Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारजहाज दुर्घटना; १८ को मृत्यु

जहाज दुर्घटना; १८ को मृत्यु

गएको मंगलबार ओखलढुङ्गामा भएको विमान दुर्घटनामा मृत्यु भएका मध्ये १८ जना भुटानी नागरिक रहेका छन् ।
१९ जना यात्रु र चालक दलका ३ सदस्य सहित २२ जना बोकेर खोटाङको लामिडाँडाबाट काठमाण्डौंका लागि उडेको तारा एयरको विमान ओखलढु्ङ्गाको श्रीचौर गाबिस वडा नम्बर ९ मानेडाँडामा ढुङ्गामा ठोक्किँदा दुर्घटना भएको थियो ।
भुटान सरकारले विमान दुर्घटनामा आफ्ना नागरिकको मृत्यु भए पछि आपतकालीन राहत कोषको स्थापना गरेको भुटान सरकारको मुखपत्र कुन्सेले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका भूटानी नागरिकहरुको काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्पार्टम भइरहेको छ । उत्ता
पोस्पार्टमपश्चात सबै लासहरुलाई भूटान लानका लागि मन्त्रीपरिषद् सचिव टासी सुन्सोको नेतृत्वमा ९ सदस्यीय टोली बिहीबारदेखि नै काठमाडौंमा रहेको छ ।