अष्ट्रेलियाको सिड्नीस्थित भूटानी समाजले २६ जनवरीका दिन एउटा विशेष कार्यक्रमको आयोजना गरी अष्ट्रेलिया दिवस मनाएको छ ।
ब्ल्याकटाउनको अल्फा पार्कस्थित काउन्सिलको भवनमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक छलफल, साहित्यिक प्रतिष्पर्धा र सांगीतिक प्रस्तुति समावेश गरिएको थियो।
आयोजक एसोसिएसन अफ भूटनिज इन अष्ट्रेलिया (सिड्नी) का अनुसार स-साना भूटानी वालवालिका तथा युवा समूहलाई नेपाली भाषा र साहित्यप्रति अभिरुची जगाउने र मातृभाषा नै आफ्नो पहिचान हो भन्ने सन्देश दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली कविता र गजल विधामा प्रतिस्पर्धा गराइएको थियो जसमा कविता विधातर्फ हेमन्ता आचार्य प्रथम, डिल्लीमाया गौतम (भण्डारी) द्वितीय, गोमा आचार्य तृतीय तथा नारायण धिमालले सान्त्वना पुरस्कार प्राप्त गरे भने गजल विधातर्फ गोपाल तिम्सिनाले प्रथम र टेक गौतमले द्वितीय पुरस्कार हात पारे ।
संगठनका अध्यक्ष डा. ओम ढुङ्गेलको सभापतित्व तथा प्रसिद्ध लेखक डा. खगेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै संगठनका भू.पू. अध्यक्ष श्री ओम ढुङ्गेलले अष्ट्रेलियामा बसोबास गर्ने जो कसैले २६ जनवरीको महत्व बुझ्नुपर्ने तथा सामाजिक सेवा,सद्भाव,मैत्रीपूर्ण सम्बन्धलाई जोगाउनु पर्ने विचार राखे।
कार्यक्रममा कमला आचार्यले ‘मै राम्री भैंछु रे’….गीतको बोलमा एकल नृत्य प्रस्तुत गरेकी थिइन् भने स-साना वालिकाहरुले ‘जुन त लाग्यो ताराले’..गीतमा सामुहिक नृत्य प्रदर्शन गरेका थिए।
सौजन्य : पदम काफ्ले