Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारभूटान मिडिया सोसाइटीमा नयाँ कार्यकारिणी निर्वाचित

भूटान मिडिया सोसाइटीमा नयाँ कार्यकारिणी निर्वाचित

नयाँ कार्यकारी समितिको निर्वाचनसँगै तीनवटा फरक फरक मिडिया इकाईहरु भूटान मिडिया सोसाइटी (बिएमएस)को साझा मञ्चमा एकतावद्ध भएका छन् |

स्वतन्त्र पत्रकारहरु, प्रेस स्वतन्त्रता अभियानका कार्यकर्ताहरुको संघठन (आप्फा) भूटान र तेश्रो विश्व मिडिया सञ्जाल- भूटान च्याप्टरले भूटान समाचार सेवा (बिएनएस), apfanews.com र रेडियो भूटान अनलाइनको सम्वर्द्धन गर्न एउटै साझा मञ्चमा रहेर काम गर्न पुन: प्रतिवद्धता जनाएका छन् |

सहमतिअनुसार बिएमएस यी तीनैवटा मिडिया एकाईहरुको प्रशासनिक इकाईका रुपमा रहनेछ |

सोसाइटीको पाँच सदस्यीय कार्यसमितिको प्रबन्धकमा विद्यापति मिश्र सर्वसम्मत नियुक्त भएका छन् | समितिका अरु सदस्यहरुमा आइपी अधुकारी, बुद्धमणि ढकाल, ईच्छा पौडेल र विक्रम अधिकारी रहेकाछन् |[album id=5 template=extend]

नवगठित समितिले यही शुक्रवार आ-आफ्नो सम्पादक समिति रहने गरी www.bhutannewsservice.com लाई विशुद्ध समाचारमुखी र www.apfanews.com लाई विचारप्रधान साइट बनाउने निर्णयसमेत गरेको छ |

अमेरिकाको केन्टुकी निवासी बुद्धमणि ढकाललाई भूटान सेवा समितिको कार्यकारी प्रमुख र अमेरिकाको उत्तरक्यारोलिना निवासी टीपी मिश्रलाई कार्यकारी सम्पादकको जिम्मेवारी दिइएको छ |[album id=6 template=extend]

भूटान समाचार सेवाको सम्पादक समितिमा आरएन पोखरेल (क्यालिफोर्निया), काजी गौतम (न्यूयोर्क), भक्त घिमिरे (न्यूयोर्क) र रमेश गौतम (नर्वे) रहेका छन् |

भूटानी आप्रवासको आवश्यकतालाई ध्यानमा राखी भूटान समाचार सेवाले नेपाली समाचारकालागि छुट्टै साइटको विकास गर्ने भएको छ | उक्त कार्य सेप्टेम्बरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ |

विद्यापति मिश्र र बुद्धमणि ढकाल सम्पादक रहेको apfanews.com को सम्पादन समितिको नेतृत्व अष्ट्रेलियाको एडिलेड निवासी आइपी अधिकारीले गर्ने छन् |[album id=7 template=extend]

apfanews.com भूटान र भूटानीसंग सम्बन्धित विचार, वकालती र बौद्धिक विमर्शको मंचका रुपमा रहने छ |

इच्छा पौडेललाई रेडियो भूटान अनलाइनको दायित्व सुम्पिएकोछ | उनलाई APFA News र बिएनएसका सदस्यहरुले सहयोग गर्नेछन् |[album id=9 template=extend]

काठमाडौंबाट प्रेस विज्ञप्ति जारी गर्दै सोसाइटीका नवनियुक्त प्रबन्धक मिश्रले प्रवासमा प्रेस गतिविधिलाई सहयोग गरेकोमा भूटानी आप्रवासप्रति कृतज्ञता जाहेर गरेका छन् | “ हामी गर्व गर्दछौं कि हाम्रा गतिविधिहरुले संसारका विभिन्न भागमा रहेका भूटानीहरुबाट सधैँ प्रोत्साहन र सहयोग पाएका छन्,” मिश्रले भनेका छन् |