Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबौद्ध भिक्षुलाई पाँचवर्ष कैदको सम्भावना

बौद्ध भिक्षुलाई पाँचवर्ष कैदको सम्भावना

एकजना २४ वर्षीय बौद्धभिक्षु (लामा) लाई ७२ थैली खैनी बोकेको अभियोगमा पाँचवर्षको कैद सजाय तोक्ने तयारी गर्दै भूटान सरकारले आफ्नो ‘सुर्तीप्रतिबन्ध ऐन’ कार्यान्वयनको प्रभाव देखाउने जमर्को गरेको छ ।

सदियौं पुरानो एउटा बौद्धबिद्धालयका ती बेनामी भिक्षूविद्धार्थीले खैनी बनाउने सुर्तीका थैलीहरू बोकेर हिँड़ीरहेको अवस्थामा पुलिसले पक्राउ गरेको बताइएको छ । ती विद्धार्थीलाई आफूले बोकेको सामानको कर तिरेको प्रमाणित गर्ने भञ्सारको रसिद पुलिसले देखाउन भनेको र उनले सो अनुरूप देखाउन नसकेकाले उनलाई कानूनबमोजिम सजाय हुने बताइएको छ । ती विद्धार्थीले नजिकैको भारतीय सीमा जयगाउँबाट ‘ठूलो मात्रा’मा यसरी लागूपदार्थ किनेर ल्याएको सरकारी मुखपत्र क्युनसेलको ताजा संस्करणमा उल्लेख गरिएको छ ।

भूटानको सुर्तीप्रतिबन्ध ऐनबमोजिम जोकसैले एक महिनाभरि १५० ग्राम अथवा २०० वटा चुरोट बोकेर हिँड़्न पाउँछ तर, सोबारे भञ्सारमा कर तिरेको रसिद देखाउन अनिवार्य हुन्छ ।

यसै महिना लागू हुनलागेको धुम्रपाननिरोधक ऐनबमोजिम पनि उनीमाथि अवैध रूपमा लागूपदार्थ ओसारपसार गरेको अभियोगमा पाँचवर्षको कैद सजाय हुने सम्भावना रहेको बताइएको छ ।