Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचार‘यूटा’ समाजलाई २०१० को उत्कृष्ट पुरस्कार

‘यूटा’ समाजलाई २०१० को उत्कृष्ट पुरस्कार

यूटाको सल्टलेक महानगरमा यही जनवरी २८ र २९ मा आयोजित शरणार्थीहरूको एउटा सम्मेलनको दौरान रिफ्यूजी सर्भिस अफिस, डिपार्टमेणट अफ वर्कफोर्स सर्भिसले शरणार्थीहरूको क्षमता विकास तथा सहायतामा क्रियाशील र उत्कृष्ट भूमिका खेलेको भन्दै यूटाको भूटानी समाज, भूटानिज कम्यूनिटी अफ यूटा (बीसीयू) लाई सन् २०१० को ‘उत्कृष्ट समाज’ पुरस्कारले सुशोभित गरेको छ ।

यूटामा शरणार्थीहरूको सहायता तथा क्षमता विकासमा क्रियाशील सहभागी समूहहरूलाई आपसी छलफल तथा अनुभव आदान-प्रदानको मौका प्रदान गर्न सो सम्मेलन आयोजना गरिएको सम्बन्धित सूत्रले जनाएको छ । सो सम्मेलनमा घनश्याम दुलाल र जग अधिकारीलेले भूटानीहरूको प्रतिनिधित्व गरेका थिए । बर्मा, इराक, सुडान, सोमालियालगायत बीसभन्दा अधिक देशका शरणार्थी समूहहरूको प्रतिनिधित्व रहेको सो सम्मेलनमा भूटानीहरू पुरस्कृत हुनुलाई निकै महत्त्वका साथ हेरिएको छ ।