ह्यारिसवर्ग (पेन्सलभेनिया) । पेन्सलभेनिया राज्यको ह्यारिसवर्गमा बिहिबारदेखि पञ्च दिवसीय श्री विष्णु पुराणको आयोजना हुने भएको छ । उक्त कार्यक्रम स्थानीय श्री लक्ष्मीनारायण मन्दिरमा नोभेम्बर १४ देखि १८ सम्म हुनेछ ।
उक्त कार्यक्रम आयोजक संस्था श्री वैष्णव परिषद् ह्यारिसवर्गको प्रथम वार्षिकोत्सवमा गर्न लागिएको हो । कार्यक्रम स्थल श्री लक्ष्मीनारायण मन्दिर एवम् जगद्गुरू योगिराज श्री कमलनयनाचार्य स्मृति-पीठ ६६०१ क्लियरफिल्ड स्ट्रिट, ह्यारिसवर्गमा रहेको छ ।
उत्तर अमेरिकाको संभवत पुराणरत्न पहिलो विष्णु पुराणको कार्यक्रम बिहान ८ देखि शुरू भएर साँझ ७-८ बजेसम्म चल्नेछ ।