Homeनेपालीसमाचारथुलुङ पुनः गजल मञ्चका अध्यक्ष

थुलुङ पुनः गजल मञ्चका अध्यक्ष

बेल्डाँगीका याम थुलुङलाई अध्यक्ष र शनिश्चरेका शेरु राई ‘उदास’लाई उपाध्यक्षको भार सुम्पिँदै भूटान गजल मञ्चले आफ्नो नयाँ कार्यसमितिको चयन गरेको छ ।

यसैबीच जितेन मुस्कान र प्रकाश धमाला सचिवद्वयका साथै डीबी सारु मञ्चका कोषाध्यक्ष बनेका छन् । सन् २००३ मा स्थापित यस साहित्यिक संस्थाले विभिन्न शरणार्थी शिविर तथा भूटानी पुनर्स्थापना भएका विभिन्न देशबाट १९ जना सदस्यहरूको पनि चयन गरेको छ ।