Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारपुनर्स्थापनाको सात वर्ष, अमेरिकामा ८१ हजार २ सय ९५

पुनर्स्थापनाको सात वर्ष, अमेरिकामा ८१ हजार २ सय ९५

राजेश कोइराला

न्यु ह्याम्सर । सन् २०१५ मार्चमा नेपाली-भाषी भूटानीको पुनर्स्थापना सुरु भएको ७ वर्ष पुगेको छ । सन् २०१५ मार्च अन्तिम सम्ममा अमेरिकी सरकारले ८१ हजार २ सय ९५ जनालाई पुनर्स्थापित गराइसकेको छ ।

सन् २०१३ अक्टोबर १ देखि सन् २०१४ सेप्टेम्बर ३० सम्मको आर्थिक वर्ष, आ.व. (सन् २०१३/०१४) सम्म ७८ हजार ७ सय ७२ पुनर्स्थापित हुनुभएको थियो । अनि सन् २०१४ अक्टोबरमा सुरु आ.व. का ६ महिनामा २ हजार ५ सय २३ जना पुनर्स्थापित हुनुभएको छ । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ मा सुरु भएर अर्को वर्षको सेप्टेम्बर ३१ मा सकिन्छ । यो सङ्ख्या सरकारले ल्याएर राखेको सङ्ख्या मात्र हो, त्यसपछि बसाई-सराईबाट सङ्ख्या बदलिएको हुनसक्छ ।

सन् २०१४/०१५ का ६ महिनामा पुनर्स्थापितको सङ्ख्या हेर्दा र आ.व. भरमा ५ हजारभन्दा केही बढी मात्र पुनर्स्थापित हुने देखिन्छ ।

बढी सङ्ख्यामा भूटानी पुनर्स्थापना गरिएका ५ राज्यः पेन्सलभेनिया (८ हजार ९ सय ६४), टेक्सास (७ हजार ५ सय ७३), न्युयोर्क (६ हजार ८ सय २९), ओहायो (६ हजार ४ सय ३१) र जर्जिया (५ हजार ४ सय ९) हुन् । त्यसैगरी कम सङ्ख्यामा भूटानी पुनर्स्थापना गरिएका ५ राज्यः अर्कन्सास (३ जना), लुजियाना (४१ जना), साउथ क्यारोलाइना (५० जना), इन्डियाना (१२५ जना) र न्यु मेक्सिको (१२८ जना) हुन् ।

अमेरिकाका नौ राज्यमा भूटानी पुनर्स्थापना गरिएको छैन, ती हुन्: अलाबामा, डेलावर, हवाई, मेन, मिसिसिपी, मोन्टाना, ओक्लहामा, वेस्ट भर्जिनिया, वायोमिङ ।

अरू राज्यमा पुनर्स्थापितको सङ्ख्या यस्तो छः
अलास्काः १३८
एरिजोनाः २९०७
क्यालिफोर्नियाः १३४०
कोलोराडोः ३०९०
कनेक्टीकटः २६६
फ्लोरिडाः ६६८
आइडाहोः १४०८
इलिनोयः २४२०
आयोवाः ७६७
क्यान्सासः ६११
केन्टकीः २१०९
मेरील्याण्डः १८९६
म्यासाचुसेट्सः २६६६
मिसिगनः १७६३
मिनेसोटाः ९६७
मिजुरीः १२६१
नेब्रास्काः ११६८
नेभाडाः २८५
न्यु ह्याम्सरः २१००
न्युजर्सीः ३६१
नर्थ क्यारोलाइनाः ३०२२
नर्थ डकोटाः १८८२
ओरेगनः ८७४
रोड आइल्याण्डः २७६
साउथ डेकोटाः १२२१
टेनेसीः १६७६
युटाहः १३७१
भर्मन्टः १६१०
भर्जिनियाः २६४५
वासिंगटनः २६४२
विस्कान्सनः ३३३