Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबेलडाँगीमा फोहोरले समस्या

बेलडाँगीमा फोहोरले समस्या

डिकेश लामा

वेलडाँगी शिविर । फाइल फोटो बि. एन्. एस्.

दमकको बेलडाँगी भूटानी शरणार्थी शिविर क्षेत्रमा रहेको बेलडाँगी बजारमा लामो समयदेखि फोहोर नउठाएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको छ ।

विभिन्न ५ स्थानमा राखेको फोहोर राख्ने भाँडो भरिए पछि बजारमा फोहोर व्यवस्थापनमा समस्या आउँन थालेको हो । फोहोर राख्न सिमेन्टबाट बनाइएको डम्पिङ्ग भाँडो भरिएर फोहोर फाल्न समस्या भएको बजारका व्यवसायी भिम भट्टराईले बताए ।

यता बेलडाँगी बजार व्यवस्थापन समितिले दमक नगरसँग फोहोर उठाउँन पटक पटक भन्दै आएको भए पनि नगर पालिकाले चासो नदेखाएको कारण समस्या आउँन थालेको समितिका अध्यक्ष नैंनसिंह भण्डारीले बताए ।