न्यु ह्याम्सर । गायक विकास शिवाको नयाँ र्याप गीत ‘द रेफ्युजी’ आज (अक्टोबर १३, २०१८) मा युट्युबमा आएको छ । उहाँको यो गीत पेन्सलभेनियाको पिट्सवर्गमा आयोजित एक सांस्कृतिक कार्यक्रममा आज सार्वजनिक गरिएको हो । उहाँको यसअघि गत फेब्रुअरीमा आएको ‘भूटान १९९०ज ट्रयु बेस‘ शिर्षकको र्याप गीत निकै चर्चित भएको थियो ।
देश छाडेपछि शरणार्थी जीवन, परिस्थिति, के कसरी के के भोगियो ? साथीभाइको मोह, रमाइला पल, दुःखका दिन सुनाइएको छ । गीत हेर्नेहरूलाई गीतले एकपटक शिविरमा पुर्याउँछ । उहाँ भन्नुहुन्छ, ” यसमा राजनीतिका कुरा छैनन् । अघिल्लो मेरो गीतमा थियो । यसमा दु:ख, पीडा छ । पुर्खाको देशमा शरणार्थी भएको पाइँदैन । हामी त पुर्खाको देशमा आफू शरणार्थी बन्यौं, त्यही कथा छ ।”
गत मार्चबाट लेख्न थालेर अगस्तमा करिब सकिएको गीत तयार भएर आउन डेढ महिना लागेको उहाँ बताउनुहुन्छ । ”अडियो र भिडियो त करिब साता-दश दिनमा तयार भयो”, २६ वर्षे शिवाले भन्नुहुन्छ, ” भूटान १९९०ज ट्रयु बेस जति नै उचाइको गीत हो । नयाँ पुस्तामा आफ्नो इतिहास जीवित राख्ने यो गीत प्रयास हो ।”
रिद्म क्रियशनको सहयोगमा तयार पारिएको यो र्याप ४ मिनेट ५० सेकेन्डको छ । शिवाले रिद्म क्रियशनका कमल राई, सुवास तामाङ्ग, बुद्ध धिमाल, नानु साम्पाङ्ग राई तथा मुख्य प्रायोजक वर्षा ज्वेलर्सबाट विशेष सहयोग पाउनु भएको छ ।