सिन्सिन्याटी (ओहायो) । भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) ले आफ्नो बोर्डमा युवाहरूलाई डिसेम्बर १७ सोमबार छानेको छ । पाँच जना युवा यसपटकको छनौटमा पर्नुभएको छ । भविष्यमा समुदायको नेतृत्व सम्हाल्ने जनशक्ति तयार पार्न युवाहरूलाई जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।
मिलन पोखरेललाई सञ्चार विभाग, कृष्ण आचार्यलाई सांस्कृतिक सचिव, मुना भण्डारीलाई स्वास्थ्य-बिमाको काम, रमेश अधिकारीलाई जनसम्पर्क सचिव, र टेक धिताललाई शैक्षिक सचिवको जिम्मेवारी दिइएको छ । मुना यसअघि बोर्डमा हुनुहुन्थ्यो । यसपटक नयाँ जिम्मेवारी दिइएको हो ।
कार्यकारी–निर्देशक यादव सापकोटा भन्नुहुन्छ, ”कार्यकारी बोर्डसहितको संस्थाको संरचना हेर्दा अब बोर्डमा युवाहरू बहुमतमा हुनुहुन्छ ।”
बिसिसीअन्तर्गत युवा समेट्न भूट्निज युथ कमिटी (बिवाइसी) को कल्पना गरिएको छ । युवा समितिले देउसीबाट उठाएको रकमसहित करिब १ हजार ३ डलरमा जाडोका लागि लत्ताकपडा वितरण गर्दैछ । यस्तो सहयोग एकल अभिभावक, न्युन आय भएको परिवार आदिलाई कार्यालय र घर-घरमा गएर दिँइदैछ ।
बिसिसीको स्थापना सन् २०१२ मा भएको हो । कार्यकारी–निर्देशकमा यादव सापकोटाले गत अक्टोबर १७ मा पदभार सम्हाल्नु भएको हो । यसअघि खेम रिजाल उक्त पदमा हुनुहुन्थ्यो । यादव र खेम दुवै युवा हुनुहुन्छ ।