भरखरै सार्वजनिक एउटा अन्तर्राष्ट्रिय प्रतिवेदनले नेदरल्याण्डमा पुनर्स्थापित भूटानीहरू परिवार विभाजन तथा मानसिक तनावको पीड़ाबाट ग्रस्त रहेका दाबी गरेको छ ।
‘‘यूरोपेली महासंघका सदस्य राज्य र अन्य साझेदारबीचको समन्वयमार्फत महासंघभित्र शरणार्थी पुनर्वाशको प्रवर्द्धन’’, विषयक अन्तरक्रियाको क्रममा नेदरल्याण्डमा भूटानी शरणार्थीको व्यवस्थापनबारे छलफलले उच्च प्राथमिकता पाएको बताइएको छ ।
नेदरल्याण्डको राजधानी हेगमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संगठन ग्लोबल ह्यूमन राइट्स डिफेन्स (जीएचआरडी)-ले नेदकल्याण्डमा भूटानी शरणार्थीको पुनर्वाशबारे दुईवर्षको अनुगमनपछि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सो छलफलको आयोजना गरेको हो ।
जीएचआरडीले आफ्नो प्रतिवेदनमा नेदरल्याण्डमा पुनर्स्थापित भूटानी शरणार्थीले व्यापक परिवारविभाजनको पीड़ा खेपिरेका जनाउँदै भूटानीहरूलाई इच्छाविपरीत देशका विभिन्न स्थानमा लगेर राखिएको पनि उल्लेख गरेको छ । सो अन्तरक्रियामा भूटानीहरूको तर्फबाट नवराज गजमेर र अर्जुन क्षेत्री पनि सहभागी रहेका बतनाइएको छ । अन्तरक्रियामा सहभागी गजमेरले भूटान सरकारले जातीय विखण्डनको अभियानमार्फत देशनिकाला गरेका शरणार्थीले २० वर्षसम्म नेपालका शिविरहरूमाक पर्खेर पनि देश फिर्न नपाएको गुनासोसहित उपस्थित विभिन्न संघ-संस्था र देशका प्रतिनिधिहरूले राखेका प्रश्नहरूमा उत्तर दिएका थिए ।
भूटानी प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा नेदरल्याण्डमा सम्पन्न यो नै प्रथम उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम हो ।
(नेदरल्याण्डबाट रामबहादुर कार्कीको सहयोगमा)