Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारअमेरिकी राजदूत बोडेलाई ज्ञापनपत्र

अमेरिकी राजदूत बोडेलाई ज्ञापनपत्र

शरणार्थीहरूको स्वदेश फिर्तीलाई जोड दिन माग गर्दै बुधबार भूटानी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिले नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेलाई ज्ञापन–पत्र बुझाएको छ ।

शरणार्थी शिविरमा भएको आगलागीको अवस्था अवलोकन गर्न आउनुभएका राजदूत पिटरलाई ज्ञापनपत्र बुझाएको समितिका प्रवक्ता सन्तवीर घलेले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा स्वदेश फर्कन चाहने शरणार्थीको समस्या समाधान गरिनुपर्ने, शरणार्थीलाई दिनुपर्ने राहतलाई नकटाई निरन्तर दिनुपर्ने, शरणार्थीलाई दिइने परिचयपत्र समयमा उपलव्ध गराउनुपर्ने लगायतका ६ बुँदे माग राखिएका छन् ।