Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारकार्यकर्ता पक्राउः यूआरएफबीद्वारा अस्वीकार

कार्यकर्ता पक्राउः यूआरएफबीद्वारा अस्वीकार

भूमिगत भूटानी सशस्त्र संगठन यूआरएफबी-ले गत सोमबार मोरंगको सुन्दरपूरबाट आफ्ना दुईजना कार्यकर्ता पक्राउ परेको कुरालाई अस्वीकार गरेको छ ।

विभिन्न स्थानीय सञ्चारमाध्यमहरूमा सो सम्बन्धमा समाचार बाहिर आएपछि यूआरएफबी-ले विज्ञप्तिमार्फत अस्वीकृति जनाएको हो । ‘‘सोमबार पक्राउ परेदेखि मोरंगको बेलबारी प्रहरीको हिरासतमा रहेका सोनाम दोर्जी र खड्गबहादुर नाम गरेका दुईजना शरणार्थीको यूआऱएफबीसँग कुनै आधिकारिक सम्बनध छैन’’,संगठनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

तर, अचम्मको कुरो के छ भने तीनवटा सञ्चार सेट, २१ वटा नाइलनको गोली र दुईवटा मोबाइल सेटसँग सुन्दरपुरबाट पक्रा परेका ती दुई शरणार्थी युवकले आफूहरू भूटानमा सशस्त्र विद्रोहको लक्ष्यमा क्रियाशील यूआरबीएफबीका कार्यककर्ता रहेको बताएका प्रहरीले जनाएको छ ।