Exiled Citizens Rally Seeking Repatriation 

26,644

Dozens of exiled Bhutanese from Jhapa-based Beldangi camps rallied on December 10 demanding dignified repatriation to Bhutan. The rally was organized coinciding the International Human Rights Day. 

Over 300 Bhutanese refugees took out a rally in Beldangi refugee camp appealing the various agencies and Government of Nepal to help them return their homeland. 

Jointly organized by National Reconciliation Committee, Bhutanese Senior Citizen Groups and Camp Management Committee, the rally also called on various rights groups to take their demand for repatriation seriously, and accordingly put pressure on Government of Bhutan. 

While addressing the rally as the chief guest, constituent assembly member from Province No 1 Arjun Rai blamed the Bhutanese authority of ignoring the basic rights of exiled Bhutanese. He also stressed for a need to continue all facilities to the refugee community from the donor agencies. 

Meanwhile, former camp secretary of Beldangi-II Extension Camp DB Subba said that refugees’ right to return home shouldn’t be replaced by other options like resettlement or local assimilation. 

Dozens of Bhutanese who took part in the rally carried placards reading, “Open doors for repatriation. Respect international statue of human rights.”

Following resettlement of over 110,000 of exiled Bhutanese, around 6,500 refugees are still living in Nepal. Most of them want to return to Bhutan.

Birendra Mongar reported this story for BNS.

स्वदेश फिर्तीको ढोका खुला गरी मानव अधिकारको सम्मान गर्न आग्रह

दमक । स्वदेश फिर्तीको ढोका खुला गरी मानव अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई भूटानी शरणार्थीले आग्रह गरेका छन् । झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का अवसर पारेर दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा ठूलो समूहमा नाराबाजीसहित र्‍याली लिएर सहभागी हुन आएका शरणार्थीले उक्त आग्रह गरेको हो ।

नेसनल रिकन्सिलिएसन कमिटि, ज्येष्ठ नागरिक र भूटान स्वतन्त्र जनमञ्चले संयुक्त रूपमा र्‍याली आयोजना गरेको थियो ।

स्थानीय युवा मैत्री केन्द्रको प्रागणबाट सुरू भएको र्‍याली उक्त कार्यक्रम स्थलमा पुगेर टुंगिएको थियो । प्रदेश, स्थानीय सरकार र मानव अधिकारवादी संघ-संस्थाको प्रतिनिधिहरूलाई अतिथिका रूपमा निम्त्याइएको उक्त कार्यक्रम स्थलमा र्‍यालीपछि कार्यक्रम अवधीभर ब्यानर र प्लेकार्ड लिएर शरणार्थीहरू अनसन बसेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद् अर्जुन राईले भूटान सरकारले जनता खेदेर मानव अधिकारको अवहेलना गरेको बताउनु भयो । अर्को प्रसंगमा उहाँले भूटानी शरणार्थी स्वदेश फिर्ता नभएसम्म राहत कटौती गर्न नमिल्ने बताउनु भयो ।

कार्यक्रमको विशिष्ट अतिथि प्रदेश १ कै अर्का सांसद् धिरेन्द्र शर्माले शरणार्थी समस्या सामाधानका लागि केन्द्रसम्मै पहल गर्ने आश्वासन दिनु भएको छ ।

र्यादलीका अगुवा एवं भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि.बि. सुब्बाले स्वदेश फिर्ताको विकल्प आफूहरूलाई मान्य नहुने बताउनु भयो । भूटानी शरणार्थीलाई स्थानीय तहमै मिलाएर राख्ने हल्ला चलिरहेका बेलामा आफूहरूले स्वदेश फिर्ताबाहेक कुनै पनि विकल्प नखोजेको र्‍यालीमा सहभागी अर्का एक युवा कविराज मगरले स्पष्ट पार्नुभयो ।
‘स्वदेश फिर्तीको ढोका खुल्ला गर, अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर’ र्‍यालीमा सहभागी शरणार्थीको मख्य नारा थियो ।

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको समापनको अवसर पारेर आयोजित उक्त कार्यक्रममा शरणार्थीले गायन, नृत्य र नाटकमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।

Night inferno destroys refugee-owned shop in Sanischare

26,644

Un unidentified night inferno destroyed a shop owned by a Bhutanese refugee in Pathri camp based in Sanischare Morang, Friday. 

Inspector from Sanischare Police Station, Kamal Bajgai, has been quoted by news reports from Jhapa estimated that the shop owned by Tek Bahadur Rai from Sector K-3, Hut No. 14, suffered a loss of around 150,000 Nepalese currency. 

The actual cause of the fire is being investigated.

LCOB announces election of governing body

26,644

Literary Council of Bhutan, the primal literary body of Nepali speaking southern Bhutanese announces the first election of Board of directors after it was formally registered as non-profit in the state of Ohio.

According to a email circulation by the interim chairman, Shivalal Dahal, the election shall take place through online voting from among the members on Sunday, December 15. The deadline to put forward individual candidate’s name for the BOD is fixed for December 8.

The LCOB is a membership based organization. The members in US pay dues of seventy dollars while those in Nepal should pay 700 Nepalese rupees to be eligible for voting or filing as candidate in the election.

According to the email announcement, eleven member BOD shall be formed by the election. President, secretary, treasurer and four directors in charge of curriculum development, website and publication, program development and community outreach are main positions in the BOD for day-to-day operations.

In each country of resettlement, LCOB shall have focal person that functions as the country director. Nepal, Europe, Australia and Canada will have country directors.

The editorial committee for the publication matters shall be appointed by the board.

The email also warned about the forfeiting of membership by default when dues are not paid on time.

An interim functional body was formed by the International convention held last summer in Cincinnati that took priority on reorganizing the LCOB governing body.

No staff positions are announced for carrying out any specific task.

 

शिविरका शरणार्थीबारे जवाफदेही बन्न दातृ निकायलाई आग्रह

दमक । तेस्रो मुलुक पुनर्वासमा नगई शिविरमै रहेका बाँकी भूटानी शरणार्थीका सम्बन्धमा जिम्मेवारीपूर्वक जवाफदेही बन्न संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई भूटानी शरणार्थी स्वदेश फिर्ती प्रतिनिधि समिति (बि.आर.आर.आर.सी.) ले आग्रह गरेको छ । खाद्य कार्यक्रमले १६ नोभेम्बर २०१८ का दिन सार्वजनिक सुचना जारी गर्दै सन् २०१९ को प्रारम्भ (जनवरी) देखि भूटानी शरणार्थीलाई पुर्‍याउँदै आएको खाद्य सहयोगबाट क्रमिक रूपमा बहिर्गमन हुने घोषणा गरेसँगै बि.आर.आर.आर.सीले आज (१८ नोभेम्बर २०१८) एक प्रेस विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो ।

बिआरआरआरसीका अध्यक्ष डा. भम्पा राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शरणार्थी समस्याको निकास नआएसम्म गाँस, बाँस र कपासको निरन्तर व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

संस्थाले दात्तृ-संस्थाहरूमाथि शरणार्थी समस्यालाई निकासविहिन बनाउने निरंकुश भूटानी शासकको इरादालाई सत्य सावित गर्न सहयोगी भूमिका खेलेको आरोप समेत लगाएको छ ।

पूर्वी नेपालका शिविरमा ६ हजार ६ सय ५६ जना भूटानी शरणार्थी बस्दै आउनुभएको छ भने पुनर्वासमा हालसम्ममा १ लाख १३ हजार १९६ जना गइसक्नुभएको छ । बिआरआरआरसीले शिविरका शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुनेमा जोड दिँदै आएको छ ।

शिविरको खाद्य सहयोगबाट विश्व खाद्य कार्यक्रम हट्ने

26,644

न्यु ह्याम्सर । संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आफ्नो भूटानी शरणार्थीहरूका लागि खाद्य सहयोग कार्यक्रमबाट २०१९ को प्रारम्भ (जनवरी) सँगै क्रमिक बहिर्गमनको घोषणा गरेको छ । शुक्रबार (नोभेम्बर १६, २०१८) मा काठमाडौंमा एक विज्ञप्ति जारी गर्दै संस्थाले भनेको छ, ‘विगत २५ वर्षभन्दा लामो समयदेखि उक्त सहायता कार्यक्रमले पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरूको पोषणसम्बन्धी दैनन्दिन आवश्यकता पूर्तिमा सन् १९९२ यता निरन्तर सहयोग पुर्यािएको छ । सफल पुनर्स्थापना कार्यक्रमको अनुसरण गर्दै हाल उनीहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा पुनर्स्थापित भइसकेका छन् ।’

‘विगत २५ वर्षभन्दा अघिदेखि विश्व खाद्य कार्यक्रमले १ लाख २० हजार शरणार्थीका आवश्यकताहरूका लागि सहयोग गर्दै नेपाल सरकारसँगको निकट साझेदारीमा काम गरेको छ, साथै खाद्यान्न र नगद गरी अमेरिकी डलर ८६ मिलियन (नेपाली रूपैयाँ १० अरब) भन्दा बढी सहयोग वितरण गरेको छ’, विश्व खाद्य कार्यक्रमका लागि नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले खाद्य सहयोग बन्द गरिन लागेको घोषणाका सन्दर्भमा भन्नुभयो । बाँकी रहेका ६ हजार ५ सय शरणार्थीहरूको हितबारे बोल्दै उहाँले थप बताउनु भयो, ‘खाद्य कार्यक्रम शरणार्थीका चासोहरूको सम्बोधन र तिनको दिगो समाधानका लागि मार्ग पहिल्याउन नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।’ आगामी डिसेम्बरदेखि खाद्य कार्यक्रमले बाँकी रहेको अन्तिम रकमलाई ‘समापन प्याकेज’ का रूपमा वितरण गर्नेछ, जसबाट अत्यन्त जोखिममा रहेका शरणार्थीलाई छ महिनाका लागि र तुलनात्मक रूपमा न्यून जोखिममा रहेका अन्यको हकमा तीन महिनाका लागि सहयोग पुग्नेछ ।

खाद्य कार्यक्रमको सहयोगको क्रमिक बहिर्गमनसँगै शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले सामाजिक तथा आर्थिक रूपमा अत्यन्त पिछडिएका शरणार्थीका केही आधारभूत आवश्यकता पूर्तिका निम्ति लक्ष्य गरेअनुसारको बहु-प्रयोजनमूलक नगद सहयोगलाई चाहिँ निरन्तरता दिनेछ ।

खाद्य कार्यक्रम र शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालयले बाँकी शरणार्थीका समस्याहरूको वैकल्पिक तथा दिगो समाधानका लागि नेपाल सरकार र अन्य देशहरूसँगको सहकार्यलाई निरन्तरता दिनेछन् ।

सन् २०१८ को सेप्टेम्बर अन्त (आर्थिक वर्ष सन् २०१७/०१८ को अन्त) सम्म अमेरिकामा शुरुदेखि पुनर्स्थापित भूटानीको संख्या ९६ हजार १ सय ४२ पुगेको छ भने विश्वका अरू ७ मुलुकमा समेत गरी करिब १ लाख १३ हजार भएको छ । शिविरमा करिब ६ हजार ७ सय बस्दै आउनुभएको छ ।

न्यु ह्याम्सरको स्टेट हाउसमा दिपावली

न्यु ह्याम्सर । न्यु ह्याम्सरको राजधानी कंकर्डस्थित स्टेट हाउस (राज्य सरकारको भवन) मा बुधबार (नोभेम्बर ७, २०१८) साँझ दिपावली कार्यक्रम गरिएको छ । कार्यक्रममा दिपावली मनाउने न्यु ह्याम्सर हिन्दू समुदायका करिब १ सय ५० जनाको उपस्थिति थियो ।

कार्यक्रममा ६० वर्ष बढी उमेरका व्यक्तिले मारूनी नाच, भैली, तिहारका गीत, ‘बि द चेन्ज क्लब’को नृत्य, आदि प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा विभिन्न व्यक्ति तथा परिवारले तयार पारेर लगेका नेपाली परिकारहरू पनि राखिएका थिए ।

कार्यक्रममा राज्यका सिनेटर ड्यान फेल्टस, मल्टिकल्चरल फेस्टिभलकी जेसिका लिभिङ्ग्स्टनले बहुसांस्कृतिक हुनुको फाइदाबारे बोल्नुभयो भने स्वयंसेवी संयोजक सुरज बुढाथोकी, घनश्याम दाहाल, र कृष्ण गिरीले दिपावलीको महत्त्व तथा पृष्ठभूमी प्रष्ट पार्नुभयो । मल्टिकल्चरल फेस्टिभलकी जेसिका लिभिङ्ग्स्टनले यस किसिमको कार्यक्रमको आयोजनामा अग्रसरता देखाउँदै आउनुभएको छ ।

न्यु ह्याम्सरका गभर्नर क्रिस सुनुनुले दिपावली मनाउन अपिल गर्दै एउटा ‘प्रोक्लामेसन’ दिनुभएको छ । उक्त अपिलमा नोभेम्बर ७, २०१८ लाई दिपावली चेतना दिवसका रूपमा घोषणा गरिएको उल्लेख छ ।

गत वर्ष पनि यस्तो कार्यक्रम भएको थियो । अमेरिकाको उत्तर-पूर्वी राज्य न्यु ह्याम्सरमा करिब १ हजार नेपाली-भाषी भूटानी तथा ३ हजार नेपाल मूल राष्ट्र भएका नेपाली रहेको अनुमान छ ।

नेपालीमाझ दिपावलीभन्दा पनि तिहार नाम प्रचलित छ । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमध्येको यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । यसलाई नै यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपाल र नेपाली भएका देश वा ठाउँहरूमा मनाइन्छ ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकूर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसी-भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

सिन्सिन्याटीमा वृद्ध-वृद्धाको सम्मान

न्यु ह्याम्सर । ओहायोको सिन्सिन्याटीमा आइतबार (४ नोभेम्बर २०१८) भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) ले एक कार्यक्रम गर्दै बृहत्तर सिन्सिन्याटी क्षेत्रमा बसोबास गर्ने ६५ वा सोभन्दा बढी उमेरका वृद्ध-वृद्धाको सम्मान गरेको छ । करिब ९० जना वृद्ध-वृद्धा सम्मानित भएको आयोजक संस्थाले जनाएको छ ।

८० भन्दा बढी उमेरका वृद्ध-वृद्धालाई बर्को ओडाइयो भने सबैलाई खादा ओडाएर सम्मान गरियो । कार्यक्रममा उहाँहरूले पनि मुरली बजाउने, श्लोबक भन्ने, गजल भन्ने खालका प्रतिभाहरू देखाउनुभयो । वृद्ध-वृद्धाले आफ्ना अनुभवहरू पनि सुनाउनुभयो । उहाँहरूका लागि लुँडो, बाघचाल, आदि राखिएको थियो । कार्यक्रममा जानकारी सत्र, खेल, नृत्यहरू प्रस्तुत भएका थिए ।

‘संस्थाको युवा लियाजनका १५ युवाको अथक प्रयासले दिनभरको कार्यक्रम सफल भयो । घरबाट कार्यक्रम स्थलसम्म वृद्ध-वृद्धालाई ल्याउने-लैजाने, सरसफाइ गर्ने, खाजा तथा खाना वितरण गर्ने, आदि गर्नुभएको थियो,’ संस्थाका नवनियुक्त कार्यकारी–निर्देशक यादव सापकोटाले भूटान न्युज सर्भिसलाई जानकारी दिनुभयो, ‘वृद्ध-वृद्धाले निकै प्रशंसा गर्नुभयो । कार्यक्रम सफल भएको अनुभव भएको छ । खुसी लागेको छ ।’ वृद्ध-वृद्धालाई जलपान पनि गराइएको थियो ।

बिसिसीले एउटा सांस्कृतिक केन्द्र सञ्चालनमा ल्याउन लागेको छ । सामान्यत: बिहानदेखि बेलुकासम्म उक्त केन्द्रमा सबै उमेरका लागि खेल्ने तथा वृत्ति-विकासमा मद्दत गर्ने सामग्री राखिने कार्यकारी–निर्देशक सापकोटाले बताउनु भयो, ‘परिवारका अन्य सदस्य व्यस्त रहने भएकाले एक्लिएका वृद्ध-वृद्धालाई हामीले समेट्ने प्रयास गरेका हौं ।’

बिसिसीको स्थापना सन् २०१२ मा भएको हो । बृहत्तर सिन्सिन्याटी क्षेत्रमा बसाइँ सरेका कारण अहिले नेपाली-भाषी भूटानीको संख्या करिब २० हजार र ओहायोभर ४० हजारभन्दा बढी पुगेको अनुमान गरिदैंछ । तर अमेरिकी सरकारले ओहायो राज्यभरमा ९ हजार ३ सय ५४ लाई मात्र बसोबास गराएको हो । अहिलेसम्म अमेरिकाका विभिन्न ४१ राज्यमा ९६ हजार १ सय ४२ भूटानीको पुनर्स्थापना गरिएको छ ।

कोलम्बसमा १०९ औं लक्ष्मी जयन्ती सम्पन्न

न्यु ह्याम्सर । ओहायो राज्यको कोलम्बस शहरमा आइतबार (४ नोभेम्बर २०१८) १०९ औं लक्ष्मी जयन्ती विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । श्याम खनालको सभापतित्वमा र डा. लक्ष्मीनारायण ढकालको आतिथ्यमा भएको कार्यक्रम मातृभाषा संरक्षण समूहले गरेको थियो ।

गीतकार रन खड्काले स्वागत मन्तव्य दिनु भएको थियो । निल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ आयुर्वेदिक चिकित्सक गंगाप्रसाद ढकालको ‘स्वास्थ सुरक्षाका सुत्रहरू’ पुस्तक विमोचन भएको थियो । साथै देउसी कार्यक्रम, साना नानी-बाबुहरुबाट गीत प्रस्तुत, कार्यक्रममा विभिन्न राज्यबाट करिब ६०-७० जना साहित्यिक स्रस्टाको भेलाले कार्यक्रम रमाइलो भएको थियो । सुदर्शन अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा लागेर समाजको हितमा काम गर्ने विभिन्न समाजसेवीको सम्मान भएको थियो । सम्पूर्ण कोलम्बस र रिनल्स्बर्गमा नेपाली कक्षामा पढाउने शिक्षक शिक्षिका, मिडियामा रहेर योगदान दिने हरि सुवेदीलाई सम्मान आदि गरेको जानकारी कार्यक्रम आयोजक समूहका युवा साहित्यकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ले दिनुभयो । उक्त समूहबारे पनि युवा साहित्यकार तिम्सिना ‘क्षितिज’ प्रकाश पार्नुभएको थियो ।

तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न १४ डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ ले हालसम्म ८ वटा कृति प्रकाशित गरिसकेको छ ।

देवकोटा: छोटो परिचय
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्णपक्ष लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

उहाँको २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले निधन भएको थियो ।

(साहित्यकार केशव बैरागी माइलोको सहयोगमा)

दिपावलीको सांगीतिक कार्यक्रम, एल्बम ‘प्रज्वल’ सार्वजनिक

न्यु ह्याम्सर । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर ओहायोको सिन्सिन्याटीमा शनिबार ‘दिपावली म्युजिकल धमाका २०१८’ सांगीतिक कार्यक्रम गरियो । कार्यक्रममा गीतकार गोपी दाहालको दोस्रो एल्बम ‘प्रज्वल’ (सिडि) सार्वजनिक, र सम्मान गरिएको थियो । ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त प्रस्तुतिमा गरिएको कार्यक्रममा गीत, नृत्य आदि प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधि-सभाका सदस्यका उम्मेद्वार अफताब पिरेवलको उपस्थित हुनुहुन्थ्यो । ‘प्रज्वल’ को विमोचन गीतकारका बुबा-आमा लिलाधर दाहाल र विष्णुमाया दाहालसाथै अन्य महानुभाववबाट सामूहिक रूपमा गरिएको थियो ।

कार्यक्रममा एल्बम ‘प्रज्वल’का संगीतकार अम्बर तुम्बापो सुब्बालाई ‘मायाको चिनो’ र चेकसहित सम्मान गरेको गीतकार दाहालले भन्नुभयो, ‘हाम्रो समुदायमा गीत-संगीतको प्रवर्धन गर्न आवश्यक भएकाले मैले यसतर्फ पाइला चालेको हुँ । यसले व्यावसायिकता पाओस् भन्ने आशा गरेको छु ।’ कार्यक्रममा भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) का कार्यकारी–निर्देशक तथा पूर्व–उपाध्यक्ष खेम रिजाललाई पनि सम्मान गरिएको थियो ।

कलाकार विनोद गुरूङ्ग, एनके ब्रदर्श, मुना क्षेत्री, प्रकाश दर्नाल, सुरज गुरूङ्ग, कविता थापा, छवि न्यौपाने आदिले गीत, नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका आधा जति प्रस्तुति दशैं र तिहारसँग सम्बन्धित थिए ।

कार्यक्रमलाई स्टार वान रियल्टर्स, ओम दर्नाल ज्वेलर्स, फेमिली ग्रोसरी, होट’ एन्ड स्पाइसी रेष्टुराँ एन्ड बार, नमस्ते करी हाउस, स्वाद इन्डियन रेष्टुराँ, युनिक फेसन सेन्टर, कोलरेन फर्निचर, द फेडेरल सेभिङ्स बैंक, फोटो-ग्राफर टेक मगर आदि व्यावसायिक संस्थाले प्रायोजन गरेका थिए ।

एल्बम ‘प्रज्वल’मा ५ गीत छन् । दाहालका गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत, तथा राजेश पायल राई, शिव परियार, राजनराज शिवाकोटी, किरण गजमेर, रमेश कँडेलले स्वर दिनुभएको छ । गीतकार दाहालको पहिलो एल्बम ‘उज्वल’ थियो ।

(कोइराला, अक्षरिका नेपाली न्युजलेटरका सम्पादक पनि हुन् ।)