Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीभूटानी शरणार्थी शिविरमा आगलागी

भूटानी शरणार्थी शिविरमा आगलागी

बेलडाँगी । झापाको दमकस्थित बेलडाँगी २ विस्तारितमा बुधबार सबेरै लागेको आगोले तीन छाप्रा जलेर नस्ट भएका छन् । उक्त शिविरको सेक्टर A/1 मा उठेको आगोले सुकमान राईको छाप्रा नम्बर ३३, सुरज राईको छाप्रा नम्बर १०८ र धनबहादुर माझीको छाप्रा नम्बर ३५ पूर्णरुपले जलेको थाहा भएको छ ।

आगलागीमा धनबहादुर सामान्य घाइते भए पनि अरु ठूलो धन-जनको क्षति नभएको हाम्रा संवाददाता वीरेन्द्र मगरले जनाएका छन् ।

छिमेकी रनबहादुरको भनाइअनुसार बिहानको अध्यारो भएकाले आगो निकै सल्किसकेपछी मात्र छिमेकीहरूले थाहा पाएका हुन् ।

पिडितहरूलाई हाल अरु राहत नमिलुन्जेल छिमेकीहरूकैमा बस्ने व्यवस्था मिलाइएको सह-सेक्टर प्रमुख याम गुरुङले बताउनु भयो ।

आगलागी पिडितलाई छिट्टै राहत सामग्री जुटाउन पहल थालिएको शिविर सचिव टिकाराम रसाइलीले आश्वासन दिनुभएको छ ।

आगो लाग्नुको कारण भने खुलेको छैन ।