Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीनेपाली भाषा-साहित्यको बृहत् भूटानी साहित्य सम्मेलन सकियो

नेपाली भाषा-साहित्यको बृहत् भूटानी साहित्य सम्मेलन सकियो

 

न्यु ह्याम्सर । नेपालीभाषाको संरक्षणमा जोड दिँदै दुई दिने बृहत् भूटानी साहित्य सम्मेलन आइतबार (जून १०, २०१८) ओहायो राज्यको सिन्सिन्याटीमा सकिएको छ । साहित्य परिषद् भूटानको यो कार्यक्रम भूट्निज कम्युनिटी अफ सिन्सिन्याटीको संयोजनमा आयोजना भएको थियो ।

विभिन्न धर्मसमुदायको प्रार्थनाबाट शुरू भएको यो सम्मेलनमा दुई साङ्गीतिक तथा आठ साहित्यिकसहित १० वटा कृति विमोचन र ५ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । सम्मेलनको उदघाटनमा भूटानका ज्ञातअज्ञात शहीदहरूको सम्झना गरिएको थियो भने शहीदहरूप्रति समर्पित मनोज राईको श्रद्धाञ्जलीगीतिएल्बमको विमोचन गरिएको थियो । पुनर्वासका क्रममा अस्ट्रेलिया पुगेका रचनाकार यतिराज अजनवीको गीतिएल्बम अजनवीको पनि यस कार्यक्रममा विमोचन भयो ।

कार्यक्रममा साहित्य परिषद् भूटानद्वारा प्रकाशित प्रतिनिधि कथा सङ्ग्रह समकालीन भूटानी नेपाली कथा“, कवि तुम्बेहाङ्ग लिम्बुको कविता सङ्ग्रह किनारका प्रश्न“, खेम रिजालको धूमिल जून”, खगेन्द्र भण्डारी जन्तरेको सम्झनामा देश”, आभास रिखाम मगर प्रश्नहरूको पहाडविमोचित भए । त्यसैगरी तेस्रो मुलुक पुनर्वासपछि आफ्नो भाषासंस्कृति जोगाइ राख्न १३ डिसेम्बर २०१४ मा स्थापित युवाहरूको समूह मातृभाषा संरक्षण समूहबाट प्रकाशित तीन कृति: गंगा अधिकारी लामिटारेको तरङ्ग”, प्रतिमान सिवाको म जयमायाको सन्तान”, हिमशिखरको फूलको धारपनि सार्वजनिक गरिए ।

साहित्यकार गङ्गाराम लामिटारेको पुनर्वासपछि नेपाली भाषा: समस्या र चुनौतीविषयक कार्यपत्र, डा. लक्ष्मीनारायण ढकालको भूटानको नेपाली भाषा–साहित्यिक आन्दोलनमा बनारसको योगदानविषयक कार्यपत्र, खिम खतिवडाको हाम्रो नेपाली भाषाविषयक कार्यपत्र र शिवलाल दाहालको समीक्षात्मक आलेख भूटानको नेपाली साहित्य: केही चिन्तन केही विचरणप्रस्तुत भएका थिए ।

उक्त अवसरमा थुप्रै रचनाकारहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । साहित्य परिषद्, भूटानका अध्यक्ष भक्त घिमिरेको सभापतित्व तथा भूटानका अग्रज गायक प्रताब सुब्बाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

भूटानीहरू पुनर्वासपछि नेपाली भाषा सङ्कटमा परिरहेको सन्दर्भमा विभिन्न वक्ताले नयाँ पुस्तामा नेपाली भाषा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने परिचर्चा गरेका थिए । नेपाली भाषा नयाँ पुस्तामा हराएर जानसक्ने चिन्ता प्रकट गर्दै पाठ्यक्रम निर्माण गरी बालबालिकालाई पठनपाठन गर्न विलम्ब गर्न नहुने कुरामा अधिकांशले जोड दिएका थिए ।

व्यक्तित्वसम्मान, भाषा शिक्षण तथा साहित्यका विषयमा छलफल, मन्तव्य, गीत, स्थानीय कलाकारहरूको नृत्य, आदि प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा नर्वे, नेपाल, क्यानडा, अष्ट्रेलिया, अमेरिकाका विभिन्न राज्यबाट पनि सहभागिता भएको थियो । पहिलो दिनको तुलनामा दोस्रो दिनको उपस्थिति कम देखिएको थियो ।

कार्यक्रमपछि बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्म साहित्यकार शिवलाल दाहाललाई निर्देशक मण्डलको अध्यक्षमा नियुक्तसमेत गरेको छ ।

सन् २०१६ मा अमेरिकामा गैर नाफामुखी संस्थाका रूपमा दर्ता भएपछि साहित्य परिषद् भूटानले गरेको सम्मेलनलाई ठूलै उपलब्धि मानिएको छ । सन् १९९३ मार्च १७ मा स्थापित साहित्य परिषद भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो । स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद, भूटान थियो । सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद, भूटानमा रूपान्तरण गरियो । यसलाई सन् २०११ मा भूटान साहित्य परिषदका रूपमा रूपान्तरित गरियो । सन् २०१४ को डिसेम्बरमा साहित्य परिषद् भूटानले नयाँ निर्देशकमण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमितिसहितको नयाँ नेतृत्त्व पाएको थियो ।