Homeनेपालीसमाचारबाल्टिमोर गोलीकाण्डका घाइतेको पहिचान खुल्यो

बाल्टिमोर गोलीकाण्डका घाइतेको पहिचान खुल्यो

चिन्ताजनक अवस्थामा उपचारार्थ बाल्टिमोर गोलीकाण्डका घाइते १७ वर्षीय विकाश गुरुङ रहेको खुल्नमा आएको छ |

मृतक बिगबहादुर गुरुङ

प्रत्यक्षदर्शीका अनुसार घाइते अवस्थाका विकाश कुध्दै आफ्नो अपार्टमेन्टभित्र छिरे र बैठक कक्षमा लडे | “मलाई गोली लागेको छ र मेरा अंकल बाहिर हुनुहुन्छ, पुलिसलाई खबर गरिदिनू”, प्रत्यक्षदर्शीले विकाशले भनेको जनाएका छन् | उनलाई तत्काल ९११ मा खबर गरी अस्पतालतर्फ लागिएको थियो |

उता स्थानीय अस्पतालमा मृत घोषित बिगबहादुर गुरुङको छातीमा गोली लागेको बताइएको छ | उनलाई प्रहरीले एउटा घरको पछाडी फेला परेका थिए |

भूटानको दागानाबाट आएका बिगबहादुर र विकाश नजिकको आफन्त भएको थाहा भएको छ |

मृतक र घाइतेका आफन्तहरु र सामाजिक कार्यकर्ताहरुसंगको छोटो भेटमा पुलिस प्रशासनले घटनासम्बन्धी अनुसन्धान भइरहेको बताएको छ | यो रिपोर्ट फैल गर्दासम्म घटनामा संलग्न कसैलाई पक्राउ गरिएको छैन |

अस्पतालबाट प्राप्त पछिल्लो जानकारीअनुसार विकाशको अवस्था सुध्रदै छ | उनले घटना के कारण घट्यो भन्ने बारे धेरै खुलाउन नसके पनि आफ्नी दिदी बुद्धी गुरुङसँग दुई जना कालो वर्णका बन्दुकधारीले आफूलाई बन्दुक देखाउँदै पैसा मागेको बताएका छन् | “मैंले आफ्नो खल्तीबाट पैसा निकाल्न लाग्दा उनीहरुले  अंकलमाथि गोली प्रहर गरे | त्यसपछि उनीहरुले मेरो पेटमा गोली प्रहर गरे “, बुद्धीले आफो भाइलाई उद्धृत गर्दै भनेकी छिन् |