Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसंस्कृत कक्षा सन्चालन

संस्कृत कक्षा सन्चालन

सि.एम. निरौला/ ह्यारिस्बर्ग

जेट वाल्डले ह्यारिस्बर्गमा संस्कृत कक्षा सन्चालनमा ल्याएको छ। यो तेस्रो समुह हो ! सो कक्षालाई प्रज्ञ कक्षको नामले चिनिने गरेको छ।

हिन्दु धर्म तथा संस्कृति सङ्गठन पेन्सिलभेन्याले यस कार्यक्रमलाई सहयोग गरेको छ। पहिलो समुहमा ३० र दोस्रोमा २६ जना बालबालीका रहेका थिए । यसपाली कम्तिमा ५० जना बालबालीका सहभागी हुने अनुमान गरिएको छ । हरेक आइतबार १०-१२ बजेसम्म पठनपाठनको समय हालका लागि तय गरिएको छ ।

पहिलो दिन १५ जना ससाना नानीहरू संस्कृत सिक्न भेला भएको त्यहाका सन्चालन समिति सदस्य देबराज ढुङ्गानाले बताउनु भयो। योगा, नृत्य, बाध्यबादन पनि सोही कक्षामा सिकाइने जनाइको छ ।

संस्कृत अध्यायन, कर्म कान्डका निम्ती मात्र भन्ने होइन यो त एउटा समुद्र हो यसको गहिराइमानपुग्न सक्नु पर्छ र सक्नु हुनेछ- भन्दै प्रसिक्षक हरि न्यौपानेले नानीहरूलाई हौसला दिनु भयो। प्रसिक्षकहरू ७ जना हुनुहुन्छ।

“संस्कृत कर्मकान्ड मात्र होइन यसको बृहत अध्यायन गर्नु पर्छ र सामान्य कम्प्युटर देखि ग्रहहरूको सन्चालन सम्म बुझ्न सक्ने हुनु पर्छ र संस्कृत विषय आफैमा प्राचिन र अलग महत्व राख्ने भाषामा पर्दछ ”, ढुङ्गानाको भनाई थियो।

श्री चक्रपाणी स्वामीजीको निर्देशनमा सो कक्षा सम्चालन हुने बताईको छ।

साथै केन्टकी निवासी डा. लक्ष्मीनारायण ढकालले समेत अनलाइन सस्कृत कक्षा सन्चालनमा ल्याउनु भएको छ। हाल उहाँसग १० जना युबाहरूको हरेक शनिवार अनलाइन कक्षा प्राम्भ भएको बताउनु भयो। यो प्रारंभिक भाषा प्रवेश पाठ्यक्रम भएकाले डेड बर्षमा कोर्स सकिने प्रशिक्षक ढकालले बताउनु भयो। संस्कृतको उपयोगिताका बारेमा गरिएको प्रश्नको उत्तर दिदैं डा. ढकालले बताउनु भयो – संस्कृत भाषा र विद्या कुनै वर्ग विशेषको नभएर यो सबैले जान्न जरूरी छ । हाम्रो पूर्वीय दर्शन र आध्यात्मिक विज्ञानका मूल ग्रन्थहरू यसै भाषामा भएकाले ती ग्रन्थहरूमा के छन भनेर यथार्थ जान्न संस्कृत बुझ्न जरूरी छ ।

हाम्रो समाज विशेष गरेर कर्मकाण्ड प्रधान भएकाले र वर्तमानमा यस क्षेत्रमा आएको विकार र विसंगतिलाई सच्याउन पनि संस्कृत जान्न आवश्यक छ । संकल्प वाचन र पाठ गर्दा शुद्ध उच्चारण हुन आवश्यक छ, अत: कर्मकाण्डी पुरोहितहरूले पनि संस्कृतको ज्ञान लिन जरूरी छ । यो वैज्ञानिक भाषा पनि हो, किनकि अन्य भाषामा जस्तो शब्द वा वाक्य संगठनमा कर्ता, कर्म र क्रियालाई बदल्ननै नपाइने प्रावधान यसमा छैन, यीनलाई अघि पछी जतै राखेपनि अर्थबोध हुन्छ । त्यस्तै अंग्रेजीमा उच्चारण हुने (But, put ) जस्ता उच्चारण र लेखाइमा अनिमियतता संस्कृतमा छैन । संस्कृतमा जस्तो लेखिन्छ त्यस्तै उच्चारण हुन्छ ।

नासाले कम्प्युटरका लागि सर्वोत्तम भाषा भएको जानकारी पाएपछि अहिले अनेक प्रकल्पमा काम गरिरहेको छ । माइक्रोसाफ्टले सुपर कम्प्युटर लंचगर्न संस्कृत कोडिगको सहारा लिरहेको छ । यतिमात्रै होइन आयुर्वेद, खगोल विज्ञान, ज्ञ्योतिष विज्ञान, गणित विज्ञान र योग निज्ञान जस्ता गहन विषयहरूका मूल आविष्कर्ता संस्कृतज्ञ ऋषिहरूनै थिए । वेदका मन्त्र र अन्य ग्रन्थका श्लोकहरूलाई शुद्ध उच्चारण गर्नाले, ‘ऊँ’कारको जोड जोडले उच्चारण गर्नाले अनेक रोगहरूको उपचार हुन्छ , व्यायाम हुन्छ ! अबको २० बर्षपछि संस्कृत कम्प्युटरका लागि अनिवार्य हुन सक्ने परिस्थिति आउन सक्छ । अत: हामी सबैले संस्कृत पढ्न जरूरी छ । डा. ढकालले यो पहिलो पाठ्यक्रम पूरा भएपछि व्याकरण र गीता उपनिषद आदि शास्त्रमा प्रवेश गरिने र यसलाई परीक्षा प्रणालिसंग पनि जोडेर एउटा गुरूकुलको नै आरंभ गर्न सकिने बताउनु भएको छ।

क्यानेडाको हुइनसार शहरमा पनि बाल सत्सङ नामक संस्कृत कक्षा सन्चाल हुने गरेको त्याहाबाट रधु ओस्तिले जानकारी दिनु भयो। सेप्टेम्बरबाट डिसेम्बर र मार्चबाट जुनसम्म गरेर दुई सेमिष्टार सन्चालन हुन्छ भने ३५-४० जना सम्म नानीहरू सहभागी हुने गरेका छन।

यसरी संस्कृत कक्षा सन्चालन हुनु आफैमा राम्रो हो | एउटै केन्द्र बनाएर जान सक्नु हो यदि भने यसको महत्व अझ ठुलो हुने देखिन्छ |