पेन्सलभेनिया । भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) को दशौं टुर्नामेन्ट अर्को वर्ष जुलाईमा हुने भएको छ । संस्थाको १० औं वार्षिकोत्सव तथा अमेरिकी स्वतन्त्रता दिवस पारेर २०२० जुलाई ३-५ मा उक्त टुर्नामेन्ट साउथ डकोटाको सुअ फल्समा गर्न लागिएको छ ।
संस्थाले शुक्रबार (नोभेम्बर ८, २०१९) मा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ”टुर्नामेन्ट आयोजकको जिम्मा भूट्निज नेपालिज युथ अफ सुअ फल्स (बिएनवाइएसएफ) ले पाएको छ । छ राज्यले आयोजनाको इच्छा देखाए पनि सबै आवश्यकता र नियमहरू पूरा गरेकाले साउथ डकोटा छानिएको हो ।”
टुर्नामेन्टबारे थप जानकारीका लागि बिएएससीका संयोजक महेन्द्र राईलाई [email protected] वा आयोजक संस्थाका ललित गुरूङ्गलाई [email protected] सम्पर्क गर्न सकिन्छ ।
सन् २०११ मा स्थापित भूट्निज अमेरिकन स्पोर्ट्स काउन्सिल (बिएएससी) सन् २०१६ मा गैरनाफामुखी संस्थाका रूपमा दर्ता भएको छ ।