खेमको अर्को एल्बम: रिया-रिदम

26644
1289

गीत–संगीतकर्मी खेम रिजालद्वारा रचित गीतहरूले भरिएको दोस्रो एल्बम ‘रिया–रिदम’ केही अगस्त २०१७ नेपाल र त्यसपछि ओहायोको सिन्सिन्याटीमा सार्वजनिक भएको छ । उनले एल्बमको नाम आफ्ना छोरा र छोरीको नाममा जुराएका हुन् ।

एल्बममा आधुनिक, गजल, लोक, भावुकसहित ११ वटा गीतहरू छन् । ५ वटा गीतमा रिजालको आफ्नै संगीत छ । अरु गीतमा राज सागर, निरज लामा, बाबु बोगटी र लक्ष्मण दियालीको संगीत छ ।

गीतहरू प्रेम, वर्णन, विछोड, उमंग आदिबाट प्रेरित भई लेखिएका छन् । गीतहरू कर्ण दास, मेलिना राई, किशोर शिवाकोटी, मनोजराज शिवाकोटी, रमेश कँडेल, आनन्द कार्की, राज सागर, किरण गजमेर, रामकृष्ण ढकाल, बाबु बोगटी, जगदिश समाल, र एउटामा स्वयं रिजालले गाएका छन् ।

रिया–रिदमका गीतहरू

  • छमछम छमछम
  • बिर्सियो कि परदेशीले
  • अप्सरा देखिन्छ्यौं
  • पुरानो त्यो
  • बतासले केश
  • निदाएको थिएँ
  • नबजाऊ सारंगी
  • कहिले देखि
  • आज भोलि
  • सिरमा लाउने
  • फूल हौ तिमी

यसअघि रिजालको ‘पहिलो भेट’ नामक एल्बम आईसकेको छ । उनको पहिलो एल्बमका ‘जे–जे हुनु भैगो अब……’, ‘गुरा“स फूल्यो पाखैमा, झम्के फुली……’ गीत निकै चर्चित छन् ।

‘पहिलो भेट’ मा कूल ८ वटा गीत छन् । उनको एकल रचना अनि सत्यराज आचार्य र स्वरूपराज आचार्यको संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, उदय सोताङ, मनिला सोताङ, शिव परियार र रजिना रिमालले स्वर दिएका छन् ।

‘पहिलो भेट’ र ‘रिया रिदम’ दुवैका रचनामा गुणस्तर कायम राख्न रचनाकार सफल भएको देखिन्छन् । उनका कुनै गीतले सोच्न बाध्य बनाउँछन् भने कुनैले जुरुक्क उठाएर नचाउँछन् । सफल गीतकारमा हुने क्षमता पनि यही हो ।

नेपाली–भाषी भूटानी रिजालको ७० वटा गजल संग्रहित ‘किनाराको छाल’ गजलसंग्रह प्रकाशित छ ।

खेमले अरु गीत रचेका पनि छन् । यसरी रिजाल काव्यिक सिर्जनासहित नेपाली गीत–संगीतको क्षेत्रमा चिनिएका छन् ।

साभार: अक्षरिका

Comments are closed.