15 अप्रिल। नेदरलेन्ड्समा बसोबास गर्ने नेपाली भाषी भुटानीहरुको साझा संस्था भुटानीज कम्यूनिटी इन नेदरलेन्ड्स (Bhutanese Community in Netherlands-BCN) को पाँचौ अधिवेसन यहाँको शहर उत्रेकको एक सभाहलमा संस्थाका पूर्व अध्यक्ष छत्र राईको अध्यक्षतामा सम्पन्न भएको छ। BCN को पाँचौ अधिवेसनले पूनः तेस्रो पटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष डी. पी. मैनालीलाई निर्बिरोध निर्बाचित गरेको हो। मैनालीले यो भन्दा पहिला लगातार दुइ पटक अध्यक्ष पद सम्हालेर धरै अन्नुभव बटुली सकेकाले वहाँको तेस्रो कार्यकाल पनि सफल हुनेमा सबै भुटानीज कम्युनिटी इन नेदरलेन्ड्सका सदस्यहरु निश्चिन्त देखिन्छन्।
अध्यक्ष मैनालीको नँया कार्यसमिति:
श्री डी. पी. मैनाली – अध्यक्ष
श्री राम कार्की – उपाध्यक्ष
श्री अम्बर सुब्बा – महासचिब
श्री नवराज गजमेर – कोषाध्यक्ष
श्री जिम्मे गुरुङ्ग – सदस्य
श्री आइमान समाल – सदस्य
भुटानबाट नेपाल हुँदै नेदरल्याण्ड्ससम्म आइपुगेका मैनाली यहाँको युनिभर्सिटीबाट विज्ञान र गणित बिषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेर शिक्षण पेशामा सम्लग्न हुनुहुन्छ। सरल स्वभाव अनि सबैलाई सम्मानजनक व्यबहार गर्ने, समाजको हकहित र अवश्यकतालाई राम्रोसँग बुज्न र त्यस अन्नुरूप आफ्ना क्रियाकलापलाई अगाडि सार्न सक्ने भएकाले पनि मैनाली तेस्रो पटक निर्बिरोध निर्बाचित भएको बताइएको छ।
माउन्ट मेडियासँग कुरा गर्दै मैनालीले ‘आँफुले पहिले जस्तै यहाँको डच र नेपाली समाजसँग स्थापित गरेको सम्बन्धलाई अझ मजबुत बनाउँदै लाने’ बताउनु भएको छ।
स्मरण रहोस् मैनाली माउन्ट मेडियाको ग्लोबल भुटानिज कम्यूनिटी कोअर्डिनेटर पनि हुनुहुन्छ। वहाँलाई माउन्ट मेडिया हार्दिक बधाई ज्ञापन गर्दै नयाँ कार्यकालको पूर्ण सफलताको लागि शुभकामना समेत व्यक्त गर्दछ।
साभार : RK Subedi/माउन्ट मिडिया