Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीदिपावलीको सांगीतिक कार्यक्रम, एल्बम 'प्रज्वल' सार्वजनिक

दिपावलीको सांगीतिक कार्यक्रम, एल्बम ‘प्रज्वल’ सार्वजनिक

न्यु ह्याम्सर । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर ओहायोको सिन्सिन्याटीमा शनिबार ‘दिपावली म्युजिकल धमाका २०१८’ सांगीतिक कार्यक्रम गरियो । कार्यक्रममा गीतकार गोपी दाहालको दोस्रो एल्बम ‘प्रज्वल’ (सिडि) सार्वजनिक, र सम्मान गरिएको थियो । ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त प्रस्तुतिमा गरिएको कार्यक्रममा गीत, नृत्य आदि प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधि-सभाका सदस्यका उम्मेद्वार अफताब पिरेवलको उपस्थित हुनुहुन्थ्यो । ‘प्रज्वल’ को विमोचन गीतकारका बुबा-आमा लिलाधर दाहाल र विष्णुमाया दाहालसाथै अन्य महानुभाववबाट सामूहिक रूपमा गरिएको थियो ।

कार्यक्रममा एल्बम ‘प्रज्वल’का संगीतकार अम्बर तुम्बापो सुब्बालाई ‘मायाको चिनो’ र चेकसहित सम्मान गरेको गीतकार दाहालले भन्नुभयो, ‘हाम्रो समुदायमा गीत-संगीतको प्रवर्धन गर्न आवश्यक भएकाले मैले यसतर्फ पाइला चालेको हुँ । यसले व्यावसायिकता पाओस् भन्ने आशा गरेको छु ।’ कार्यक्रममा भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) का कार्यकारी–निर्देशक तथा पूर्व–उपाध्यक्ष खेम रिजाललाई पनि सम्मान गरिएको थियो ।

कलाकार विनोद गुरूङ्ग, एनके ब्रदर्श, मुना क्षेत्री, प्रकाश दर्नाल, सुरज गुरूङ्ग, कविता थापा, छवि न्यौपाने आदिले गीत, नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका आधा जति प्रस्तुति दशैं र तिहारसँग सम्बन्धित थिए ।

कार्यक्रमलाई स्टार वान रियल्टर्स, ओम दर्नाल ज्वेलर्स, फेमिली ग्रोसरी, होट’ एन्ड स्पाइसी रेष्टुराँ एन्ड बार, नमस्ते करी हाउस, स्वाद इन्डियन रेष्टुराँ, युनिक फेसन सेन्टर, कोलरेन फर्निचर, द फेडेरल सेभिङ्स बैंक, फोटो-ग्राफर टेक मगर आदि व्यावसायिक संस्थाले प्रायोजन गरेका थिए ।

एल्बम ‘प्रज्वल’मा ५ गीत छन् । दाहालका गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत, तथा राजेश पायल राई, शिव परियार, राजनराज शिवाकोटी, किरण गजमेर, रमेश कँडेलले स्वर दिनुभएको छ । गीतकार दाहालको पहिलो एल्बम ‘उज्वल’ थियो ।

(कोइराला, अक्षरिका नेपाली न्युजलेटरका सम्पादक पनि हुन् ।)