Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार१९ वर्षपछि पुनर्मिलन कार्यक्रम

१९ वर्षपछि पुनर्मिलन कार्यक्रम

पेन्सलभेनिया । त्रि-रत्न सेकेण्डरी स्कूल बेलडाँगी २ बाट सन् २००० सालमा एसएलसी दिएका विद्यार्थीहरूको १९ वर्षपछि पेन्सलभेनियाको पिट्स्बर्गमा जुलाई ५ शुक्रबार पुनर्मिलन कार्यक्रम गरिएको छ । करिव १ वर्ष अघिदेखि योजना बनाइ गरिएको कार्यक्रममा पूर्व-विद्यार्थीहरू परिवारसहित भेला भएका थिए ।

”टिआरएसएस एसएलसी२के रियुनियन” नामको कार्यक्रममा परिवारसहित करिब १ सय ५० जनाको उपस्थिति थियो । भेलाका लागि विभिन्न समितिहरू: योजना समिति, आर्थिक समिति, र कार्यकारी समिति बनाइएको थियो ।
कार्यक्रममा सबैले आ-आफ्ना भोगाइ र रमाइला क्षणहरू सुनाएका थिए । टेक तामाङले स्वागत मन्तव्य, तिलक पौडेलले विगतका रोचक अनुभव, दिलिप दाहालले भेटघाटको महत्त्व र छात्राहरूका तर्फबाट छविका भण्डारीले साथीहरूको महत्त्वबारे बोल्नु भयो । स-साना नानी-बाबुहरूको नृत्यका साथै विभिन्न साङ्गितिक/साहित्यिक कार्यक्रम गरिएका थिए । “ड्रयुक युथ ब्याण्ड” र “साधना ब्याण्ड” को जोडदार प्रस्तुतिका साथै ८ वर्षका बालक नयन भण्डारीको विलक्षण प्रतिभाले सबैलाइ दङ्ग बनायो ।

कार्यक्रमको अन्त्यमा भूटानी समुदायमा बढ्दो आत्महत्या जस्ता जटील विषयलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने कार्यपत्र प्रस्तुत गरियो र विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरियो ।

कार्यक्रममा क्यालिफोर्निया, टेक्सस, भर्मन्ट, नर्थ डकोटालगायत विभिन्न राज्य एवम् क्यानडाबाट उपस्थिति थियो । ”एउटै छाना, एउटै खाना” नारासहितको कार्यक्रम त्यो सालको एसएलसी टपर लयकुमार ओडारीको संयोजनमा भएको थियो भने कार्यक्रम खगेन्द्र भण्डारी जन्तरेले चलाएका थिए । अर्को पुनर्मिलन कार्यक्रम कहिले गर्ने भन्ने योजना समितिले चाँडै नै निर्णय गर्ने बताइएको छ ।