शुक्रबार बेलुकी एउटा अज्ञात समूहले गोली प्रहार गर्दा शनिश्चरे शिविरका बासिन्दा तारावीर कडरिया सिकिस्त घाइते भएका छन् ।
शनिश्चरेस्थित भूटान समाचार सेवाका प्रतिनिधिले जनाएअनुसार गोलीको शिकार बनेर सिकिस्त अवस्थामा पुगेका कडरियालाई धरानस्थित बी.पी. कोइराला स्मृति प्रतिष्ठानमा उपचारार्थ लगिएको छ ।
यो समाचार तयार पार्दासम्म घटनाको सम्बन्धमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन भने कुनै व्यक्ति वा समूहले घटनाको जिम्मेवारी पनि लिएको छैन ।