Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsअमेरिकाद्वारा ८० हजारौँ भूटानीको पुनर्वास

अमेरिकाद्वारा ८० हजारौँ भूटानीको पुनर्वास

राजेश कोइराला

भूटानका ८० हजारौँ शरणार्थीले २०७१ मङ्‌सिर २३ गते (सन् २०१४ डिसेम्बर ९) नेपालबाट संयुक्त राज्य अमेरिकाका लागि प्रस्थानगरेकाछन् । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु. बोडीले कर्मी उराव, दिलबहादुर सार्की र उनीहरूका ११ महिनाका छोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा गरेका थिए । उक्त परिवारले ओहाइयोस्थित कोलम्बसमा नयाँ जीवन सुरु गर्नेछ ।

उहाँहरूको परिवारलाई भेटेपछि राजदूत बोडीले २० वर्षभन्दा बढी समयदेखिको भूटानी शरणार्थीहरूप्रतिको स-सम्मान आतिथ्यका लागि नेपाल सरकार र नेपाली जनताहरूको सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “शरण माग्दै यहाँ आउनेहरूलाई संरक्षण गर्ने नेपालको प्रतिबद्धता यसको इतिहासले देखाएको छ । त्यसै सम्मानित परम्पराको परिप्रेक्षमा म नेपाललाई भूटानी शरणार्थीहरूका लागि स्थायी समाधानको खोजी हुँदै गर्दा विश्‍वकै लागि नमुना बनिरहन प्रोत्साहित गर्न चाहन्छु ।”

अमेरिकाले नेपाल सरकार, शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) तथा अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) सँगको निकट समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भूटानीलाई सन् २००८ देखि पुनर्वास गराउन थालेको हो । ६ वर्षअघि भूटानीहरुको पहिलो समूहले नेपालबाट प्रस्थान गरेयता अस्ट्रेलिया, क्‍यानाडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, बेलायत र अमेरिकामा गरी ९३ हजारभन्दा बढीलाई पुनर्वास गराइसकिएको छ । अमेरिकामा पुनर्वास गराइएका ८० हजारमध्येका केही भुटानीहरू अड्गीकृत अमेरिकी नागरिक बनिसकेका छन् ।

स्रोतः काठमाडौंस्थित अमेरिकी दूतावास ।