संगीतले जीवनलाई जिउन सिकाउँछ । हरेक अभावलाई सम्भव दिलाइदिन्छ । संगीतको साधनाले समाज परिवर्तन भई आएका उदाहरण हामीले विश्वसञ्चारमार्फत सुनेका छौं । आजको युग संगीतमय भएर गर्जेको छ विश्वमा । हरेक रहरहरुले आफ्नो कलामार्फत शहर चिनाइसकेका छन् । कुनामा लुकेर बसेका प्रतिभाहरुलाई संगीतमय वातावरणमा प्रकाश दिई सबैको खोजको विषय भएको छ संगीत ।
गीत-संगीत, कला साहित्य र भाषा, संस्कृति संरक्षणमा विश्वभरि धेरैजना कम्बर कसेर लागिसकेका छन् । संगीतलाई जीवनभन्दा प्यारो गरी सम्मान दिएर राष्ट्रलाई विश्वभर चिनाइसकेका छन् कतिपय संगीतकारहरुले तर, हिमाली राष्ट्रको नाममा जीवित भूटानले न कला-संस्कृतिको सम्मान गर्न जान्यो न भाषा र जातिको नै । कथित एकताकै नाममा लाखौं नागरिकहरुलाई देशबाट देशद्रोही उपाधि दिएर लखेट्ल्यो बरु सम्मानको सट्टा । आज ती दमनकाविरुद्ध हाम्रो समुदायमा पनि प्रताप सुब्बा, किरण रसाइली, मनोज राई हुँदै युवा पुस्ताका संगीतप्रेमीहरुले आवाज बोलेका र बोलीरहेका छन् । निर्वाशनमा हुदाँ या पुर्नवाशपछि पनि आफ्ना कला-साहित्यका निम्ति भूटानी कलाकारहरुले भूटान देशको माटोलाई बँचाइरहेका छन् । आजसम्म निरन्तरता दिनका लागि धेरै संगीतप्रेमीहरु साधनारत छन् । ती मध्येका एक संगीतप्रेमी स्रष्टा अम्बर सुब्बा भूटानको चिराङ बिचगाउँमा पिता धनकुमार र माता खड़्ग हाङमा सुब्बाका सुपुत्र हुन् । सानै उमेरदेखि नेपाली भजन शिरोमणि भक्तराज आचार्यका गीत गुनगुनाउने सुब्बालाई भूटानी गायक तथा संगीतकार प्रताप सुब्बाको प्रेरणा मिल्यो आजको स्थानसम्म आइपुग्न । आफ्ना आमा-बुबा र छरछिमेकले प्रताप सुब्बाको “बन्दनको चिनो” गीतबाट खेतका आलीमा होस् या घरभित्र आनन्द लिएको देखेर सुब्बा संगीतमा भएको जादु र महता बुझ्न खोज्दा-खोज्दै देशविहीन भए सन् १९९२ मा । शरणार्थी जस्तो कष्टकर जीवनकाबीच सुब्बाले हिंसारहित समाज निर्माणको अभियानमा धेरै गीत-संगीत साधना गरेपछि आत्मिय साथीभाइको मायामा ड्रूक एली क्लबमा सहभागिता लिए र शरणार्थी शिरिमा भइआएका कार्यक्रमबाट सपनाको रेखा कस्न थालेका हुन् रे । संगीतमा भरिएको रगंलाई बुझ्न सुब्बा काठमाण्डौको साधनाकला केन्द्र र गुरुकुलमा पनि अध्यनरत रहे । त्यसपश्चात सामूहिक प्रस्तुतिका साथ “सूर” एल्बम बजारमा ल्याए ।

जहाँ रहेपनि आफ्नो देश भूटानलाई बचाइरहनका लागि आफ्नो संगीत-कलामा अघि बडेका युवासंगीतकार अम्बर सुब्बाले दर्शक-स्रोताको बेहद माया कमाइसकेका थिए । सुब्बाको यात्रामा परिवर्तन आयो, त्यसमा पनि बाध्यताको पुनर्वाश । साथी संगीबीच बढ़ेको मायाले आधार लिन नपाउँदै सुब्बा २००८ मा अमेरिका नयाँ जीवनको खोजीमा प्रवेश भए । सुब्बाको नयाँ जीवन र संगीतकलामा के कस्तो साधना भइरहेछ भन्ने विषयमा अर्जुन प्रधानले तयार पारेको यो सामाग्री हेरौं ।
अमेरिकाको बसाई कस्तो छ ?
अमेरिकाको बसाई ठीकै छ । यहाँ सोचेको कुरा गर्न गाह्रो नभएकाले सजिलैसँग चलिरहेछ जिन्दगी तर, भन्न सकिन्न भोलि के हुने हो । एउटा पुनर्स्थापना गराउने संस्थामै काम गर्दैछु । रमाइलो लाग्छ, आफैं जस्तै विभिन्न देशबाट पुनर्वाश भएका मानिसहरुसँग काम गर्न पाउँदा । साथै गीत-संगीतमा पनि सहभागी हुँदै साधनारत छु । बेलाबेला विभिन्न राज्यहरुमा हुँदै आइरहेका सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो सृजना प्रस्तुत गर्दै आएको छु ।
जीवनलाई संगीतले कसरी परिभाषित गर्छ ?
अर्जुन जी, यो त बडो गाह्रो प्रश्न सोध्नु भो ! मलाई त लाग्छ जीवन र संगीत एक अर्काका परिपूरक हुन् । गीत-संगीत भनेको भावना व्यक्त गर्ने एउटा माध्यम हो जस्ले ठूलो भुमिका खेलेको हुन्छ प्रत्यक मानिसको जीवनमा ।
“सूर” एल्बमपछि तपाईंको जीवनमा नयाँ मोड आएको हो ?
हल्का आएको महसुस गर्छु । मेरो शब्द-संगीतमा रहेको “तिमी आउने गोरेंटो” बोलको गितलाई गायक छवि न्याउपानेले गाउनु भएको हो । त्यसले राम्रैसँग चर्चा लियो । भर्खरै यसको भिडियो आर.डि. प्रोडक्सनले क्यानडाबाट निर्माण गरेको छ । राजेन्द्र भाइले राम्रो काम गर्नु भएको छ । यस अन्तरवार्ता मार्फत उहाँलाई अनेकन धन्यवाद दिनचाहन्छु । अर्को “चिट्ठी तिम्रो” बोलको गीत नेपालमा धेरैले मन पराइदिनु भो । यस एल्बमबाट नेपाली र भूटानीबीच धेरै-थोरै चिनिने मौका मिल्यो ।
“सूर” एल्बम किन आवश्यक थियो तपाईंको सांगितीक यात्रामा ?
कुनै पनि कलाकारलाई आफ्नो कलाप्रकाशन गर्ने रहर हुन्छ र, हुनु पनि पर्छ । यस्ले आफ्नो कलासंरक्षणमा मद्दत पुर्याउँछ र प्रचारको लागि पनि अनि प्रकाशन नभएको कलाको इतिहास छोटो हुन्छ जस्तो मलाई लाग्छ । यही रहरले मलाई पनि छाड़ेन । “सूर” नभएको भए पनि अरु कुनै न कुनै माध्यमबाट आइन्थ्यो होला । किन कोठे गायकमात्र हुनु भनी गायक छवि र मैले सन् २००६ तिर “सूर” एल्बम रेकर्डिङ गरी नयाँ अनुभव बटुल्ने मौका पायौं । साधना कलाकेन्द्रका साथीहरु असिम राई, मिन गुरुङ, मनित र विनिताका साथ र सहयोगबाट हामी अघि बड़्यौं ।
हाल नयाँ के गर्दै हुनुहुन्छ?
काम सँगै नयाँ प्रकाशनमा आउन लागेको एल्बम “अम्बर” को तयारीमा छु ।
सुन्नमा आएको छ, तपाईं र पहिलो नेपाली तारा सन्तोष लामाको संयुक्त एल्बम “अम्बर” आउँदै छ ?
कुरो ठिकै हो अर्जुन जी । “अम्बर” एल्बम रिलिज हुन लागेको छ । जस्मा सबै गीतहरुमा संगीत मेरो छ । त्यसमा सन्तोष लामाले गाउनुभएको छ । सातवटा गीतहरुमध्ये पाँचवटामा मेरा शब्दहरु र एउटा सन्तोषजीको रहेको छ भने एउटा चाहिं शिव चम्लागाईं भाइको रहेको छ ।
एल्बमको नाम “अम्बर” चाहिं कसरी ?
नामचाहिं सन्तोष लामाले नै राख्नुभएको हो । मलाई पनि मनपर्यो । सबै काम भइसकेको छ । सि.डि प्रीन्ट्को लागि इन्डिया पठाइएको छ । कभर डिजाइन र एउटा भिडियो पनि तयार भइसकेको छ । अब चाँडै रिलिज हुँदैछ । आशा छ सबैले किनेर सुनिदिनु हुन्छहोला ।
एल्बम “अम्बर” मा कस्ता गीतहरु समावेश छन् ?
यस एल्बममा प्राय वियोगान्त भाव पोखिएको छ । एउटा वियोगमा परेको मान्छेमा भएको आशा, पीडा, दोष, र कोध्र सबै खालको भावना मिसिएको छ । यसमा कुरा काट्ने र खुट्टा तान्नेहरुका लागि पनि प्रश्न गरिएको छ । आफू सोझो र सबैको भलो चिताउने हुँदाहुँदै पनि कुरा काट्ने र तल झार्ने काम गर्छन् । आफूले राम्रो कुरा गर्दागर्दै पनि उल्टो सुनी कुरा बनाउनेहरुलाई ब्यंग्य गरिएको छ । यस्तो अवस्था सबैलाई पर्ने हुनाले यो गीत सबैले मनपराउनु हुनेछ भन्ने आशा छ ।
भुट्नीज डाइस्पोरा संगीतलाई तपाईं कसरी लिनु हुन्छ ?
एकदम सकारात्मक । भीटानी नेपाली संगीतको गती धेरै बढ़ेको छ । प्रताप सुब्बाले रोपेको बिउ कोपिला लागिसकेको छ । आशा छ चाँडै फुल्छ र फुलाउने काम हाम्रो काँधमा आएको छ । शरणागत अवस्थामा केहि कमि भए तापनि अब पुनर्वाश पछि यसको गती ह्वात्तै उठेको छ । धेरै खुशी लागेको छ केहि गर्न थालिएको छ । धेरैजना लागि परिरहनु भएको छ । धेरै प्रतिभाशाली गायक, संगीतकार, कलाकारहरु देखापरिसक्नु भएको छ । नयाँ नयाँ धारका गीत-संगीतहरुको उत्पादन भइरहेको छ ।
भूटानी सांगीतिक यात्रामा एकता छ होला ?
एकता नभएको भन्न सकिँदैन जस्तो मलाई लाग्छ । ठूलो कुरा त हामी फुटेको कहाँ छौं त ? समग्रमा हामी सबै एउटै लुपभित्रै छौं । सम्पर्क भइरहेको छ । विचार आदान-प्रदान गरिरहेका छौं । विस्तारै शुरु हुँदैछ, समय लाग्छ । नयाँ जीवन शुरु गरेको चारवर्षमात्र हुँदैछ । सबैलाई पुनर्वाश भएको स्थानमा पुनर्स्थपाना हुन समय लागिरहेको छ । हामीलाई एउटा छाता संगठनको आवस्यकता छ । सकारात्मक सोच राखौं, हामी सबै मिलेर भूटानी नेपाली कला, साहित्यलाई एक भई संरक्षणमा लागौं र साथ साथै माथिसम्म पुर्याउन मद्दत पुर्याइराखौं ।
अन्त्यमा
सबै भूटानी दाजु-भाइ, माता-पिता, दिदी-बहिनीहरुलाई मेरो विनम्र अनुरोध छ कि आफ्नो कला-साहित्य, संस्कृतिलगायत इतिहासलाई जहाँ रहेपनि संरक्षण गरिरहनुहोला । अन्त्यमा, सबै परिवर्तन गर्ने हातहरुलाई समाजले समर्थनलगायत माया दिनुपर्छ । मेरो “अम्बर” एल्बम हजुरहरुको हात हातमा पर्ने छ भन्ने आशा छ, कृपया एकचोटि सुनी सुझाव र सल्लाह दिनुहोला । अर्जुन भाइलाई अनेकन धन्यबाद ।


Wonderful interview Amber bhai. We are proud of your talent. Please let us know when your album will be available.
Thank you.
Tika Acharya
Amber, You are doing a great Job. Keep it up.
Thank you Tika Dai, I will let you know.
Amber Daju,
First of all congratulations for the new piece of creation.
I live in Australia and we as a community member run a small weekly radio program where we atleast try to play one song of our dedicated Bhutanese artiste like you. We played your “timi aune goreto ma” once in our program and every one loved it. Here our friends also made the video of it and its really appalling and praise worthy.
Now, is it possible to make your album available for us when it is released? Please let us know.
Thanks
Devi Pokhrel
Adelaide, Australia
Devi Jee,
I would like to thank you and all who liked my song. Also thank you for playing our own Bhutanese Nepali song in Radio. It encourages our own artists to create new art. It will be releasing tomorrow from Nepal and very soon I will receive CDs. I will definitely arrange to provide our Australian listeners too.
Thanks,
Amber
Akron, OH, U.S
Congratulation! Amber Jee.
Amber ji,
Your restless paces towards Saangeet are highly appreciated. Since the earlier life in Concentration Camps through School life to College life to Third world; you truly love Saangeet and your creation were all awesome. To preserve and promote our tradition and culture; it is on our generation to show to the new one following the path of elders. You are truly a good sample to follow and wishing you all the best for all your paces to success.
Thanks a lot for all of your hard work.
Tika Sapkota
Phoenix, Arizona
USA.
Wonderful work Amber Bhai. I as one of your teachers(not music though) feel very proud with the talent and success you have acheived. Take the sky as the limit and proceed. My best wishes are with you and your team!