Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार११ भुटानी दीक्षित

११ भुटानी दीक्षित

प्राविधिक प्रशिक्षण प्रतिष्ठान -टीआईटीआई) सानोठिमीबाट ११ जना भुटानी प्रशिक्षार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानले सञ्चालन गरेको १२ महिने डिप्लोमा इन टेक्निकल इन्स्ट्रक्सन -डीटीआई) तालिम पूरा गरेका उनीहरूलाई शिक्षा सचिव सोमलाल सुवेदीले प्रमाणपत्र प्रदान गरेर दीक्षित गरे । यस वर्ष तालिम लिनेमा सिभिलमा ६, मेकानिकलमा १, इलेक्टि्रकलमा २ र अटोमोबाइलमा २ जना रहेको टीआईटीआईका कार्यकारी निर्देशक डा. भवानीशंकर सुवेदीले जानकारी दिए ।

प्रशिक्षार्थीलाई प्रशिक्षणमा व्यावहारिक र प्रयोगात्मक कक्षामा सहभागी गराइएको थियो । तालिममा सहभागी भुटानी बलबहादुर गुरुङले नेपालमा सिकेको ज्ञान भुटानका सर्वसाधारणलाई सिकाएर व्यवहारमा उतार्ने बताए । भुटानको लोकसेवा आयोगले टीआईटीआईबाट तालिम लिएका परिक्षार्थीलाई एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । सहायक प्रशिक्षक रहे पनि तालिम लिएपछि भुटानमा अधिकृत तहको प्रशिक्षकको जिम्मेवारी पाउाछन् । नेपालमा तालिम लिन भुटानको सरकारले खर्च गरेर उनीहरूलाई पठाएको हो । यस वर्ष तालिम लिन आउनेलाई भुटान सरकारले १ लाख २५ हजार अमेरिकी डलर लगानी गरेको छ । भुटान फर्किएपछि उनीहरूले प्राविधिक तालिम लिनेहरूलाई प्रशिक्षण दिनेछन् ।

प्रतिष्ठानले अहिलेसम्म पहिलो, दोस्रो र तेस्ा्रो ब्याच गरी भुटानका ३५ जनालाई तालिम दिइसकेको टीआईटीआईले जानकारी दिएको छ । नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा शैक्षिक संस्थामा टीआईटीआई मात्रै भएको सुवेदीले दाबी गरे । उनका अनुसार भुटानबाट मात्रै तालिमबापत पहिलो ब्याचमा ९५ हजार, दोस्रो ब्याचमा १ लाख ५ हजार डलर पाइएको छ । शिक्षा र तालिममार्फत लिइने रकमको आधामात्रै खर्च हुने उनले बताए ।

शिक्षा सचिव सुवेदीले भुटानी प्रशिक्षार्थीले लिएको तालिम नमुना भएको औंल्याउँदै यसले दुई देशको मित्रतालाई गाढा बनाउने बताए ।

दीक्षान्त कार्यक्रममा भुटानको श्रम तथा मानव संसाधन मन्त्रालयका सचिव पेमा वाङदा शेर्पाले टीआईटीआईबाट तालिम लिने प्रशिक्षार्थीले भुटानमा दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए । यसले भुटानको दिगो विकासमा सहयोग पुर्‍याएको बताए । अन्य मुलुकमा भन्दा नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको उनले बताए ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीटीईभीटी) का सदस्य सचिव रामहरि लामिछानेले नेपाल र भुटानको शैक्षिक कार्यक्रम साटासाट गर्नुपर्ने बताए ।

कान्तिपुरबाट साभार