डिकेश लामा, झापा,नेपाल
माघ ११ गते, २०७३, बेलडाँगी: इलामको चुलाचुलीमा जारी चुलाचुली गोल्डकपको पहिलो चरणको आज भएको तेस्रो खेलामा हिमचुली इलामलाई ० विरुद्ध ३ गोल गर्दै योसिक मंगलबारे मोरङ्ग सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेल भएको २ मिनेट बित्न नपाउँदै डिबक्स नजिक पाएको फ्रि-किकलाई सदुपयोग गर्दै योसिकले विजयको शुरुवात गरेको हो । विजयी टिमको तर्फबाट जर्सी नं. ९ का विशाल तामाङ्ले फ्रि-किकलाई सिधै गोलमा परिणत गरे । यसैगरी खेलको हाफ टाइम पछाडी जर्सी नम्बर १२ को मिलन धिमाल र जर्सी नम्बर ५ को विदुर रिजालले १-१ गोल थपेपछि ३ गोलको अन्तरमा योसिक मोरङ्गले विजय आफ्नो पोल्टामा पारेको छ ।
पराजित टीम हिमचुलीले धेरैवटा सुवर्ण अवसर पाए पनि त्यसलाई गोल हुनबाट गोलकिपर विकी राईले बचावट गरे । लिला बाँस्कोटा मुख्य रेफ्रीको संचालनमा भएको खेलमा विजयी टीमका खेलाडी जर्सी नं. ९ का विशाल तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई आयोजक चुलाचुली खेलकूद समितिका अध्यक्ष राजेन्द्र केरुङ्गले हातबाट भानु माविका शिक्षक बमप्रसाद लिम्बुले प्रायोजन गरेको नगद १ हजार, ट्रफी र प्रमाण-पत्र प्रदान गरे ।
खेलमा प्रथम र दोस्रो हुने टीमलाई नगद ५० र ३० हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने खेल संयोजक दुर्गासिंह योङ्याले बताए । आज बुधबार हुने विआसी भूटान र आयोजक निलोबीच प्रतिस्पर्धा हुने फोर्थ अफिसियल सदस्य युवराज राईले जानकारी दिए ।