Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीतदर्थ समितिलाई कार्यकारी कायम राख्दै बामा सम्मेलन सकियो

तदर्थ समितिलाई कार्यकारी कायम राख्दै बामा सम्मेलन सकियो

न्यु ह्याम्सर । भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) को पहिलो सम्मेलन तदर्थ समितिलाई पहिलो कार्यकारी कायम राख्दै जर्जिया राज्यको एट्लान्टामा सकिएको छ ।

”सम्मेलनले हालको तदर्थ समितिलाई ३ वर्ष नेतृत्व दिन आग्रह गर्दै कार्यकारी समिति तोकेको छ,” बामाका उपाध्यक्ष खेम रिजालले बताए, ”८५-९० गीत-संगीतकर्मी उपस्थित हुनुभयो भने यस क्षेत्रसम्बन्धी अरूको उत्साहजनक उपस्थिति रह्यो ।”

दुई दिने (मे २६-२७) सम्मेलनमा  अग्रज संगीतसाधक प्रताप सुब्बालाई सम्मान, गीत तथा नृत्यसहित एक नयाँ एलबम, चार भिडियो सार्वजनिक गरिएको थियो ।

भूटानी-मूलका गीत-संगीत साधकलाई एकथलोमा ल्याउने तथा अमेरिकन भूट्निज कलालाई संरक्षण, संवर्धन, र विकासको लक्ष राखेर सन् २०१७ जून १७ मा ओहायोको सिन्सिन्याटीमा बामाको स्थापना भएको हो । स्थापनाकै बेला जर्जिया राज्यको एट्लान्टामा पहिलो सम्मेलन गर्ने निर्णय गरिएको थियो ।

सम्मेलनले कायम राखेको कार्यकारी समितिको अध्यक्ष विकास राई, उपाध्यक्ष खेम रिजाल, सचिव लामिन तामाङ्ग, उप-सचिव नरेश गौतम, कोषाध्यक्ष टीका लामिछाने, र बोर्ड सदस्यहरू: अम्बर तुम्बापो सुब्बा र डम्बर खापुङ्ग हुनुहुन्छ । संस्थाका सल्लाहकारहरू पछि तोकिने संस्थाले जनाएको छ ।