Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारओहायोमा छ कृतिको विमोचन

ओहायोमा छ कृतिको विमोचन

सिन्सिन्याटी । ओहायोको सिन्सिन्याटी राज्यमा जुलाई १७ शनिबार ६ कृतिको विमोचन गरिएको छ । विमोचित कृतिहरूमा खेम रिजालका: ‘किनाराको छाल’ (गजल-संग्रह, दोस्रो संस्करण), ‘विचारहरूको बिस्कुन’ (मुक्तक), डिल्लु चम्लागाईंको ‘पर्खालभित्र’ (गजल-संग्रह), माया भट्टराईको ‘जूनकीरी’ (सवाल-जवाफ-गजल-संग्रह), मदन दुलालको ‘अवतरण: एक अनिर्णित युगको’ (कविता-संग्रह), र लक्ष्मण रसाइलीको ‘मलाई नसुहाएको टोपी’ (कविता-संग्रह) छन् ।

समारोहमा डा. लक्ष्मीनारायण ढकाल, पूर्व चलचित्र-पत्रकार जयप्रकाश रिजाल आदिले विभिन्न विषयमा बोल्नुभएको थियो । विमोचित कृतिमाथि समीक्षा तथा श्रष्टाहरूका रचना-वाचन गरिएको थियो । कार्यक्रमको आयोजना मातृभाषा संरक्षण समूह, साहित्य परिषद्, भूटान, र स्रष्टा संगम ओहायोले गरेका थिए ।

तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषा–संस्कृति जोगाइ राख्न डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह ‘मातृभाषा संरक्षण समूह’ र साहित्य परिषद्, भूटानको सन् १९९३ मार्च १७ मा स्थापना भएको हो ।