Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारउद्घोषण तालिम सम्पन्न

उद्घोषण तालिम सम्पन्न

भुटानी शरणार्थी शिविर खुदुनाबारीमा युवा मैत्री केन्द्र खुदुनाबरिको आयोजना र कारितास नेपालको प्रायोजनमा सातदिने उद्घोषण तालिम सम्पन्न भएको छ |

तालिमका सहभागीहरु | फोटो/जागेन गौतम

युवाहरुमा बोल्ने कला विकास गर्ने उद्दश्यले आयोजना गरिएको सो तालिममा करिब ४५ जनाको सहभागिता रहेको थियो | नवीन प्राचिन र जीतेन मुस्कानको सहजीकरणमा भएको सो तालिम फलदायक रहेको तालिममा सहभागीहरुले बताए |

२९जुलाईदेखि ४ अगष्टसम्म चलेको उक्त तालिमको समापन समारोहमा बोल्दै अधिकांश सहभागीहरुले आउँदा दिनहरुमा पनि यस्तै तालिमहरु ल्याउनु पर्नेमा जोड दिए | कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा युवा मैत्री केन्द्र कारितास नेपालका कार्यक्रम संयोजक सर्जु राईले आउँदा दिनहरुमा पनि यस्ता कार्येक्रमहरु संचालन गर्न पहल गर्ने बताए |

भूटान समाचार सेवाकालागि शनिश्चरेबाट जागेन गौतम