मिस भूटान युएसए २०१९ अहङ्कारीले जितिन्

पिट्सवर्ग । मिस भूटान युएसए २०१९ को उपाधि कविता अहङ्कारीले हात पारेकी छन् । उनले ६ प्रतिस्पर्धी: बन्दना कोइराला, प्रेज्ञ्ना सिवाकोटी, सिता चौहान, सुस्मिता सुब्बा, र पूजा क्षेत्रीलाई जुलाई २८ को अन्तिम प्रतिष्पर्धामा जितेकी हुन् । उनलाई पछ्याउँदै सुस्मिता सुब्बा फर्स्ट रनर-अप, र पूजा क्षेत्री सेकेन्ड रनर-अप भएका छन् । अन्तिम प्रतिस्पर्धासहितको सांस्कृतिक कार्यक्रम पेन्सलभेनियाको पिट्सवर्गमा भएको थियो ।

यसअघि प्रकृति राई (२०१४), नुमा लिम्बू (२०१५), विमला शिवाकोटी (२०१६), आरती घिसिङ तामाङ (२०१७) र सुचिता प्रधान (२०१८) ले जितेका थिए । यसअघिका प्रतियोगिताहरू: सन् २०१४ मा पहिलोपटक ह्युस्टन, टेक्सस, त्यसपछि हरेक वर्ष क्रमश: टेनेसीको न्याशभिल, ओहायो राज्यको क्लिभल्याण्ड, पेन्सलभेनिया राज्यको ह्यारिसवर्ग, ओहायोको कोलम्बस, र अहिले पेन्सलभेनियाको पिट्सवर्ग आइपुगेको हो ।

सत्रदेखि २८ वर्षका अमेरिकामा बसोबास गराइएका भूटानी युवतीमाझ मिस युएस भूटान छान्ने यो प्रतियोगिता हिमालयन फेस्टिभल युएसए (एचएफयुएसए) ले आफ्नो एक इभेन्टका रूपमा आयोजना गर्दै आएको छ । एचएफयुएसए, क्यालिफोर्नियामा गैरनाफामुखी संस्थाका रूपमा दर्ता छ ।

‘छाप्रो नं. ५५’ लाई अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी, पुरस्कार समितिले ‘छाप्रो नं. ५५’ (उपन्यास) लाई अनेसास डायस्पोरा पुस्तक पुरस्कार २०१९ प्रदान गर्ने भएको छ । समाजले यो घोषणा आइतबार (जुलाई २१) मा गरेको हो । अनेसासले अरू विधाका पुरस्कारको घोषणा गर्दा नेपाली-भाषी भूटानी लेखक रमेश दियालीको यो उपन्यास पनि छानिएको हो ।

अनेसासले पुरस्कार भानु जयन्तीमा घोषणा गरेर लक्ष्मी जयन्तीमा प्रदान गर्छ । ‘अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार’ को राशी १ हजार १ सय डलर छ । सन् २०१७ जनवरी १ देखि सन् २०१८ डिसेम्बर ३१ मा प्रकाशित विभिन्न विधाका १ सय ३६ पुस्तक दर्ता भएकोमा १४ मूल्याङ्कनका लागि अयोग्य ठानिएका थिए ।

दियालीको उपन्यास ’छाप्रो नम्बर ५५’ थोरै भूटान, धेरै नेपालको पथरी शरणार्थी शिविर, बेलडाँगी, आम्दा अस्पताल, उपचारका लागि भारत, अनि केही अमेरिका हुँदै एउटी दलित किशोरीको वरपर घुमिरहेको कथा हो । सिंगो उपन्यास शिविरको कष्टकर जीवन, जातीय विभेद आदिमा घुमेको छ ।

यसको प्रकाशन मञ्जरी पब्लिकेशन, काठमाडौंले गरेको हो । आवरण रंगीन छ र टाइम्स क्रियशन, काठमाडौंले सजाएको छ । सोह्र (१६) अध्यायमा बाँढिएको उपन्यासको मूल्य नेपाली रूपैयाँ ३१५ छ । पुस्तक एम्याजनमा पनि छ, र मूल्य २० डलर । २३२+४ पृष्ठमा लेखकको २ पृष्ठ मन्तव्य मात्र छ । बाँकी कथा छ ।

गीता आध्यात्मिक सम्मेलन – २०१९ कोलम्बसमा

पेन्सलभेनिया । ओहायो राज्यको कोलम्बसमा यसै महिना गीता आध्यात्मिक सम्मेलन हुने भएको छ । जुलाई २६-२८ (शुक्रबारदेखि आइतबार) का दिन हुने उक्त सम्मेलनमा विभिन्न १६ राज्यबाट हिन्दू संस्थाका प्रतिनिधि र धर्मानुरागीहरूसमेत गरि १ हजार ५ सयभन्दा बढि सहभागि हुनेछन् ।

विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज कोलम्बसले संयुक्त रुपमा आयोजना गर्ने उक्त सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न गुरुजन/मान्यजनबाट प्रवचन, विभिन्न शहरका भजन मण्डली वा धार्मिक संस्थाहरूबाट झाँकीसहित भजन प्रस्तुत, बालन/संगिनी/भजनमा नृत्यहरू, निःशुल्क गीता पुस्तक वितरण तथा पुरस्कार/उपहार वितरण छन् । सम्मेलन स्थानीय ४०७७ कार्ल रोड, कोलम्बस, ओहायो ४३२२४ (4077 Karl Rd, Columbus, Ohio 43224) मा हुँदैछ । सम्मेलनमा करिब १५ हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।

कार्यक्रमको उद्देश्य प्रकाश पार्दै भनिएको छ, ”हाम्रा धेरै भूटानी दाजुभाइ तथा दिदीबहिनी, जो कतिपय भूटानकै जेलमा मर्न बाध्य भए भने कतिपय गाउँघरमै पनि मारिएका थिए । यसरी नै भूटानबाट विस्थापित भएपछि माइखोलाको बगरमा पनि हाम्रा सयौँ बालबालिका र वृद्धवृद्धाको दर्दनाक मृत्यु भएको थियो (एकै दिनमा ४५ वटासम्म लाश लगेका याद पनि हामीसँग ताजै छन्) । बिसौँ वर्षको त्यस्तो दयनीय शरणार्थी जीवनपछि पुनर्वासका क्रममा विभिन्न मुलुकमा पुगेपछि पनि हाम्रो समाजमा मानसिक रोगी, आत्महत्या गर्ने र वेपत्ता हुनेहरूको संख्या बढ्दो छ । यसर्थ भूटान, नेपाल र अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा ज्यान गुमाएकाको मुक्ति र मानसिक रूपमा अस्वस्थ भएकाको मानसिक शान्तिको कामना गर्न १०८ भागवत महापुराण पाठसहित आयोजना गरिने विश्वशान्ति महायज्ञ – २०२० का लागि संकल्प गर्नु रहेको छ ।”

सम्मेलनलाई फ्रिडम होमकेयर एन्ड डे-केयर, मलेक एन्ड मलेक एलएलसी, पाथिभरा ज्वेलर्स, एस इन्स्योरेन्स एलएलसी, ओमेगा होम हेल्थ केयर सर्भिस, ओहायो इम्प्योयमेन्ट एजेन्सी, क्रियटिभ होम केयर, पटेल ब्रदर्श, सुनकोशी टिभीलगायत विभिन्न संस्थाले विभिन्न तरिकाले सफल बनाउन हातेमालो गर्दैछन् ।

संगठनले सन् २०१३ देखि अमेरिकाका विभिन्न राज्यमा यस्तो सम्म्मेलन आयोजना गर्दै आएको छ । उक्त सम्मेलनमा सन् २०२० मा १०८ भागवत् महापुराणसहित विश्वशान्ति महायज्ञका लागि संकल्प गरिने पनि जनाएको छ । विश्व भूटानी हिन्दू संगठन (ग्लोबल भूटनिज हिन्दु अर्गनाइजेसन) को स्थापना सन् २०१३ मा भएको हो । यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ । वैदिक सेवा समाज कोलम्बसको स्थापना पनि सन् २०१३ मै भएको हो ।

सन् २००८ देखि सन् २०१८ सम्ममा अमेरिकाका ४० बढि राज्यमा पूर्वी नेपालका पाँच ठाउँका ७ शिविरबाट अमेरिकामा बसाइएका भूटानीको संख्या करिब ९७ हजार पुगेको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५७.४० प्रतिशत छन् भने बौद्ध धर्मावलम्बी २२.०५ प्रतिशत, इसाई १०.८९ प्रतिशत, र किराँत धर्म ९.६५ प्रतिशत मान्नेहरू छन् ।

ओहायोमा छ कृतिको विमोचन

सिन्सिन्याटी । ओहायोको सिन्सिन्याटी राज्यमा जुलाई १७ शनिबार ६ कृतिको विमोचन गरिएको छ । विमोचित कृतिहरूमा खेम रिजालका: ‘किनाराको छाल’ (गजल-संग्रह, दोस्रो संस्करण), ‘विचारहरूको बिस्कुन’ (मुक्तक), डिल्लु चम्लागाईंको ‘पर्खालभित्र’ (गजल-संग्रह), माया भट्टराईको ‘जूनकीरी’ (सवाल-जवाफ-गजल-संग्रह), मदन दुलालको ‘अवतरण: एक अनिर्णित युगको’ (कविता-संग्रह), र लक्ष्मण रसाइलीको ‘मलाई नसुहाएको टोपी’ (कविता-संग्रह) छन् ।

समारोहमा डा. लक्ष्मीनारायण ढकाल, पूर्व चलचित्र-पत्रकार जयप्रकाश रिजाल आदिले विभिन्न विषयमा बोल्नुभएको थियो । विमोचित कृतिमाथि समीक्षा तथा श्रष्टाहरूका रचना-वाचन गरिएको थियो । कार्यक्रमको आयोजना मातृभाषा संरक्षण समूह, साहित्य परिषद्, भूटान, र स्रष्टा संगम ओहायोले गरेका थिए ।

तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ र साहित्य परिषद्, भूटानको सन् १९९३ मार्च १७ मा स्थापना भएको हो ।

न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम

पेन्सलभेनिया । न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम हुने भएको छ । भूटनिज-नेपाली कम्युनिटी अफ बफेलोको मिस्टिक इकोज नाइट्स नामक उक्त कार्यक्रम बफेलो स्टेट कलेजको सोसल हलमा हुँदैछ ।

कार्यक्रममा जगदिश समालको प्रत्यक्ष गायन हुनेछ । गितार र यसका विविध रूपमा विजय थुलुङ्ग, विष्णु रामदाम, र दिल राईलाई देखिनेछ । किजमा डेभिड ढकाल, तबलामा इन्द्र लामिछाने, सारङ्गीमा श्याम नेपाली, र बाँसुरीमा सुशिल विश्वकर्माको प्रस्तुति रहनेछ । लिला निशा, नवीन प्राचीन, रूपेश डिजिएनए, उमेश आचार्यले प्रत्यक्ष कविता वाचन गर्नुहुनेछ । प्रत्यक्ष कविता वाचनमा संगीत हुनेछ, र यस्तो प्रयोग पहिलोपटक गर्न लागिएको आयोजक संस्था बताउँछ ।

कार्यक्रमका लागि अपराह्न ४ बजे ढोका खुल्ने र कार्यक्रम ५ देखि ८ बजेसम्म हुनेछ । परिवारका लागि टिकट मूल्य १ सय डलर राखिएको छ ।

भूटनिज-नेपाली कम्युनिटी अफ बफेलोलाई बर्मिज कम्युनिटी सर्भिसेस, अल स्टेट इन्स्योरेन्स, कला थ्रेडिङ्ग र इस्पा इंक, नमस्ते ट्रान्सपोर्टेसनले कार्यक्रम सफल पार्न होस्टेमा हैसे गरेका छन् ।

(सिएम निरौलाद्वारा प्रस्तुत)

Buffalo to kicks mystic echoes night!

26,644

Pennsylvania – Bhutanese-Nepali community of buffalo to kickoff mystic echos nights on August 10 at Buffalo state college.

First time in history it is going to perform live poetry with music associated.

Parsu Adhikari the member of organize community informed BNS that he’s excited about the event, and “I hope this event will help promote our literature and music, encourage young people in this field”, said Adhikari.

दुई एल्बम, र एक पुस्तक विमोचनसहित भानु जयन्ती

हेरिस्वर्ग । त्रिवेणी साहित्य मञ्च, हेरिस्वर्ग पेन्सलभेनियाको आयोजनामा असार ३० गते २०७६ आइतबारका दिन २०६ औं भानु जयन्तीमा विविध प्रस्तुतिसहित एक साहित्यिक कार्यक्रम गरियो । नवीन शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई बैरागी माइलाले सञ्चालन गर्नुभएको थियो भने पिआर दहाल प्रमुख अतिथि र रिमेन आलोक एवम् धना ज्योति विशेष अतिथि हुनुहुन्थ्यो ।

आदि कवि भानुभक्तको सम्मानसँगै १०१ वसन्त पार गरिसक्नु भएकी जेष्ट नागरिक विष्णुमाया पोख्रेललाई दोसल्ला सम्मान गरिएको थियो । कार्यक्रममा शेखर कोइराला (चन्द्र) द्वारा रचित ‘ममता’ गीत/कविता संग्रहको विमोचन भयो । यस कृतिमाथि पत्रकार भक्त घिमिरे र साहित्यकार गण्डकी पुत्रले आफ्नो धारणा राख्नुभयो । साथै गीता पुडासैनीको ‘सिमानाको शालिक’को गोवर्धन पूजा र नारद आचार्य सुदामाले चर्चा गर्नुभयो । कार्यक्रममा बालकृष्ण न्यौपानेका दुई गीति एल्बम ‘बिहानीको शितल’ र ‘प्रशंसा’ सार्वजनिक गरिएको थियो । सुमन योन्जनले गीत-सङ्गीत र बालकृष्णका गीति एल्बमबारे बोल्नु भएको थियो ।

दर्जन स्रस्टाले रचना वाचन गरेर कार्यक्रमको माहोल साहित्यमय बनाएका थिए । यसै अवसरमा साहित्यनुरागी युवा विनय लुइँटेललाई दोसल्ला र भानुभक्तको तस्बिरले सम्मान गरिएको थियो ।

I am suicidal: Need help

26,644

By the first report published by CDC on suicide rate among the Bhutanese refugees resettled in the US  the alarm bell was set. Bhutanese refugees, who came from the camps in Nepal, belonged to a conventionally homogeneous society of Bhutan. When the waves of resettlement carried them far and wide to big cities and their suburbs, ways of life changed by leaps and bounds. Coupled with cultural shocks, the US resettled Bhutanese refugees particularly felt more pressure to adjust and struggle with life than those resettled elsewhere in the west. Adjustment in a new society, though very well facilitated by the resettlement agencies, could not be so easy due to language and cultural issues as well as pace with which West moves in terms of labor and technology.

Considering the recent disturbing news of suicide cases from Harrisburg-Pennsylvania, Cincinnati, Columbus-Ohio and  Louisville-Kentucky, it is obvious that Bhutanese communities in the US have a lot more to do to curb this epidemic. Despite the resources and energy spent by our community leaders on mental health first-aid training, we have not seen the results as expected, proven by the suicidal death among the leading community figures. Some serious and consistent interventions are needed that can reach to the family and individuals at risk. Indeed, the identification of individuals at risk is another challenge, since it will interfere with their privacy and discussing mental health issue is a social stigma, the very root cause of this epidemic.

A Facebook post by a medical doctor living in Australia urged the Harrisburg (PA) community to act as a watchdog for preventing further suicide. He even hopes to create such mini-scale watchdog groups if volunteers raise hands to join.

Back in 2014, approximately, 130 community volunteers and leaders from all States of resettlement gathered in a mental health first aid training in Harrisburg, PA. Many considered the conference to be a success in setting-up mechanisms to mitigate this epidemic, and they were supposed to be the gate-keepers of their local communities in terms of outreach, counseling and ultimately referring such individuals to mental health services available in their cities or counties. It appears that the participants learned a lot but could not apply in a real-life setting due to many challenges.

Social stigma is posing as a number one challenge in mitigating this epidemic. Most of those deceased in the recent cases were unknown to express a moment of depressive mood, nor records of their mental health need ever discussed with their respective primary care doctors. They were learned to have very active social and family life prior to their premature tragedies. The nature of stigma in our society is such that when one ends his/her life, not even the family members open-up on the incident for fear of further stigma. The guilt nudges the closest family circle for not sharing about the mental health situation of the victim. For most cases, the blame is put on the deceased, and people tend to act surprised once the life is lost.

The flipside of this scenario is- “who cares to listen to me even if I express my feeling?”

There is a cultural disengagement on the issue: people tend to avoid talking of someone showing depressive mood or suicidal thoughts or simply throw a light sarcasm.  Now, these deaths are simply becoming sources of data for mental health brokers, themselves engaging in securing credits without the real endorsement of the families who faced it.

During the Harrisburg training on mental health, the energy exhibited by some of the community leaders had given a sign of hope and they stood as ‘Gatekeepers’ on preventing suicide. Either, we read the situation wrongly or overheard during the training. Today, the mental health situation in the community is worsening in folds.

The situation around us asks; where are the gatekeepers? Why even the family members do not get a clue about the depressive mood of the suicidal person and he/she looking for a chance to destroy?

Even if one is trained to be a mental health first aid worker or a certified QPR, he/she doesn’t feel encouraged to reach out to these individuals and their families due to push back from the families themselves. Therefore, reaching out to those affected families and individuals is often not without blame. We tend to assume that consistent outreach to affected families and individuals could save a life but doing that in the first place is a formidable challenge.

With social stigma getting in on the way of the community volunteers and mental health professionals, it has become extremely hard to gauge who is living with suicidal ideation. We normally don’t bother a person with probing questions who is showing signs of depression or anxiety. Some individuals don’t even exhibit any signs of depression or anxiety, as in most of the suicidal cases so far,  and there are no tell-tale signs to connect the dots. We leave it to the ‘fate’, roll our eyes, whisper with one another but don’t really open up.

It’s not so much the inaction itself as much as the lack of right approach and tactical methods of getting around the problem or subjects. The community leaders, volunteers, and religious figures should be equally concerned about this issue and start discussions around their special events they organize or in their families and not leave everything to ‘fate’. The social stigma about mental health must be busted with gradual acceptance. We need a community-wide recognition that suicide is not fateful and mental health and its treatment is as important as a cut or burn. And, somebody undergoing severe depression has to be bold enough to say ‘I am suicidal and I need help’.
‘HELP’ is ‘AVAILABLE, OF COURSE’!!

१९ वर्षपछि पुनर्मिलन कार्यक्रम

पेन्सलभेनिया । त्रि-रत्न सेकेण्डरी स्कूल बेलडाँगी २ बाट सन् २००० सालमा एसएलसी दिएका विद्यार्थीहरूको १९ वर्षपछि पेन्सलभेनियाको पिट्स्बर्गमा जुलाई ५ शुक्रबार पुनर्मिलन कार्यक्रम गरिएको छ । करिव १ वर्ष अघिदेखि योजना बनाइ गरिएको कार्यक्रममा पूर्व-विद्यार्थीहरू परिवारसहित भेला भएका थिए ।

”टिआरएसएस एसएलसी२के रियुनियन” नामको कार्यक्रममा परिवारसहित करिब १ सय ५० जनाको उपस्थिति थियो । भेलाका लागि विभिन्न समितिहरू: योजना समिति, आर्थिक समिति, र कार्यकारी समिति बनाइएको थियो ।
कार्यक्रममा सबैले आ-आफ्ना भोगाइ र रमाइला क्षणहरू सुनाएका थिए । टेक तामाङले स्वागत मन्तव्य, तिलक पौडेलले विगतका रोचक अनुभव, दिलिप दाहालले भेटघाटको महत्त्व र छात्राहरूका तर्फबाट छविका भण्डारीले साथीहरूको महत्त्वबारे बोल्नु भयो । स-साना नानी-बाबुहरूको नृत्यका साथै विभिन्न साङ्गितिक/साहित्यिक कार्यक्रम गरिएका थिए । “ड्रयुक युथ ब्याण्ड” र “साधना ब्याण्ड” को जोडदार प्रस्तुतिका साथै ८ वर्षका बालक नयन भण्डारीको विलक्षण प्रतिभाले सबैलाइ दङ्ग बनायो ।

कार्यक्रमको अन्त्यमा भूटानी समुदायमा बढ्दो आत्महत्या जस्ता जटील विषयलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने कार्यपत्र प्रस्तुत गरियो र विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरियो ।

कार्यक्रममा क्यालिफोर्निया, टेक्सस, भर्मन्ट, नर्थ डकोटालगायत विभिन्न राज्य एवम् क्यानडाबाट उपस्थिति थियो । ”एउटै छाना, एउटै खाना” नारासहितको कार्यक्रम त्यो सालको एसएलसी टपर लयकुमार ओडारीको संयोजनमा भएको थियो भने कार्यक्रम खगेन्द्र भण्डारी जन्तरेले चलाएका थिए । अर्को पुनर्मिलन कार्यक्रम कहिले गर्ने भन्ने योजना समितिले चाँडै नै निर्णय गर्ने बताइएको छ ।

Who stands with Bhutanese refugees in Nepal?

It is not too late to repatriate the remaining 7,000 Bhutan nationals still in camps in eastern Nepal

On 20 June it will be another World Refugee Day, another year in which we remember the world’s most forgotten eviction of a people from their homeland. Of the 100,000 Nepali-speaking people of Bhutan that the Druk regime forced out in the early 1990s, there are still 7,000 in two camps in Jhapa and Morang. The rest have been resettled in eight countries around the world.

The fate of the remaining refugees is a serious crisis because while the UN refugee agency (UNHCR) has already warned it will be shutting down two remaining camps, the Government of Nepal has not advanced the option of long-pending repatriation. On the other side, the US government, which absorbed 96,000 Bhutanese refugees under a multilateral resettlement program, has already shut the door to further admissions.

Although a majority of the just over 113,000 Bhutanese refugees opted for third-country resettlement, some among those remaining and their leaders, including exile-based political parties, continue to call for repatriation to Bhutan, but to no avail. If nothing changes, those refugees will prefer to stay in the camps.

Yet, if UNHCR pulls out, a humanitarian crisis is likely to endanger the lives of hundreds of children and elderly refugees. Many among those longing for repatriation are the most vulnerable — aged and illiterate individuals who need support.

Thimphu’s strategy is to convince Kathmandu to absorb the remaining refugees permanently. Irrespective of Bhutan’s approach, UNHCR must actively and continuously promote the repatriation option.

With over 65 million forcibly displaced people around the world, we understand that the UNHCR and other humanitarian organisations want to shift their focus to other more needy refugees elsewhere in the world. We believe that it will be wrong for UNHCR to stop assisting Bhutanese refugees remaining in Nepal.

Despite 16 rounds of bilateral talks between Nepal and Bhutan that last nearly 20 years, Thimphu prevailed with its stance of not taking back any of the 100,000 ethnic Nepalis and Sharchops it forcibly expelled in the late 1980s and early 1990s. Bilateral talks abruptly stopped in 2004 following an alleged attack on the Bhutanese Joint Verification Team at Khudunabari Camp, and no promising signs of resumption have been seen since.

Given the common ancestral heritage between the remaining refugees and Nepal it might sound like the ideal solution for them to assimilate locally, but in reality it could be a big political blunder because an additional 80,000 ethnic Nepalis currently living in Bhutan and denied citizenship might be subject to a second forced exodus.

To be fair, it is equally possible that some of those left behind in the refugee camps will be happy to assimilate in Nepal, as they have already lived there for three decades — enough time to feel a sense of belonging. If doing so would ensure that Bhutan will not evict more refugees, perhaps the Government of Nepal should honour these individuals’ wishes. It would be painful for the world to see the refugees living in limbo in the camps instead of being repatriated or locally settled.

India, which keeps Bhutan under its armpit, and the US, which absorbed the majority of the refugees, should start to pressure Thimphu to unlock the repatriation option so justice is served. It is the ethical and moral responsibility of these countries, as well as Nepal and the seven other western countries that resettled refugees, to advocate for the rights of those remaining. Resettlement was introduced as a humanitarian solution, not a permanent one.

Bhutan has no choice but to repatriate refugees while providing restitution for their property in Bhutan. It should also introduce a bill allowing political parties in exile to register for elections. If repatriation happens, which it must somehow, Bhutan should also allow resettled former refugees to travel to their country of origin. The current policy restricts them, even if they apply for a tourist visa. In the long run, this will boost the country’s growth.

While the refugees in eastern Nepal await repatriation, we hope the UNHCR will not shirk from its responsibility and that other stakeholders will increase pressure on the Bhutanese government for the dignified return of the Bhutan nationals. At the very least, repatriation will be a victory for the Bhutanese against their country’s ethnic-cleansing policy.

_____
Bhuwan Gautam and T P Mishra are both former refugees from Bhutan now settled in the United States. Gautam is a graduate of Westfield State University in public administration, and Mishra an international studies graduate from University of North Carolina and executive director at Bhutan Media Society.

___
Editor’s note: This piece has been reproduced with permission from the Nepali Times