प्र.म.थिन्ले क्युनसेलसित असहमत

अफ्नो वक्तव्यलाई क्युनसेलले तोडमोड गरी छापेको भन्दै भूटानका प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले गम्भीर असहमति प्रकट गरेका छन्।

प्र.म.थिन्लेले स्नातक विद्धार्थीहरूलाई सम्बोधन गर्ने एउटा सातौं ‘प्रेस मिट’ नामक औपचारिक कार्यक्रममा बोलेका कुरालाई क्युनसेलले गलत प्रस्तुति गरेको आरोप लगाएका छन्। ‘भूटानी जनतालाई पूर्ण रोजगारी’ दिलाउने भन्ने वाक्यलाई क्युनसेलले ‘शतप्रतिशतलाई रोजगार दिलाइने’ भनेर लेखिदिएको भन्दै प्र.म.ले असहमति जाहेर गरेका हुन्। ‘‘पूर्ण रोजगारी र शतप्रतिशत रोजगारी भन्ने अलग अलग कुरा हुन्’’, प्र.म.ले भनेका छन्। धेरै देशमा पाँच प्रतिशत रोजगारीलाई पूर्ण रोजगारी भन्ने गरिएको तर, भूटानमा बेरोजगारी दरलाई घटाएर २.५ प्रतिशतमा ल्याइपुर्याउनुलाई पूर्ण रोजगारी भन्न सकिने प्र.म. थिन्लेले बताएका छन्। प्र.म. थिन्लेले भूटान प्रसारण सेवाले समेत जनतालाई सत्य-तथ्य समाचार पुर्याउन नसकेको गुनासो गरेका छन्।

चाखलाग्दो कुरा त के छ भने, समाचार प्रसारण-प्रकाशनको यो गल्ती प्रधानमन्त्रीको जोंखामा दिइएको भाषणलाई अंग्रेजीमा अनुवाद गर्नेक्रममा भएको हो।

केन्टुकीमा भूटानी समाज

पुनर्वाश कार्यक्रमअन्तर्गत अमेरिकाको केन्टुकी राज्यस्थित लेक्सिङ्टन महानगरमा पुनर्स्थापित भूटानीहरूले ‘लेक्सिङटन भूटानी समाज’ स्थापना गरेका छन्।
केही दिनदेखि लगातारको छलफल र परामर्शपछि आएको निर्णयअनुसार २० जनाको केन्द्रिय समिति र ६ जनाको सल्लाहकार मण्डली रहने गरी शनिबार, अक्टोबर ९ को दिन सो सामाजिक संगठनको संरचनासहित औपचारिक घोषणा गरिएको छ। लिला मिश्र अध्यक्ष र शेखनाथ उप्रेती उपाध्यक्ष रहेका सो संगठनमा बुद्ध अधिकारी र खडानन्द खतिवडालाई कोषाध्यक्षमा चुनिएको थाहा भएको छ। नवगठित समाजका अध्यक्ष लिला मिश्रका अनुसार यस संगठनले सांस्कृतिक धरोहरको रक्षा, विभिन्न सामाजिक कृयाकलापको आयोजना तथा लेक्सिङटनमा रहेका भूटानीहरूको कल्याणखातिर समर्पित भएर काम गर्नेछ।
शनिबार गरिएको घोषणाको औपचारिक कार्यक्रममा लेक्सिङटनमा पुनर्स्थापित करिब २५ परिवारका प्रतिनिधिहरू उपस्थित थिए।

Lexington Bhutanese form organization

26,644

Resettled Bhutanese in Lexington City of Kentucky State in United States have announced the formation of a new community ‘Bhutanese Community in Lexington’.

The declaration was made today after regular discussions with the public, which finalized the formation of 20 Central Committee Members along with six Advisory Board Members.

Leela Mishra was nominated as Chairman followed by Sekhnath Upreti as Vice-Chairman. Buddha Adhikari and Khadananda Khatiwoda were nominated as Treasurers.

According to newly nominated Chairman, Leela Mishra, they decided to form a community which will mainly work on preservation of cultural values, organize social events and work for the benefits of the Bhutanese people in Lexington.

Around 25 family representatives residing here attended the meeting.

Reported by Tri Bikram Adhikari/BNS

Heart attack takes life in Kansas

26,644

Reports received late confirmed the death of Gore Rai, 33, in Kansas City, Kansas of United States.

According to family sources, the death was due to heart attack on October 3 in his apartment.

Following the death, the funeral procedure was performed on October 6 in Highland Park Cemetery in Kansas with the presence of resettled Bhutanese, Catholic Charities, Bhutanese Community of Kansas and other local organizations. In a condolence exchange program organized by the Bhutanese Community of Kansas, Jesika Jig, representative of Catholic Charities, appealed and requested bereaved family and the community members to perform funeral rites of late Rai in accordance with their traditional values.

Rai, born in Denchuka block of Samchi District was a member of Bhutanese Community of Kansas and was resettled in USA in March 2010. He is survived by his wife, Santa Rai and a daughter.

This is the first death case of resettled Bhutanese in Kansas.

Reported by Bholanath Siwakoti.

क्यान्सासमा शोक- गोरे राई अब रहेनन्

ढिलो गरी प्राप्त समाचारअनुसार अक्टोबर ०३, आइतबार राति क्यान्सास भूटानी समाजका सदस्य गोरे राईको हृदयघातका कारण मृत्यु भएको समाचार छ। शनिबार राति सकुशल सुतेका राईले आइतबार बिहान ११ बजेसम्म ढोका नखोलेपछि उनकी श्रीमतीले छिमेकीहरूलाई जानकारी गराएकी थिइन् । ‘‘मैले थाहा पाउने बित्तिकै ९११ मा फोन गरें, प्रहरी आएर ढोका फोरी हेर्दा दाजु त अघि नै बितिसकेछ, एम्बुलेन्समा आएको डाक्टरहरुले शवको अवस्था हेरेर हृदयघातका कारण मृत्यु भइसकेको भनेपछि प्रहरीले शव उठाएर लग्यो’’, मृतकका सहोदर भाइ ओम राईले भूटान समाचार सेवालाई बताए ।

भूटान, साम्ची जिल्लाको देन्छुखा ब्लकमा जनवरी ३१ सन् १९७७ मा जन्मिएका राई १९९०को दशकमा देश निकाला भएपछि भूटानी शरणार्थी शिविर बेलडाँगी-२ विस्तारितमा १७ वर्षलामो शरणार्थी जीवन भोगी यहीवर्ष गत मार्चमा तेस्रो देश पुनर्वाश प्रक्रियामा सामेल भई अमेरिकाको क्यान्सासमा पुनर्स्थापित भएका थिए । राई भूटानदेखि नै आंशिकरूपमा मानसिक रोगी भएको उनकी धर्मपत्नी, शान्ता राई  बताउँछिन् ।

अक्टोबर ०६ सन २०१०, बुधबार दिउँसो क्यान्सासमा शरणार्थी पुनर्वाश गराउने संस्था क्याथोलिक च्यारिटिज, स्थानीय सामाजिक संस्था मिसन एडिलाण्टे र क्यान्सास भूटानी समाजको सक्रियतामा मृतक राईको स्थानीय दाहसंस्कार केन्द्र हाइल्याण्ड पार्क सिमेटरीमा अन्तिम संस्कार सम्पन्न गरिएको क्यान्सास भूटानी समाजका अध्यक्ष हरि घिमिरेले भूटान समाचार सेवालाई जानकारी दिए ।

भोला सिवाकोटी/भूटान समाचार सेवाका लागि क्यान्सासबाट

PM upset with Kuensel news

26,644

Prime Minister Jigme Y Thinley has expressed his disagreement to Kuensel newspaper stating that  the reporter misquoted him on his recent address two the graduates.

The Prime Minister said that Kuensel wrongly quoted him at the 7th “Meet the Press”  as having said that his government shall provide 100 per cent employment to the people. Instead, the Minister stressed that his government will guarantee “full employment” which is totally different from 100 per cent.

He said in many countries 5 percent was full employment and in Bhutan a commitment to bring the unemployment down to 2.5 percent was “full employment.”

Prime Minister Thinley also accused Bhutan Broadcasting Service of failing to impart the actual news to the public.

Interestingly, the error was found to have occurred during the English translation of the Minister’s speech that was actually delivered in Dzongkha.

शनिश्चरेमा गोली प्रहार, एक घाइते

शुक्रबार बेलुकी एउटा अज्ञात समूहले गोली प्रहार गर्दा  शनिश्चरे शिविरका बासिन्दा तारावीर कडरिया  सिकिस्त घाइते भएका छन् ।

शनिश्चरेस्थित भूटान समाचार सेवाका प्रतिनिधिले जनाएअनुसार गोलीको शिकार बनेर सिकिस्त अवस्थामा पुगेका कडरियालाई धरानस्थित बी.पी. कोइराला स्मृति प्रतिष्ठानमा उपचारार्थ लगिएको छ ।

यो समाचार तयार पार्दासम्म घटनाको सम्बन्धमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन भने कुनै व्यक्ति वा समूहले घटनाको जिम्मेवारी पनि लिएको छैन ।

One shot in Sanischare

26,644

One exiled Bhutanese sustained serious injuries Friday evening while he was shot at his back in Sanischare Bhutanese Refugee Camp by two unidentified people.

The victim is identified as Tara Bir Kadariya, 30, of the same camp. According to BNS correspondent in Sanischare, Kadariya, who sustained critical injury, is hospitalized at the BP Koirala Institute of Health and Sciences in Dharan.

He was targeted with gun fire at the entrance gate of refugee camp in Shanishchare last night, police said.  Two persons in the motorcycle had opened fire at him.

Until the filing of this report, neither police arrested any one in connection nor any group has owned up responsibility to the incident.

न्यूजिल्याण्डमा तीनदिने पुराण

तेस्रो देश पुनर्वाश कार्यक्रमअन्तर्गत न्यूजिल्याण्डमा पुनर्स्थापित भूटानीहरूले न्यूजिल्याण्डको ४३ मोहेक एभिन्यू, पाल्मर्स्टन नर्थमा अक्टोबर १० मा समापन गर्ने गरी तीनदिने श्रीमद्भागवत पुराण वाचन कार्यक्रम शुरु गरेका छन्।

न्यूजिल्याण्डबाट डोमा काफ्लेले जनाए अनुसार सो पुराणको कथावाचन कार्यमा पण्डितहरू यादव भण्डारी, विष्णुभक्त अधिकारी र शास्त्री इन्द्र भण्डारी सक्रिय रहेका छन्। पाल्मर्स्टन नर्थका मेयर जोनो नेयलरद्वारा उद्घाटन गरिएको सो कार्यक्रमको दौरानमा पाल्मर्स्टन नर्थबाट निर्वाचित सांसद लेयन लीश ग्यालोयले समेत भ्रमणालोकन गरिसकेको जनाइएको छ।

भजन-कीर्तन, प्रवचन तथा कथावाचनको सिलसिला चलिरहेको सो कार्यक्रममा करिब दुई सय भूटानीहरूले उपस्थिति जनाएका बताइएको छ।

यसैबीच न्यूजिल्याण्डस्थित भूटानी समाजले विस्तारै भूटानी समुदाय विस्तारित भइरहेको पाल्मर्स्टन नर्थमा एउटा हिन्दू मन्दिरको आवश्यकताबारे न्यूजिल्याण्ड सरकारको ध्यानाकर्षण गराएको छ भने सरकारको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको जनाइएको छ।

सडक दुर्घटनामा महिला घाइते

सेप्टेम्बर ५, मंगलबारको बिहान करिब आठ बजेतिर कोठाबाट काममा निस्केकी २९ वर्षीय राधिका अधिकारीलाई मिनीसोता राज्य, सेण्टपाल सिटी, युनिभरसिटी एभिन्यूको व्यस्त सडक काट्ने क्रममा एउटा कारले ठक्कर दिँदा सिकिस्त घाइते भएकी छन् ।
घरबाट बाहिर काममा निस्किएर सडक काट्ने क्रममा अधिकारीलाई पछाडिबाट कारले ठक्कर दिएपछि उनको देब्रे ढाड दोब्रिनका साथै पिठ्यूँमा गहिरो चोट लागेको थाहा भएको छ भने त्यसलाई सोझो पार्न इष्टिल-सरजरी गर्नुपर्ने राधिकाका भाइ शिव होमगाईंले जानकारी दिएका छन् ।
घटनापछि मिनीसोता राज्य पुलिसले पीडितलाई क्षेत्रीय अस्पतालमा पुर्याई औषधोपचार गरिरहेको कुरा परिवारलाई ११ बजेतिरमात्र थाहा भएको होमगाईंले बताए । ठक्कर दिने कारधनीबारे कसैलाई थाहा नभएको बताउँदै तत्काल खोज गरी उसलाई कडा कारबाहीका साथै पीडितको उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अधिकारी परिवार करिब, एक वर्षअघि सन् २००९ को डिसम्बरमा अमेरिकाको मिनीसोतामा पुनर्वाश भएको हो । भुटानी शरणार्थी शिविर, टिमाईको सेक्टर डि-५, छाप्रा नं.५२बाट दुई छोराका साथ राधा र ३५ वर्षीय भीम अधिकारी लुथरन सोसल सर्भिसमार्फत पुर्नवाश भएका थिए । राधाले १३ सेक्टमबर २०१० का देखि नजिकैको शहरमा जागिर पाएकी थिइन् । घटनापछि उनका श्रीमान र परिवार पनि निराश भएका छन् ।
(मिनीसोताबाट अर्जुन प्रधान)