Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारनेपालले माग पूरा गर्ने भएपछि अनसन स्थगित

नेपालले माग पूरा गर्ने भएपछि अनसन स्थगित

शरणार्थी पहिचान र राहतको माग गर्दै गत सोमबारदेखि मोरंगको शनिश्चरे तथा झापाको बेल्डाँगी २ मा अनिश्चितकालीन भोक हड़ताल शुरु गरेका भूटानीहरूले नेपाल सरकारबाट १५ दिनभित्रै माग पूरा गर्ने वचनबद्धता आएको भन्दा आफ्नो हड़ताल कार्यक्रमलाई स्थगित गरेका  छन् ।

प्राप्त जानकारी अनुसार नेपाल मानवाधिकार आयोग-झापा शाखाको पहलमा बिहीबार बेलुकी बसेको सर्वदलीय बैठकबाट आएको निष्कर्षले दर्ता नभएका वा परिचयपत्र नपाएका भूटानीहरूको मागलाई दुईसाताभित्र सम्बोधन गरिने प्रतिबद्धता जनाएको भन्दै बिहीबार बेलुकी करिब ८ बजेतिर नेपाल मानवाधिकारकर्मी डाः के.पी. सिवीकोटी शनिश्चरे शिविरमा आएर सन्देश सुनाए । ‘‘आगामी १५ दिनभित्रै शरणार्थीको मागलाई सम्बोधन गरिने छ भनी झापाका सीडीओले लिखित प्रतिबद्धता जनाएका छन् ’’, डाः सिवाकोटीले भने ।

जिल्ला प्रशासन, सरकारी अधिकृतहरू, भूटानी शरणार्थी प्रतिनिधि र स्थानीय मानवाधिकारवादीहरूका बीच दमक नजिकै सशस्त्र प्रहरी-पाथीभरा गणको कार्यालय परिसरमा समपन्न बैठकबाट सम्झौता भएपछि शिविर सुपरिवेक्षक तथा सरकारी अधिकृतहरूको छुट्टा छुट्टै टोली शनिश्चरे र बेल्डाँगी पुगेर अनसनमा रहेका भूटानीहरूलाई सर्वत पिलाएर हड़ताल स्थगित गराए ।

यसैबीच अनसनको दौरान करिब १०० घण्टा (चारदिन) भोकै बसेका ३९ वर्षिया सुलोचना तामाङ र ३५ वर्षिया धनमाया भुसाललाई सिकिस्त अवस्थामा आम्दा अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको छ ।  शरणार्थीको रूपमा औपचारिक दर्ता नपाएका, दर्ता भएर पनि परिचय पत्र नपाएका र विभिन्न कारण राहत कटौतीमा परेका १७ जना भूटानीहरूले गएको सोमबारदेखि शनिश्चरेमा अनिश्चितकालीन भोक हड़ताल शुरु गरेका थिए । हड़ताल शुरु भएको चारदिन पुगीसक्दा पनि सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै बिहीबार बिहानदेखि दर्जनौं भूटानीहरूले बेल्डाँगीमा पनि आमरण अनसनको घोषणा गरेका थिए । सो हड़्तालको अगुवाइ गरिरहेको समूहका नेतृत्वको दाबी अनुसार शिविरहरूमा निश्चित पहिचान पाउन बाँकी ३ हजार १ सय ९० जना भूटानीहरू रहेका छन् ।