भूटान समाचार सेवाका क्यानाडा प्रतिनिधि इन्द्र तिम्सिना मातृशोकमा परेका छन् । उनकी ७८ वर्षिया आमा लक्ष्मी मायाले शुक्रबार बिहान १० बजे क्यानाडाको लेथब्रिजस्थित निवासमा अन्तिम स्वास लिइन् । विगत पाँच वर्षदेखि नै उनी फोक्सोको क्यान्सरबाट पीड़ित रहेकी परिवार स्रोतले जनाएको छ । ‘‘शिविरमा आर्थिक अभावका कारण हामीले उचित उपचार गर्न सकेनौं’’, शुक्रबार बिहान भूटान समाचार सेवालाई पठाएको इमेलमा तिम्सिनाले भनेका छन् ।
सन् १९३३ मा भूटानको दागाना जिल्लामा जन्मिएर भूटानी शरणार्थी शिविर बेल्डाँगी २-विस्तारितको सेक्टर ई/१-छाप्रा संख्या २५ मा करिब १८ वर्ष बिताएर सन् २०१० को जुन महिनामा तिम्सिना परिवारसँगै क्यानाडामा पुनर्स्थापित भएकी थिइन् ।
स्व. तिम्सिनाले उनीपछि चार छोरा, दुई छोरी र १६ जना नाति-नातिनीलाई छोड़ेर गएकी छिन् ।