Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारभलिवलमा सेक्टर बी र सी विजयी

भलिवलमा सेक्टर बी र सी विजयी

डिकेश लामा

शिविरमा सम्पन्न प्रतियोगिताको एक झलक । तस्वीर डिकेश लामा

झापाको बेलडाँगी भूटानी शरणार्थी शिविरमा मंगलबारदेखि शुरु भएको सेक्टर स्तरीय भलिबल टुर्नामेन्टको शुक्रबार भएको खेलमा बेलडाँगी २ को सेक्टर बी र सी विजयी भएका छन् ।

युवा मैत्री केन्द्र बेलडाँगीको आयोजना तथा क्यारिटस नेपालको सहयोगमा भएको टुर्नामेन्टमा पुरुष तर्फको खेलमा बेलडाँगी २ सेक्टर सी लाई हराएर सेक्टर बी ले विजय हात पारेको हो । महिला तर्फको खेलमा भने बेलडाँगी २ सेक्टर एफलाई हराउँदै बेलडाँगी ३ सेक्टर इ सेमी फाइनलमा प्रवेश गरेको छ ।

पुरुष तर्फ १५ र महिला तर्फ १० टीम सहभागी रहेको खेल प्रतियोगितामा भोलि बेलडाँगी २ को पुरुष तर्फ सेक्टर ए र आम्दा समूह तथा महिला तर्फ बेलडाँगी २ को सेक्टर एच र सी बीच प्रतिष्पर्धा हुने केन्द्रका फिल्ड स्टाफ मनबहादुर पौडेलले बताए ।