सेप्टेम्बर ५, मंगलबारको बिहान करिब आठ बजेतिर कोठाबाट काममा निस्केकी २९ वर्षीय राधिका अधिकारीलाई मिनीसोता राज्य, सेण्टपाल सिटी, युनिभरसिटी एभिन्यूको व्यस्त सडक काट्ने क्रममा एउटा कारले ठक्कर दिँदा सिकिस्त घाइते भएकी छन् ।
घरबाट बाहिर काममा निस्किएर सडक काट्ने क्रममा अधिकारीलाई पछाडिबाट कारले ठक्कर दिएपछि उनको देब्रे ढाड दोब्रिनका साथै पिठ्यूँमा गहिरो चोट लागेको थाहा भएको छ भने त्यसलाई सोझो पार्न इष्टिल-सरजरी गर्नुपर्ने राधिकाका भाइ शिव होमगाईंले जानकारी दिएका छन् ।
घटनापछि मिनीसोता राज्य पुलिसले पीडितलाई क्षेत्रीय अस्पतालमा पुर्याई औषधोपचार गरिरहेको कुरा परिवारलाई ११ बजेतिरमात्र थाहा भएको होमगाईंले बताए । ठक्कर दिने कारधनीबारे कसैलाई थाहा नभएको बताउँदै तत्काल खोज गरी उसलाई कडा कारबाहीका साथै पीडितको उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अधिकारी परिवार करिब, एक वर्षअघि सन् २००९ को डिसम्बरमा अमेरिकाको मिनीसोतामा पुनर्वाश भएको हो । भुटानी शरणार्थी शिविर, टिमाईको सेक्टर डि-५, छाप्रा नं.५२बाट दुई छोराका साथ राधा र ३५ वर्षीय भीम अधिकारी लुथरन सोसल सर्भिसमार्फत पुर्नवाश भएका थिए । राधाले १३ सेक्टमबर २०१० का देखि नजिकैको शहरमा जागिर पाएकी थिइन् । घटनापछि उनका श्रीमान र परिवार पनि निराश भएका छन् ।
(मिनीसोताबाट अर्जुन प्रधान)
We recently launched so if you see any technical glitches please email us at: [email protected]