Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsनेब्रास्कामा साहित्य सम्मेलन सम्पन्न

नेब्रास्कामा साहित्य सम्मेलन सम्पन्न

गत महिनाको अन्तिम साता नेब्रास्काको ओमाहा सहरमा तीन दिने बृहत् साहित्य गोष्ठि सम्पन्न भएको छ। नोबेम्बर २७ तारिकबाट सुरु भएको उक्त गोष्ठिलाई “अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान-२” नाम दिइएको थियो।

कार्यक्रममा सहभागी साहित्यप्रेमीहरु
कार्यक्रममा सहभागी साहित्यप्रेमीहरु

विश्व भूटानी साहित्य सङ्गठन (GBLO) र भूटानी समुदय नेब्रस्का (BCN) को संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताइएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वाकर्माको प्रमुख आथित्य र जी.बि. एल. ओका अध्यक्ष डेनजोम साम्पाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ नेपाली साहित्यकार कृष्ण धराबासी विशिष्ट अथिति रूपमा उपस्थित थिए। त्यस्तै अमेरिका स्थित भूटानी समुदायहरूको सङ्गठन (ओ. बि. सि. ए.) का भूतपूर्व अध्यक्ष डी. जे. खालिंग, भूटानी गायक मनोज राई तथा डम्बर खापुंग, साहित्य परिषद भूटानका संस्थापक अध्यक्ष गङ्गाराम लामिटारे, साहित्य परिषद भूटानका वर्तमान अध्यक्ष भक्त घिमिरे लगायत ठुलो सङ्ख्यामा भूटानी साहित्यप्रेमीहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्।

कार्यक्रम संयोजक तथा GBLO का प्रवक्ता कर्ण गुरुङका अनुसार तीन दिनसम्म चलेको उक्त कार्यक्रममा विविध साहित्यिक विचार प्रस्तुत हुनुका साथै चार वटा कृतिहरु विमोचित भएका थिए। विमोचित कृतिहरुमा GBLO को प्रकाशनमा रहेका लिला निशाको कविता सङ्ग्रह ‘बुढो रुख र सान्नानीको इन्द्रेणी’, कर्ण गुरुंगको कविता सङ्ग्रह ‘बुद्धिको बिर्को’, यदुनाथ अधिकारीको ‘अपेक्षा’ र झकाश ग्रुपले प्रकाशनमा ल्याएको दावा तामङ्को रुबाई सङ्ग्रह ‘फाटेको मन’ रहेका छन्।

कार्यक्रममा विभिन्न साहित्यिक तथा सामाजिक क्षेत्रमा योगदान गर्ने १० जना व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरुमा OBCA का पूर्व अध्यक्ष डि. जे. खालिङ्, GBLO का उपअध्यक्ष लीला निशा, भूटानी नेपाली गायक तथा शिक्षक डम्बर खापुङ्, अग्रज भूटानी साहित्यकार तथा साहित्य परिषद भूटानका संस्थापक अध्यक्ष गङ्गा राम लामिटारे, साहित्य परिषदका अध्यक्ष भक्त घिमिरे, भूटानी नेपाली गायक तथा युवा नेतृत्व मनोज राई, समाज सेवी तथा नेब्रस्का भूटानी समुदयका बुद्धिजीवी कुमार गुरुङ, टेक्सासस्थित भूटानी अमेरिकी सङ्घ ह्यूस्टन (BAAH) का अध्यक्ष डि. बि. राई, जर्जिय राज्यबाट दिलीप दाहाल, भूटान रुबाई मन्चका उपअध्यक्ष ममता राई मोक्तान ‘तारा’ र OBCA का उपअध्यक्ष हरि उप्रेती रहेका छन्।

अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान-१ २०१० सालमा खुदुनाबारीमा सम्पन्न भएको थियो।

नेब्रास्काबाट कर्ण गुरुङको सहयोगमा