खानाको व्यवस्था गरेको थियो ।
बामाका उपाध्यक्ष तथा कार्यशालाका संयोजक खेम रिजालका अनुसार संस्थाको पछिल्लो सम्मेलनमा बनेको बोर्डले संस्थालाई सबल बनाउन गरेको यस कार्यक्रममा अरूलाई पनि आमन्त्रण गरेको हो । बोर्डले भने २ घन्टा जति समय बामाको रणनीतिक छलफलमा बिताएको थियो ।
भूटानी-मूलका पुनर्वासित गीत-संगीत साधकलाई एकथलोमा ल्याउने तथा अमेरिकन भूट्निज कलालाई संरक्षण, संवर्धन, र विकासको लक्ष्य राखेर सन् २०१७ जून १७ मा ओहायोको सिन्सिन्याटीमा बामाको स्थापना भएको हो । संस्थाको पहिलो सम्मेलन भने गत मे २६-१७, २०१८ मा जर्जियाको एट्लान्टामा भएको थियो ।