Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशरणार्थीका सम्बन्धमा गोप्य अमेरिकी दस्तावेज सार्वजनिक

शरणार्थीका सम्बन्धमा गोप्य अमेरिकी दस्तावेज सार्वजनिक

केही समयदेखि विश्वव्यापी चर्चामा आइरहेको संसारका गोप्य दस्तावेजहरूको खुलासा गर्ने ‘ह्वीकीलिक्स’ नामक सञ्जालले नेपालका तत्कालीन परराष्ट्रमन्त्रि रमेशनाथ पाण्डे र अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीबीच भूटानी शरणार्थीका सम्बन्धमा विस्तारपूर्वक भएको कुराकानी सार्वजनिक गरिदिएको छ ।

दस्तावेजको जानकारीअनुसार सो विद्धुतीय दस्तावेजमा शरणार्थीको स्वदेशफिर्तीबारे भूटान पक्षले चासो नदेखाएको कारण बताउँदै अमेरिकी-नेपाल सम्बन्धलाई दीर्घकालीन बनाउनका साथै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रीकरण गर्ने विचारसमेत मन्त्रि पाण्डेले व्यक्त गरेका छन् । नेपाली परराष्ट्रमन्त्रि र अमेरिकी गाजदूतबीच भएको सो कुराकानीलाई ‘अत्यन्त गोप्य’ बताइएको छ भने सोही कुराकानीमा पाण्डेले भूटानबाट अझै नेपालीभाषीहरूलाई लखेट्ने सम्भावनासमेत औंल्याएका छन् ।

बंगलादेशको ढाकामा हुने बिम्सटेकको बैठकका क्रममा भूटानका विदेशमन्त्रिसित कुरा गरी तत्काल शरणार्थी फिर्ता लैजान आग्रह गर्ने र भूटानले चासो नदेखाए चाँड़ै शरणार्थी समस्यालाई अन्तर्राष्ट्रीयकरण गरी भूटानीहरूलाई विदेशयात्राको ढोका खोलिदिने कुरासमेत मन्त्रि पाण्डेले अमेरिकी दूतावासलाई जनाएका सो दस्तावेजमा खुलाइएको छ । भविष्यमा भूटानबाट थप नेपालीभाषी नागरिकहरूलाई देशनिकालाबाट जोगाउन पनि शरणार्थी समस्याको अन्तर्राष्ट्रीयकरण जरुरी भएको मन्त्रि पाण्डेले सो दस्तावेजमा जिकिर गरेका छन् । यद्धपि, सो सम्बन्धमा प्रतिक्रियाका लागि पूर्व परराष्ट्रमन्त्रि पाण्डेसित भूटान समाचार सेवाले सम्पर्कको अनेक प्रयास गर्दा पनि उनीसित सम्पर्क हुने सकेन ।