Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारदुई एल्बम, र एक पुस्तक विमोचनसहित भानु जयन्ती

दुई एल्बम, र एक पुस्तक विमोचनसहित भानु जयन्ती

हेरिस्वर्ग । त्रिवेणी साहित्य मञ्च, हेरिस्वर्ग पेन्सलभेनियाको आयोजनामा असार ३० गते २०७६ आइतबारका दिन २०६ औं भानु जयन्तीमा विविध प्रस्तुतिसहित एक साहित्यिक कार्यक्रम गरियो । नवीन शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमलाई बैरागी माइलाले सञ्चालन गर्नुभएको थियो भने पिआर दहाल प्रमुख अतिथि र रिमेन आलोक एवम् धना ज्योति विशेष अतिथि हुनुहुन्थ्यो ।

आदि कवि भानुभक्तको सम्मानसँगै १०१ वसन्त पार गरिसक्नु भएकी जेष्ट नागरिक विष्णुमाया पोख्रेललाई दोसल्ला सम्मान गरिएको थियो । कार्यक्रममा शेखर कोइराला (चन्द्र) द्वारा रचित ‘ममता’ गीत/कविता संग्रहको विमोचन भयो । यस कृतिमाथि पत्रकार भक्त घिमिरे र साहित्यकार गण्डकी पुत्रले आफ्नो धारणा राख्नुभयो । साथै गीता पुडासैनीको ‘सिमानाको शालिक’को गोवर्धन पूजा र नारद आचार्य सुदामाले चर्चा गर्नुभयो । कार्यक्रममा बालकृष्ण न्यौपानेका दुई गीति एल्बम ‘बिहानीको शितल’ र ‘प्रशंसा’ सार्वजनिक गरिएको थियो । सुमन योन्जनले गीत-सङ्गीत र बालकृष्णका गीति एल्बमबारे बोल्नु भएको थियो ।

दर्जन स्रस्टाले रचना वाचन गरेर कार्यक्रमको माहोल साहित्यमय बनाएका थिए । यसै अवसरमा साहित्यनुरागी युवा विनय लुइँटेललाई दोसल्ला र भानुभक्तको तस्बिरले सम्मान गरिएको थियो ।