Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारविचल्लीमा परेका शरणार्थीलाई राहत वितरण

विचल्लीमा परेका शरणार्थीलाई राहत वितरण

विचल्लीमा परेका १ सय १ घरपरिवार शरणार्थीहरूलाई क्यारिटस नेपाल, शिविर व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय लगायतले नगद तथा लत्ता कपडा उपलब्ध गराएको शिविर व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले जलेका प्रत्येक घरपरिवारलाई २ हजार र भत्काइएका घरपरिवारलाई १५ सयका दरले नगद वितरण गरेको थियो । यसैगरी क्यारिटस नेपालले ६६ घर–परिवारलाई २ हजारका दरले र २४ घर परिवारलाई १ हजारका दरले नगद वितरण गरेको सहायक शिविर सचिव विरेन बुढाथोकीले जानकारी दिनुभयो । त्यसै गरी शिविर व्यवस्थापन समितिको आग्रहमा सङ्कलन गरिएका ब्ल्याङ्केट समेत वितरण गरिएको थियो ।

पीडित शरणार्थीहरूलाई बुधबार पञ्चवती विद्यालयको शाखा विद्यालयमा खानपिन तथा सुत्ने व्यवस्था मिलाएको थियो । आगलागी क्षेत्र सरसफाइ गरी छिट्टै स्थानान्तरण गरिने सहयोगी संस्थाहरूले बताएका छन् ।

सौजन्यः डिकेश लामा