Homeनेपालीसमाचारशिविरमा मनाइयो १०३ औं राष्ट्रिय दिवस

शिविरमा मनाइयो १०३ औं राष्ट्रिय दिवस

दिसम्बर १७ को दिन पर्ने भूटानको राष्ट्रिय दिवस मनाउने कि नमनाउने भन्ने अन्योल कायम रहँदा रहँदै गत शुक्रवार विभिन्न भूटानी संघ-संगठनका नेता तथा कार्यकर्ता झापाको दमकमा भेला भई १०३ औं राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया गरे ।

सो अन्तरक्रियामा बोल्दै बीआरआरआरसी-का अध्यक्ष डा.भम्पा राईले दूरदर्शी नेतृत्वको अभावमा भूटानी आन्दोलन फलदायी नभएको बताए । दूरदर्शिताकै अभावमा भूटानीहरू निर्वासनको दुई दशकपछि पनि जहाँको तहीं रहेका भन्दै डा.राईले गुनासो समेत गरे ।

सोही अवसरमा  निर्वासित भूटानी समुदायका जेष्ठ नागरिकहरूले चाँडै नै शरणार्थीको स्वदेशफिर्तीको वातावरण बनाउन भूटान सरकारलाई दबाउ दिनका निम्ति नेपाल सरकार तथा यूएनएचसीआरलाई  आग्रह गरेका छन् ।