Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारन्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम

न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम

पेन्सलभेनिया । न्युयोर्क बफेलोमा अगस्त १० मा सांस्कृतिक कार्यक्रम हुने भएको छ । भूटनिज-नेपाली कम्युनिटी अफ बफेलोको मिस्टिक इकोज नाइट्स नामक उक्त कार्यक्रम बफेलो स्टेट कलेजको सोसल हलमा हुँदैछ ।

कार्यक्रममा जगदिश समालको प्रत्यक्ष गायन हुनेछ । गितार र यसका विविध रूपमा विजय थुलुङ्ग, विष्णु रामदाम, र दिल राईलाई देखिनेछ । किजमा डेभिड ढकाल, तबलामा इन्द्र लामिछाने, सारङ्गीमा श्याम नेपाली, र बाँसुरीमा सुशिल विश्वकर्माको प्रस्तुति रहनेछ । लिला निशा, नवीन प्राचीन, रूपेश डिजिएनए, उमेश आचार्यले प्रत्यक्ष कविता वाचन गर्नुहुनेछ । प्रत्यक्ष कविता वाचनमा संगीत हुनेछ, र यस्तो प्रयोग पहिलोपटक गर्न लागिएको आयोजक संस्था बताउँछ ।

कार्यक्रमका लागि अपराह्न ४ बजे ढोका खुल्ने र कार्यक्रम ५ देखि ८ बजेसम्म हुनेछ । परिवारका लागि टिकट मूल्य १ सय डलर राखिएको छ ।

भूटनिज-नेपाली कम्युनिटी अफ बफेलोलाई बर्मिज कम्युनिटी सर्भिसेस, अल स्टेट इन्स्योरेन्स, कला थ्रेडिङ्ग र इस्पा इंक, नमस्ते ट्रान्सपोर्टेसनले कार्यक्रम सफल पार्न होस्टेमा हैसे गरेका छन् ।

(सिएम निरौलाद्वारा प्रस्तुत)