Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारसाहित्य परिषद् भूटानको बोर्ड पूर्णतातर्फ

साहित्य परिषद् भूटानको बोर्ड पूर्णतातर्फ

कोलम्बस (ओहायो) । साहित्य परिषद् भूटानको शनिबार जनवरी ५, २०१८ मा बसेको बोर्डको बैठकले बोर्डलाई करिब पूर्ण आकार दिएको छ । बैठकले सचिवमा खेम रिजाल, उपाध्यक्षमा नैनसिंह सारू मगर र आउट रिच डाईरेक्टरमा जे एन दाहाललाई सामेल गरेपछि बोर्ड पूर्ण भएको छ । संस्थाका अध्यक्ष गंगा लामिटारेका अनुसार कार्यक्रम निर्देशक (प्रोग्राम डिरेक्टर), सल्लाहकार बोर्ड (एड्भाइजरी बोर्ड), र अरू कार्यकारी समितिहरू भने अब चाँडै हुने वैठकबाट निर्णय गरिनेछ ।

अबको स्वरूप
पूर्णतापछि साहित्य परिषद् भूटानका नयाँ बोर्डको यस्तो भएको छ:
अध्यक्ष – गंगा लामिटारे
उपाध्यक्ष – नैनसिंह मगर
सचिव – खेम रिजाल
कोषाध्यक्ष – लक्ष्मण भण्डारी (निरन्तर)
प्रोग्राम डाइरेक्टर – रिक्त
पब्लिकेशन डाइरेक्टर – रमेश गौतम (निरन्तर)
पाठ्यक्रम विकास डाइरेक्टर – खिम खतिवडा
आउट रिच डाइरेक्टर – जे एन दाहाल
कन्ट्री डाइरेक्टरहरू
क्यानाडा – खगेन्द्र गौतम
अष्ट्रेलिया – दुर्गाप्रसाद रिमाल
यूरोप – रिक्त
नेपाल, भारत र भूटान – रिक्त
सल्लाहकारहरू
खेम शान्डिल्य
सञ्चमान राई
डा. हरिप्रसाद अधिकारी
कपिलमुनि दाहाल

अबको बैठक
अब हुने बैठकले निम्न समितिहरू गठन गरिने, र सम्बन्धित पदाधिकारीको संयोजनमा गठन हुने समितिले आवश्यक कामहरू द्रूतगतिमा अघिबढाएर लाने परिषद्ले जनाएको छ ।
क. पाठ्यक्रम डिइरेक्टर खिम खतिवडाको संयोजनमा पाठ्यक्रम विकास वा नेपाली शिक्षण समिति
ख. उपाध्यक्ष नैनसिंह मगरको संयोजनमा पुरस्कार / सम्मान तथा व्यवस्थापन समिति
ग. सचिव खेम रिजालको संयोजनमा विधान / उपनियम संशोधन समिति
घ. कोषाध्यक्ष लक्ष्मण भण्डारीको संयोजनमा अर्थ संकलन समिति

परिषद्को विकास-क्रम
सन् १९९३ मार्च १७ – साहित्य परिषद् भूटानको स्थापना ।
सन् २००४ – यस संस्थालाई नेपाली साहित्य परिषद, भूटानमा रूपान्तरण ।
सन् २०११ – भूटान साहित्य परिषद्का रूपमा रूपान्तरित ।
सन् २०१४ – डिसेम्बरमा साहित्य परिषद् भूटानले नयाँ निर्देशक–मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमितिसहितको नयाँ नेतृत्त्व पाएको ।
सन् २०१६ – अमेरिकामा गैर नाफामुखी संस्थाका रूपमा दर्ता ।
सन् २०१८ जून ९-१० – ओहायो राज्यको सिन्सिन्याटीमा भूटानी साहित्य महोत्सव तथा साहित्य परिषद, भूटान सम्मेलन आयोजना गरेको । परिषद्को अन्तरिम अध्यक्षमा शिवलाल दाहाललाई चुनिएको ।
सन् २०१८ डिसेम्बर १५ – भाषा-साहित्यसेवी गंगा लामिटारे (ओहायो, अमेरिका), साहित्य परिषद्, भूटानको अध्यक्षमा निर्वाचित । लक्ष्मण भण्डारी (भर्जिनिया, अमेरिका) कोषाध्यक्ष, पाठ्यक्रम विकासको निर्देशक खिम खतिवडा (मिनेसोटा, अमेरिका), र खगेन्द्र गौतम (क्यानडा डिरेक्टर) तथा दुर्गाप्रसाद रिमाल (अस्ट्रेलिया डिरेक्टर) मात्र छानिनुभएको ।